अमेरिकामा कोरोनाबाट १ लाख माथि मृत्यु

President Donald Trump speaks about the coronavirus in the Rose Garden of the White House, Wednesday, April 15, 2020, in Washington. (AP Photo/Alex Brandon)

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा ज्यान गुमाउने संक्रमितको संख्या १ लाख नाघेको छ । मंगलबार एकै दिन ७ सय ४० जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउने कुल संख्या १ लाख भन्दा माथि नाघेको हो । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा एक लाख ५ सय ४५ जनाको ज्यान गईसकेको छ। यस मुलुकमा १७ लाख २५ हजार ३ सय ४७ कोरोना संक्रमित रहेका छन् । अमेरिकामा हालसम्म ४ लाख ७८ हजार २ सय २५ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् ।

अमेरिकापछि संक्रमितको दृष्टिकोणबाट ब्राजिल अगाडी आएको छ । यहाँ हालसम्म ३ लाख ९१ हजार २ सय २२ जनामा संक्रमण पुष्टी भइसकेको छ । ब्राजिलमा २४ हजार ५ सय १२ जनाले ज्यान गुमाइसेका छन्। रुसमा संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ रहेको छ । यहाँ ३ हजार ८ सय ७ जनाको मृत्यु भएको तथ्यांक छ । स्पेनमा हालसम्म २७ हजार १ सय १७ को ज्यान गएको छ। यस मुलुकमा २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण छ । बेलायतमा ३७ हजार ४८ जनाको ज्यान गएको छ । यस मुलुकमा २ लाख ६३ हजार २ सय २७ जनामा संक्रमण छ ।

भारतमा संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ। ४ हजार ३ सय ४९ जनाको ज्यान गएको छ। विश्वभर संक्रमितको संख्या ५६ लाख ७७ हजार ७७ रहेको छ। मंगलबार संसारभर एकै दिन ९३ हजार ३० संक्रमित थपिएका छन्। नेपालमा ७७२ जनामा कोरोना देखिएको छ । ४ जनाको ज्यान गएको छ । १७६ जना भने डिस्चार्ज भएका छन् ।