न्युयोर्कमा लोकप्रिय कन्दरा ब्याण्डको कन्सर्ट हुने

योगेशादी, न्युयोर्क नेपाली संगीताकाशमा बिगत ३३ वर्षदेखि नेपाली लोकपप संगीत पस्कदै आएको पोखरेली लोकप्रिय ब्याण्ड “कन्दरा” ले पहिलो पटक न्युयोर्क सहरमा आफ्नो प्रस्तुति दिने भएको छ । चाँदनी क्रियशन न्युयोर्कको आयोजना र इसेन्स स्माइलको विशेष सहयोग एवम् सहकार्यमा यही अगष्ट १५ तारिख शनिबार न्युयोर्क सहरको मेलरोज बलरुम, एलआइसीमा साँझ ८:३० देखि साँगीतिक कार्यक्रम शुरु हुने… Continue reading न्युयोर्कमा लोकप्रिय कन्दरा ब्याण्डको कन्सर्ट हुने

नागरिकतासम्वन्धि मुद्दाको सतही बहसले समाधान भन्दा बढी अन्योल निम्त्याउँछ

सुरेन्द्र नेपाल श्रेष्ठहाल युके अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीको एउटा भिडियो निकै भाइरल भइरहेको छ। विशेषगरी गैरआवासीय नेपाली अभियन्ताहरूले यो भिडियोलाई धेरैभन्दा धेरै मानिससम्म पुर्‍याउन व्यापक रूपमा प्रचार गरिरहेका देखिन्छन्। भिडियोमा टिप्पणी गर्दै सांसद शाहीलाई धन्यवाद दिनेहरूको संख्या पनि निकै ठूलो छ। सुरुमै म एउटा कुरा स्पष्ट पार्न चाहन्छु। विदेशमा जुनसुकै… Continue reading नागरिकतासम्वन्धि मुद्दाको सतही बहसले समाधान भन्दा बढी अन्योल निम्त्याउँछ

ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले गर्यो बिजनेस एण्ड इन्भेष्टमेन्ट समिटको घोषणा 

