न्यूयोर्क । विश्वभर चिन्ताको विषय बन्दै गएको कोभिड १९ को ओमिक्रोन भेरियन्ट अमेरिकाका १५ राज्यमा पुष्टी भएको छ । रोयटर्सका अनुसार १५ राज्यमा अहिलेसम्म यसको पुष्टी भएको हो । यद्दपी ओमिक्रोनको तुलनामा अमेरिकामा डेल्टा भेरियन्टको फैलावट नै तीव्र रहेको छ । मानिसहरुको मृत्युमा समेत डेल्टा भेरियन्ट बढी खतरनाक पाइएको छ । सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रीवेन्शन (सीडीसी)ले यस्तो जानकारी गराएको हो ।
सीडीसीका निदेशक रोचेला वालेनस्कीका अनुसार नयाँ भेरियन्टबारे अध्ययन जारी छ । तर, यो भेरियन्टको प्रकृति हेर्दा आगामी दिनमा अझ बढी सचेत हुनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । अमेरिकाको कोलोराडो, कनेक्टिकट, हवाई, मैरील्याण्ड, मैसेचुसेट्स, मिनेसोटा, मिसोरी, नेब्रास्का, न्यूजर्सी, न्यूयोर्क, पेन्सिलवेनिया, यूटा, वाशिंगटन र जर्जियामा समेत ओमिक्रोन पुष्टी भएको छ ।