काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशलाई बेमौसमको बाँसुरीको संज्ञा दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले आज जारी गरेका अध्यादेशबारे प्रतिक्रिया सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले अध्यादेश आउनु इतिहासकै सबैभन्दा दुःखद घटना भएको उल्लेख गरेका छन् ।
कोरोना भाइरसको महामारी फैलिरहेका बेला अध्यादेश जारी हुनुलाई संकटको घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गरिएको समेत उनले बताएका छन् ।
‘नेपाली कांग्रेस अलोकतान्त्रिक एंव संविधानको मर्मविपरितका अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रूपले केन्द्रीत हुन सरकारलाई अपिल गर्दछ,’ देउवाले भनेका छन्।