 न्युयोर्कन्यूयोर्क, जुलाई १२ — नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (NABIS) २०२६ को औपचारिक घोषणा गरेको छ। आगामी सेप्टेम्बर २५ देखि २७, २०२६ सम्म न्यूयोर्कस्थित न्यूयोर्क जेएफके मेरियट होटल मा आयोजना हुने तीनदिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलन “Connecting Capital, Ideas & Opportunities” (पूँजी, विचार र अवसरलाई जोड्ने) नाराका साथ सञ्चालन हुनेछ। समिटमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीतिनिर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने आयोजकले जनाएको छ।  सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ। समिटको आधिकारिक घोषणा कार्यक्रममा बोल्दै ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठ ले NABIS एउटा साधारण सम्मेलन मात्र नभई नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियान भएको बताए।“NABIS एउटा सम्मेलनभन्दा धेरै ठूलो अवधारणा हो। यो नेपाल र अमेरिकाबीच बलियो आर्थिक सम्बन्ध निर्माण गर्न प्रतिबद्ध विचार, पूँजी र मानिसहरूलाई जोड्ने एउटा साझा मञ्च हो,” श्रेष्ठले भने।उनले नेपाल पर्यटन, जलविद्युत, सूचना प्रविधि, आधुनिक कृषि, पूर्वाधार विकास, उत्पादनमूलक उद्योग तथा स्टार्टअप क्षेत्रमा ठूलो सम्भावना भएको देश रहेको उल्लेख गरे। अमेरिकामा रहेका नेपाली मूलका सफल व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ र विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरूको ज्ञान, अनुभव र पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले NABIS आयोजना गर्न लागिएको उनले बताए। श्रेष्ठका अनुसार सम्मेलन केवल छलफलमा सीमित रहने छैन। विचारलाई व्यवसायमा, संवादलाई साझेदारीमा र प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्ने परिणाममुखी मञ्चका रूपमा NABIS २०२६ लाई विकास गरिनेछ।उनले अमेरिकाभर रहेका नेपाली व्यवसायीहरूलाई सशक्त बनाउनु पनि NABIS को महत्वपूर्ण उद्देश्य रहेको बताए। न्यूयोर्कदेखि क्यालिफोर्निया, टेक्सासदेखि इलिनोइस र फ्लोरिडादेखि वासिङ्टनसम्म नेपाली उद्यमीहरूले रेस्टुरेन्ट, होटल, स्वास्थ्य सेवा, सूचना प्रविधि, रियल स्टेट, निर्माण, वित्तीय सेवा, खुद्रा व्यापार, शिक्षा तथा यातायात क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै सम्मेलनले ती व्यवसायीहरूबीच नेटवर्क विस्तार, अनुभव आदानप्रदान र रणनीतिक साझेदारी निर्माण गर्ने अवसर प्रदान गर्ने बताए।“बलियो स्थानीय व्यवसाय नै बलियो समुदायको आधार हो,” श्रेष्ठले भने। नेपाली-अमेरिकी व्यवसायको सफलता समुदायको समग्र आर्थिक र सामाजिक विकाससँग जोडिएको उनको भनाइ थियो।NABIS २०२६ मा नेपालका लगानी सम्भावना, अन्तर्राष्ट्रिय व्यापार तथा पूँजी साझेदारी, प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) आधारित नवप्रवर्तन, तथा स्थानीय व्यवसायलाई विश्व बजारसम्म विस्तार गर्ने विषयमा विशेष छलफल हुनेछ।तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अन्तर्राष्ट्रिय तथा डायस्पोरा नेताहरूको विशेष सम्बोधन, सरकार तथा निजी क्षेत्रबीच संवाद, स्टार्टअप शोकेस तथा उत्पादन सार्वजनिक कार्यक्रम, लगानीकर्ता नेटवर्किङ, व्यवसाय–व्यवसाय तथा व्यवसाय–सरकार (B2B र B2G) भेटघाट, रणनीतिक साझेदारी बैठक तथा गाला डिनर एवं सम्मान कार्यक्रम आयोजना गरिनेछ। समिट घोषणा कार्यक्रममा NABIS २०२६ को आधिकारिक वेबसाइट सार्वजनिक गर्नुका साथै दर्ता प्रक्रिया पनि सुरु गरिएको छ। स्टार्टअप तथा उद्यमीहरूले आफ्नो व्यवसाय प्रस्तुत गर्न Startup Showcase and Product Launch का लागि आवेदन दिन सक्नेछन्। आयोजकले प्रायोजन, प्रदर्शनी तथा रणनीतिक साझेदारीका लागि पनि अवसर खुला गरेको जनाएको छ। संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सप्ताह तथा Climate Week NYC को समयमा न्यूयोर्कमा आयोजना हुने भएकाले NABIS २०२६ ले विश्वभरका नीति निर्माता, लगानीकर्ता र व्यवसायिक नेतृत्वसँग प्रत्यक्ष सम्पर्क गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।NABIS २०२६ ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको आयोजनामा तथा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा आयोजना हुँदैछ। खसोखास मिडिया पार्टनरको रूपमा रहेको छ।आयोजकका अनुसार आगामी हप्ताहरूमा सम्मेलनका प्रमुख वक्ता, नयाँ साझेदार, दर्तासम्बन्धी अपडेट तथा विस्तृत कार्यक्रम तालिकाबारे थप जानकारी सार्वजनिक गरिनेछ।

विश्व दोहोरो नागरिकताको युगमा प्रवेश गरिसकेको छ

सुरेन्द्र नेपाल श्रेष्ठहाल युके एउटा समय थियो, जब एउटै व्यक्तिसँग दुई देशको नागरिकता हुनु निकै अनौठो र दुर्लभ मानिन्थ्यो। अधिकांश देशका कानुनले यसलाई स्वीकार गर्दैनथे। यदि कुनै व्यक्तिले अर्को देशको नागरिकता प्राप्त गर्‍यो भने उसले आफ्नो जन्मदेशको नागरिकता गुमाउनुपर्ने कडा व्यवस्था थियो। त्यसबेला नागरिकतालाई केवल एउटा कानुनी परिचयको रूपमा मात्र नभई राष्ट्रप्रतिको निष्ठा, सार्वभौमिकता र… Continue reading विश्व दोहोरो नागरिकताको युगमा प्रवेश गरिसकेको छ

