अमेरिकाका पूर्व महान्यायाधिवक्ता रोबर्ट फ्रेन्कलिन केनेडीको २२ वर्षिया नातिनीको मृत्यु भएको छ । अमेरिकी राजनीतिमा प्रभावशाली तथा चर्चित परिवारकी युवा सदस्य साओर्स केनेडी हिलको मृत्यु पछिको दु:खद खबर परिवारले एक बिज्ञप्ती मार्फत हिजो बिहीवार सार्वजनिक गरेको थियो । केनेडी हिलको बिहीवार दिउँसो मृत्यु भएको हो । बोस्टन कलेजबाट आगामी बर्ष ग्राजुएट हुँदै गरेकी साओर्स केनेडीको मृत्यु औषधीको अधिक सेवनबाट भएको फक्स न्युजले जनाएको छ । यद्यपी मृत्युको कारण बारे अनुसन्न्धान भै रहेको प्रहरीले बिभिन्न संचार माध्यमलाई बताएका छन् ।
म्यासाच्युसेट्सस्थित हेसिन् पोर्टको आलिसान महलमा ९१ वर्षिया हजुरआमा इथेल केनेडीसँग बस्दै आएकी साओर्सको अस्वस्थताको खबर पछि पारामेडिकहरु घरमा पुग्दाको समय उनलाई हृदयघात भएको बताईको छ । उनी कोर्ट्नी केनेडी हिल र पौल हिलको सन्तान हुन् ।
एजेन्सी