विद्यार्थीलाई शैक्षिक सम्मान गर्दै जमैका नेपाली समाजको बनभोज भव्य

न्यूयोर्क । जमैका नेपाली समाजद्वारा आयोजित समर बनभोज कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। न्यूयोर्कको जमैका क्षेत्रमा बसोबास गर्दै आएका नेपाली समुदायको उल्लेखनीय सहभागितामा बनभोज गरिएको थियो । आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई सुदृढ बनाउने उद्देश्यले विविध, मनोरञ्जनात्मक, खेलकुद तथा शैक्षिक कार्यक्रम सम्पन्न गरियो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत दधिराम भण्डारीले… Continue reading विद्यार्थीलाई शैक्षिक सम्मान गर्दै जमैका नेपाली समाजको बनभोज भव्य

मेयर मम्दानीले गरे बौद्ध समुदायको खुलेर प्रसंशा

न्यूयोर्क न्यूयोर्कको PS 69Q – द ज्याक्सन हाइट्स स्कूलमा Bangladesh Buddhist Community of New York Inc. (BBCNY) ले पहिलोपटक १० राष्ट्रका बौद्ध समुदाय एउटै छानामुनि भेला भएर अन्तर्राष्ट्रिय बुद्ध पूर्णिमाको (International Vesak Day 2026) आयोजना गर्यो । कार्यक्रममा बंगलादेश, भुटान, चीन, भारत, जापान, म्यानमार, नेपाल, श्रीलंका, थाइल्यान्ड र तिब्बतका बौद्ध समुदायका सयौं श्रद्धालु, भिक्षु, सामाजिक… Continue reading मेयर मम्दानीले गरे बौद्ध समुदायको खुलेर प्रसंशा

नयाँ अटो सेल्स: अनुभव र समुदायप्रतिको जिम्मेवारीबाट जन्मिएको भरोसायोग्य नाम

सोनिया तामाङ, न्युयोर्क परदेशको जीवन सजिलो हुँदैन। यहाँ हरेक सपना मेहनतसँग जोडिएको हुन्छ, हरेक सफलता संघर्षसँग मिसिएको हुन्छ, र हरेक व्यवसाय केवल नाफाको हिसाबले मात्र होइन, विश्वासको धरातलमा पनि उभिएको हुन्छ। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका लागि गाडी केवल आवतजावतको साधन होइन; यो रोजगारी, आत्मनिर्भरता, परिवारको सहजता र आर्थिक उन्नतिको महत्वपूर्ण आधार हो। यही वास्तविकतालाई… Continue reading नयाँ अटो सेल्स: अनुभव र समुदायप्रतिको जिम्मेवारीबाट जन्मिएको भरोसायोग्य नाम

हिमालयन स्वाद र उद्यमशीलताको लागि लिङ्कन एभरेस्ट र टेष्ट अफ हिमालय चुलो

बर्लिन, कनेक्टिकट लिङ्कन एभरेस्ट एक प्रेरणादायी नेपाली उद्यमी हुन् । नेपालको तनहुँ जिल्लामा जन्मिएका एभरेस्ट बाल्यकालदेखि नै स्वस्थ खानपान र समग्र जीवनशैलीप्रति गहिरो रुचि राख्दथे । यो प्रेरणाको श्रोत उनका हजुरबुबा हुन् – जो नेपालका पहिलो आयुर्वेदिक वैज्ञानिक थिए। हजुरबुबाको समग्र स्वास्थ्य दर्शन र प्राकृतिक उपचार पद्धतिले लिङ्कनको जीवनलाई गहिरो रूपमा प्रभावित गर्‍यो र “खाना… Continue reading हिमालयन स्वाद र उद्यमशीलताको लागि लिङ्कन एभरेस्ट र टेष्ट अफ हिमालय चुलो

अन्तर्राष्ट्रिय कराँते खेलाडी एवं प्रशिक्षक सन्तोष राईको खेल जीवन र अमेरिकी यात्रा

भरत पुरी, न्युयोर्क अविश्वसनीय तर सत्य र सफल खेलाडी सन्तोष राईको जीवनी खेलप्रेमीको लागि प्रेरणा हो । सुन्दर नेपाल, सगरमाथाको देश र भगवान बुद्धको जन्मभूमिबाट अमेरिका आएका सन्तोष राई धन–सम्पत्ति वा विशेष सुविधामा जन्मिएका व्यक्ति होइनन्। उहाँको जन्म नेपालको एक ग्रामीण क्षेत्रमा रहेको साधारण परिवारमा भएको थियो, जहाँ जीवन संघर्षले भरिएको थियो र हरेक अवसर… Continue reading अन्तर्राष्ट्रिय कराँते खेलाडी एवं प्रशिक्षक सन्तोष राईको खेल जीवन र अमेरिकी यात्रा

प्लिज भोट गरिदिनुस्, अब २ दिन मात्रै बाँकी : सोमनाथ घिमिरे

न्युयोर्क न्युयोर्कमा राज्य विधान सभा डिस्ट्रक ३० प्रदेश सभा सदस्य (एसेम्ली मेम्बर ) को अग्रिम मतदान भइरहेको छ । प्रदेश सभा सदस्यका उमेद्वार नेपाली मुलका सामाजिक अभियन्ता सोमनाथ घिमिरेले यस क्षेत्रका सम्पुर्ण मतदाताहरुलाई भोट गरिदिन आह्वान गरेका छन् । ‘प्लिज भोट हालिदिनुस्, म तपाईकै हक हितका लागि लड्नेछु’ घिमिरेले भने, ‘आज मलाई सबैले सहयोग गरिदिनुहोस,… Continue reading प्लिज भोट गरिदिनुस्, अब २ दिन मात्रै बाँकी : सोमनाथ घिमिरे

केप कड नेपाली समाजको आयोजनामा साकेला उभौली २०२६ सम्पन्न

म्यासाचुसेट्स केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८६ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको सेन्टरभिल सहरमा अवस्थित Faternal Lodge को प्रांगणमा यही जुन ६ तारिकका दिन भब्यताका साथ सम्पन्न भयो। केप कड नेपाली समाजका अध्यक्ष बिष्णु मान प्रधानको सभापतित्वमा संचालित उक्त कार्यक्रममा केप कड नेपाली समाजको निमन्त्रणालाई स्वीकार गरि आफ्नो अमुल्य समय दिएर… Continue reading केप कड नेपाली समाजको आयोजनामा साकेला उभौली २०२६ सम्पन्न

न्युयोर्कमा प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न, पर्वत च्याम्पियन

न्युयोर्क, अमेरिका बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टर तथा बाग्लुङ स्पोर्ट्स क्लब न्युयोर्कको संयुक्त आयोजनामा सम्पन्न प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०२६ भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। न्युयोर्कस्थित क्वीन्सब्रिज पार्कको भलिबल कोर्टमा आयोजित उक्त प्रतियोगिताले प्रवासी नेपाली समुदायमा खेलकुदमार्फत एकता, भाइचारा र जिल्लागत सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको… Continue reading न्युयोर्कमा प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न, पर्वत च्याम्पियन

एक अनुकरणीय प्रतिष्ठान गोपीकृष्ण स्मृति

पितापूर्वज, वंश मावाली नै व्यक्ति तथा परिवारको रक्तनली हुन्। संस्कृति, संस्कार र परंपराको सञ्चार यसैबाट हुन्छ । आफ्ना अग्रजको नाममा स्मरण एवम् सम्मानको हेतु उहाँहरुको योगदानउपर कदरस्वरुप प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने प्रचलन हरेक सभ्य समाजमा हुन्छ । खनाल परिवारले पिता गोपीकृष्ण खनालको नाममा विसं. २०७६ सालमा स्थापना गरेको ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ यसैको उदाहरण हो… Continue reading एक अनुकरणीय प्रतिष्ठान गोपीकृष्ण स्मृति

न्युयोर्कमा योगी आचार्य राजन शर्माको योगा थेरापि हुने

मेनका पराजुली, न्युयोर्क नेपाल तथा भारतमा समेत ख्यातिप्राप्त योग गुरु राजन शर्माको नि:शुल्क योगाभ्यास तथा ध्यान साधना न्युयोर्कमा हुने भएको छ।रिजउडस्थित नेपाली दुर्गा मन्दिर र उडसाइडमा अवस्थित दिव्यधाम मन्दिरमा यही सोमबार मे २५ तारिख विहान र साँझ गरेर दुइ चरणमा सम्पन्न गरिने छ ।आयोजकका अनुसार यो शिविर कोलाहल र चिन्तायुक्त जीवनशैलीबाट मुक्त हुने अत्यन्तै दिव्य… Continue reading न्युयोर्कमा योगी आचार्य राजन शर्माको योगा थेरापि हुने

न्यूयोर्कमा नेपाली विद्यार्थी सुलभ कतिला बने सेन्ट जोसेफ युनिभर्सिटिका उत्कृष्ट विद्यार्थी

न्युयोर्क । न्यूयोर्कस्थित सेन्ट जोसेफ युनिभर्सिटिले सन् २०२६ को स्नातक तहका वैलेडिक्टोरियनहरू घोषणा गरेको छ । यसमा नेपालका सुलभ कतिला ब्रुकलिन क्याम्पसका वैलेडिक्टोरियन बन्न सफल भएका छन्। नेपालबाट अध्ययनको सिलसिलामा अमेरिका पुगेका सुलभ कतिलाको इन्जिनियर बन्ने सपना लिएर अध्ययन यात्रा सुरु गरेका थिए। अध्ययनका क्रममा उनले विश्वविद्यालयको कम्युटर क्लवका उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने शैक्षिक… Continue reading न्यूयोर्कमा नेपाली विद्यार्थी सुलभ कतिला बने सेन्ट जोसेफ युनिभर्सिटिका उत्कृष्ट विद्यार्थी

जाऔं है ‘नेपाल डे परेड’ न्युयोर्कमा

कल्पना घिमिरे, न्युयोर्क । आगामी मे १७ तारिकका दिन न्युयोर्कको म्यानह्याटनमा नेपाल डे परेड हुने भएको छ । आगामी आईतबारका दिन हुन लागेको परेडको तयारी लगभग सकिएको आयोजक समुहले जनाएको छ । गैर आवासीय नेपाली संघ (NRNA) न्युयोर्क च्याप्टर र नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा हुन लागेको परेडमा नेपाली महाबाणिज्यदूतावासको समन्वय रहनेछ… Continue reading जाऔं है ‘नेपाल डे परेड’ न्युयोर्कमा

नेपाल सरकारसँग प्रवास विभाग अमेरिकाद्वारा गैरआवासीय नेपाली सम्बन्धि विवादास्पद विधेयक तत्काल फिर्ता लिन माग

न्यूयोर्क । रास्वपा समर्थकहरूको विश्व संजाल प्रवास नेपाली सम्पर्क विभाग अमेरिकाले झण्डै दुईतिहाईको आफ्नै दल रास्वपाको बालेन सरकारले छलफलको लागि भन्दै जारी गरेको विवादास्पद ‘गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ ले समस्त प्रवासी नेपालीहरूको सपना, आकांक्षा र योजनामा कुठाराघात गरेको भन्दै सो विधेयकमा समावेश विवादास्पद प्रावधानहरू तत्काल फिर्ता लिन आग्रह गरेको… Continue reading नेपाल सरकारसँग प्रवास विभाग अमेरिकाद्वारा गैरआवासीय नेपाली सम्बन्धि विवादास्पद विधेयक तत्काल फिर्ता लिन माग

उसु खेलाडी तथा प्रशिक्षक राजिवको जीवन फर्केर हेर्दा

प्रेमकृष्ण श्रेष्ठ उसु, बक्सिङ, किक बक्सिङ र कँराते खेलाडीको जीवन आम मानिसको जीवन भन्दा फरक हुन्छ । विदेशको रापिलो घाम र अनुहारमा आफ्नो देशको झन्डाको शीतल छाँया; विदेशी हावा तर हावामा आफ्नो देशको राष्ट्रिय गानको बहाव; तक्माले आफ्नो छातीमात्र गर्वले भारी होइन, आफ्नो देशको झन्डालाई उचाइमा हेर्न पाउने सौभाग्य । यस्तै, यस्तै सपनाका लागि कैयनपटक… Continue reading उसु खेलाडी तथा प्रशिक्षक राजिवको जीवन फर्केर हेर्दा

केप कड नेपाली समाजको अध्यक्षमा विष्णु मान प्रधान निर्विरोध निर्वाचित

म्यासाच्युस्ट्स केप कड नेपाली समाजको बार्षिक साधारण सभा तथा चौथो अधिवेशन समाजका अध्यक्ष केबी राईज्यूको सभापतित्वमा यहि अप्रिल १९ तारीख २०२६ आईतवारका दिन म्यासाचुसेट्स राज्यको केप कड हायनस स्थित Courtyard by Marriott होटलको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रमको संचालन महासचिव ईच्छा खड्का र सचिव सरस्वती खनालले गरेका थिए। सभापतिबाट बत्तिवालेर उदघाटन गरिएको सभा… Continue reading केप कड नेपाली समाजको अध्यक्षमा विष्णु मान प्रधान निर्विरोध निर्वाचित

जिपिके फाउन्डेसन र बाग्लुङ्ग समाजको सहकार्यमा न्युयोर्कमा निशुल्क खाद्यान्न बितरण सम्पन्न

न्युयोर्क न्युयोर्कमा सामाजिक सेवाको एक प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै २०२५ अप्रिल १ तारिखका दिन गिरिजा प्रसाद कोईराला फाउन्डेसन र बाग्लुङ्ग सेवा  समाज अमेरिका न्युयोर्क च्याप्टरको संयुक्त आयोजनामा निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमले बहु-सांस्कृतिक समुदायलाई एकै ठाउँमा जोड्दै मानव सेवाको सशक्त सन्देश दिएको देखिन्छ। नेपाली, तिब्बती, बंगाली, स्पानिस तथा भारतीय मूलका करिब… Continue reading जिपिके फाउन्डेसन र बाग्लुङ्ग समाजको सहकार्यमा न्युयोर्कमा निशुल्क खाद्यान्न बितरण सम्पन्न

रइ दाइ, नेपका हेमाले

नेपालमा चुनाव सकिएलगत्तै संसदको पहिलो बैठक बस्यो। नयाँ जोस, जाँगर र ऊर्जा बोकेका धेरै सांसदहरू साइकलमै संसद भवन पुगे। पुराना पार्टीका केही वृद्ध नेताहरू (समानुपातिकमा कोटा सुरक्षित गरेका) पनि गाडीमा सरर आए र लौरो टेक्दै संसद भवनमा छिरे। पत्रकार मित्रहरूले नेपालीमा प्रश्न सोधे पनि अंग्रेजीमा उत्तर दिने सांसदहरू थुप्रै रहेछन्। संसदको पहिलो बैठक हेर्नलायक थियो।… Continue reading रइ दाइ, नेपका हेमाले

अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा ल्होसार साँझ २०२६ सम्पन्न

म्यासाचुसेट्स संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा रहेको नेपालीहरूको साझा संस्था “केप कड नेपाली समाज” ले सधैंझै विभिन्न नेपाली मौलिक चाडपर्वहरू मनाउने क्रममा यस वर्षको ल्होसार पर्व ( ल्होसार, नयांबर्ष-२१५३) समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा यही मार्च महिनाको २८ तारीख, शनिवारको दिन सेन्टरभिलस्थित Fraternal Lodge को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो। समाजका महासचिव,… Continue reading अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा ल्होसार साँझ २०२६ सम्पन्न

न्यूयोर्कमा देवी प्रतिभाजीद्वारा वैदिक ज्ञानमय कथावाचन हुने

योगेश आदी, न्युयोर्क नेपालको विभिन्नस्थानमा सामाजिक योगदानको लागि ज्ञान प्रवचन र धार्मिक कथावाचन गर्दै आउनुभएकी देवी प्रतिभाजीले क्रियापुत्री भवन गुम्बा निर्माणको हेतु न्युयोर्कको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा ३ दिने श्रीमद्भभागवत कथावाचन गर्ने भएको छ ।आगमी मे महिनाको १५ तारिखदेखि १७ तारिखसम्म गरिने वैदिक कथावाचन रेभेल इभेन्ट्सको सहकार्यमा हामी नेपाली इन्टरनेशनलले आयोजना गर्न लागेको रेभेल इभेन्ट्सको… Continue reading न्यूयोर्कमा देवी प्रतिभाजीद्वारा वैदिक ज्ञानमय कथावाचन हुने

बसन्तको हाँसो

म किन नहाँसुमेरो हृदय किन नहाँसोस्मेरो फुलबारीमा आएको ‘बसन्त’राजा ऋतुहरूकोबगैंचामा फूलेका, फक्रेका,झुलेका, लत्रेका फूलहरु…बाटो छेउ किनारमा फुलेका रझरिएका शिरिषका बैजनी रंगहरु… ——————————————— म किन नहाँसुमेरो हृदय किन नहाँसोस्आकाशमा भर्खर उदाएकोसुर्यको कालिलो तापहरु…पूर्णिमामा उजेलिएकी पुर्णिमाकोचहकिलो किरणहरु…गाह्रा गाह्रामा वर्षासंगै रमाएकाबाउसे र रोपाहारहरु…त्यो काँचो प्राकृतिक माटोको सुवासहरु…आकाश बादल र बर्षात सँगै रमाएरदौडिएका बाल सखासंगीहरु… ——————————————— म किन नहाँसुमेरो… Continue reading बसन्तको हाँसो

लायन्स क्लब क्विन्स बुद्ध न्युयोर्कले गर्यो नेपालमा भौतिक निर्माण सहयोग

न्युयोर्क ।क्विन्स बुद्ध लायन्स क्लब, न्यूयोर्कको आर्थिक सहयोगमा मोरङको विराटनगर–१२ दरैयास्थित जनता आधारभूत विद्यालयमा रु. ५ लाख ८५ हजारको लागतमा शौचालय निर्माण गर्नुका साथै शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन उदय नारायण बराल (Chief District Advisor, District 325C Nepal) ले विद्यार्थीहरूको स्वस्थ वातावरण र गुणस्तरीय शिक्षाका लागि यस्ता सहयोग अत्यन्त महत्वपूर्ण… Continue reading लायन्स क्लब क्विन्स बुद्ध न्युयोर्कले गर्यो नेपालमा भौतिक निर्माण सहयोग

नारी दिवस: अधिकारदेखि आत्मसम्मानसम्मको यात्रा

प्रत्येक वर्ष मार्च ८ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय नारी दिवस’ (महिला श्रमिक दिवस) मनाइन्छ। मार्च महिना Women’s History Month को रूपमा मनाइने भएकाले यस महिनाभर महिलाको इतिहास, संघर्ष र उपलब्धिलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। यस वर्ष २०२६ मा “Give to Gain” मूल नाराका साथ विश्वभर नारी दिवस मनाइँदैछ। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले… Continue reading नारी दिवस: अधिकारदेखि आत्मसम्मानसम्मको यात्रा

गीतकार अर्चना धाख्वाको गीत “मिर्मिरेमा” म्युजिक भिडियोसहित दर्शक श्रोतामाझ सार्वजनिक

न्युयोर्क आर्जन डायनामिक्सले यस पटक श्रृङ्गारिक रसमा लयबद्द गरिएको “मिर्मिरेमा देखें एउटा रुप” बोलको गीत तथा भिडियो युट्युब मार्फत सार्वजनिक गरेको छ । प्रस्तुत गीत साहित्यकार तथा गीतकार अर्चना धाख्वाले लेखेकी हुन् । गीतकार धाख्वाले यसअघि पनि थुप्रै बालगीत तथा अन्य रसका गीतहरु दर्शक श्रोतामाझ ल्याइसकेकी छिन् । संगीतकर्मी ओम कर्माचार्यको स्वर र संगीतमा तयार… Continue reading गीतकार अर्चना धाख्वाको गीत “मिर्मिरेमा” म्युजिक भिडियोसहित दर्शक श्रोतामाझ सार्वजनिक

नेपाली मुलका अमेरिकी नागरिक सोमनाथ घिमिरे, न्युयोर्क राज्य विधानसभाको चुनावी प्रत्याशी

बिष्णु सिंह, न्युयोर्क आगामी जुन २३, २०२६ मा हुन गईरहेको न्युयोर्क राज्य विधानसभाको चुनावमा ‘चुनावी क्षेत्र कुईन्स प्रमुख विधानसभा जिल्ला नम्बर ३०’ मा नेपाली मुलका अमेरिकी नागरिक सोमनाथ घिमिरे डेमोक्र्याटिक पार्टीबाट चुनावी प्रत्याशी बनेका छन । भोट हाल्ने प्रक्रिया भने जून १३ बाट २१ सम्म जारिरहनेछ । यस क्षेत्र नम्बर ३० मा उड्साईड, ज्याक्सनहाईट, एल्महर्शट,… Continue reading नेपाली मुलका अमेरिकी नागरिक सोमनाथ घिमिरे, न्युयोर्क राज्य विधानसभाको चुनावी प्रत्याशी

रिजउड नेप्लिज सोसाईटीद्वारा स्वस्थानी महोत्सव २०२६ सु-सम्पन्नबारे प्रेस विज्ञप्ति जारी

न्युयोर्क नेपाली सनातन हिन्दू धर्मको पवित्र ग्रन्थ श्री स्वस्थानी ब्रतकथाको अवसरमा रिजउड नेप्लिज सोसाईटी न्युयोर्कले श्रद्धा, एकता र सामूहिक उत्तरदायित्वको ऐतिहासिक उदाहरण — न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ भव्य रूपमा सु-सम्पन्न गरेको छ । सोसाइटीले प्रकाशित गरेको विज्ञप्ति; नेपाली–अमेरिकन विभिन्न संघ–संस्था, तथा मिडिया पार्टनरहरूको संयुक्त सहकार्यमा रिजउड नेपाली समाज (RNS) द्वारा न्यूयोर्कस्थित एकमात्र नेपाली मन्दिर (दुर्गा… Continue reading रिजउड नेप्लिज सोसाईटीद्वारा स्वस्थानी महोत्सव २०२६ सु-सम्पन्नबारे प्रेस विज्ञप्ति जारी

संबिधान बिपरित गैर आवाशीयहरुलाई राजनीति गराउन पार्टीहरुको सक्रियता

बिष्णु सिंह – न्युयोर्क अमेरिकाले सामाजिक कार्य गर्ने सस्था दर्ता गर्न Regulations 501(c)३ कानुन तर्जुमा गरेको छ। यही कानुन अन्तर्गत अमेरिकामा नेपाली जनसम्पर्क समिति, प्रवाशी नेपाली एकता मंच, ऱाप्रपा र अनेक नेपाली राजनीतिक पार्टीहरुसंग आवद्द भएका भातृ संस्थाहरु खुलेका छन। तर अहिले Regulations 501(c)३ अन्तर्गत दर्ता भएका संस्थाहरुले तोकिएको सामाजिक कार्य गर्ने बहानामा नेपाली पार्टीहरुको… Continue reading संबिधान बिपरित गैर आवाशीयहरुलाई राजनीति गराउन पार्टीहरुको सक्रियता