बर्लिन, कनेक्टिकट
लिङ्कन एभरेस्ट एक प्रेरणादायी नेपाली उद्यमी हुन् । नेपालको तनहुँ जिल्लामा जन्मिएका एभरेस्ट बाल्यकालदेखि नै स्वस्थ खानपान र समग्र जीवनशैलीप्रति गहिरो रुचि राख्दथे । यो प्रेरणाको श्रोत उनका हजुरबुबा हुन् – जो नेपालका पहिलो आयुर्वेदिक वैज्ञानिक थिए। हजुरबुबाको समग्र स्वास्थ्य दर्शन र प्राकृतिक उपचार पद्धतिले लिङ्कनको जीवनलाई गहिरो रूपमा प्रभावित गर्यो र “खाना नै औषधि हो” भन्ने विश्वास उनको जीवन मन्त्र बन्यो।
सन् १९७९ मा नेपालको अन्नपूर्ण होटलबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका उनले मल्ल, याक एन्ड येती र एभरेस्ट शेराटनमा काम गर्दै सन् १९८९ मा अमेरिका पुगे। त्यहाँ हिल्टन र शेराटनमा काम गर्नुका साथै उनले एभरेस्ट एक्सप्रेस र काठमान्डू चुलो जस्ता सफल नेपाली रेस्टुरेन्टहरू सञ्चालन गरे। नेपाल र अमेरिका दुवै देशप्रतिको प्रेम र समर्पणका कारण उनले “लिङ्कन एभरेस्ट” नाम राखेका हुन् – लिङ्कन अमेरिकाका महान् राष्ट्रपतिको सम्मानमा र एभरेस्ट नेपालको पहिचानको प्रतीकका रूपमा।

टेस्ट अफ हिमालय – चुलो
सन् २००१ मा मिशिगनको फार्मिङटनमा “एभरेस्ट एक्सप्रेस” खोलेर आफ्नो रेस्टुरेन्ट यात्रा सुरु गरेका लिङ्कन एभरेस्टले सन् २००५ मा रोयल ओकमा काठमान्डू चुलो स्थापना गरे। यो रेस्टुरेन्ट छिट्टै मिशिगनमा अत्यन्त लोकप्रिय बन्यो र विभिन्न मिडिया आउटलेट तथा खाद्य समीक्षकहरूको ध्यान आकर्षित गर्न सफल भयो। Observer & Eccentric अखबारले “Kathmandu Chullo – Get a Himalayan High” भन्ने शीर्षकमा प्रकाशित विशेष समीक्षामा रेस्टुरेन्टको हातले बनाइएका मम, ताजा अर्गानिक मसलाको प्रयोग र प्रामाणिक नेपाली अनुभवको निकै प्रशंसा गरेको थियो। विभिन्न अखबार र मिडियाबाट प्राप्त यो व्यापक प्रशंसाले नेपाली खाना र संस्कृतिप्रति अमेरिकी समुदायमा एक नयाँ चेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्यो।

त्यही सफलताको अनुभव र दशकौंको खाद्य उद्योगको ज्ञानलाई बोकेर लिङ्कन एभरेस्टले अब बर्लिन, कनेक्टिकटमा नयाँ व्यवस्थापन अन्तर्गत टेस्ट अफ हिमालया – चुलो सञ्चालनमा ल्याएका छन्। चुलो भन्ने शब्द नेपालको परम्परागत माटोको खाना पकाउने भाँडोको नाम मात्र होइन, यो मानिसहरूलाई नेपाली खाना र संस्कृतिमार्फत जोड्ने, एकजुट पार्ने र नेपाली जीवनशैली सिकाउने एउटा गहिरो अवधारणाको प्रतिबिम्ब हो। साथै यो रेस्टुरेन्ट किसान, आयातकर्ता, निर्यातकर्ता, आपूर्तिकर्ता र नेपाली खाद्य उद्योगमा रुचि राख्ने जो कोहीसँग पनि सहकार्य र साझेदारीमा काम गर्न तयार एक संगठनात्मक मञ्च पनि हो।
रेस्टुरेन्टको मुख्य विशेषता भनेको ९९% अर्गानिक सामग्री प्रयोग गरी प्रत्येक दिन ताजै परोसिन्छन्। दाल भात, बफ सेकुवा, सेल रोटी, बरा, समोसा, चाउमिन लगायत थुप्रै प्रामाणिक नेपाली परिकारहरू यहाँ उपलब्ध छन्। येल्पमा ४.४ स्टार र १२० भन्दा बढी समीक्षा प्राप्त गरिसकेको यो रेस्टुरेन्ट कनेक्टिकटमा नेपाली खानाको प्रमुख गन्तव्य बन्दै गएको छ।

दृष्टिकोण र मिसन:
नेपाली खानालाई विश्वमा चिनाउने महाअभियान
लिङ्कन एभरेस्टको सबैभन्दा ठूलो सपना भनेको नेपाली खानालाई विश्व मञ्चमा प्रामाणिक रूपमा स्थापित गर्नु हो। विश्वभर नेपाली खानालाई भारतीय खानाका रूपमा चिनाइँदै आएको प्रवृत्तिप्रति उनी अत्यन्त चिन्तित छन् र यसलाई परिवर्तन गर्नु उनको जीवनको मुख्य मिसन बनेको छ। यसका लागि उनले नेपलीज वर्ल्डवाइड सेफ एसोसिएसन (NWCA) को स्थापना गरेका छन् जसमार्फत विश्वभरका नेपाली सेफहरूलाई एकै मञ्चमा ल्याई नेपाली खानाको वैश्विक प्रवर्द्धन गरिँदैछ। नेपालका सातै प्रदेशमा खाना महोत्सव आयोजना गर्ने उनको महत्त्वाकांक्षी योजना तयारीको चरणमा रहेको छ।
सामाजिक क्षेत्रमा पनि उनको उल्लेखनीय योगदान छ। उनले स्थापना गरेको VASI – Victim Assistance Support International ले घरेलु हिंसा र मानव तस्करीका पीडितहरूलाई परामर्श, कानुनी सहायता र आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ। यो संस्था मेक्सिको र नेपाल दुवैमा दर्ता भएको छ।
उद्यमशीलता र व्यावसायिक सहकार्य:
लिङ्कन एभरेस्ट कर्पोरेसन
“Learn, Grow, Achieve – With a Century of Wisdom” को नाराका साथ स्थापित लिङ्कन एभरेस्ट कर्पोरेसन ले CPPS – Connect People, Products and Services को अवधारणामार्फत व्यक्ति, उत्पादन र सेवाहरूलाई जोड्दै दिगो व्यावसायिक इकोसिस्टम निर्माण गर्छ। ३० वर्षभन्दा बढीको अनुभवमा आधारित यस कर्पोरेशनले व्यावसायिक सल्लाह, कानुनी मार्गदर्शन, वित्तीय परामर्श, मेन्टरशिप, बिजनेस वर्कशप र इन्भेस्टर रिलेसन जस्ता सेवाहरू प्रदान गर्छ।
विशेष गरी अमेरिकामा नयाँ आउने नेपालीहरूका लागि व्यवसाय सुरु गर्ने प्रक्रिया, कानुनी सहायता र व्यावसायिक नेटवर्किङमा विस्तृत मार्गदर्शन उपलब्ध छ। मेम्बरशिप प्रोग्राम अन्तर्गत भोलेन्टियर, कन्ट्र्याक्टर, स्पोन्सर र इन्भेस्टर विभिन्न तहमा जोडिन सकिन्छ र १०% रिवार्ड र बेनिफिट समेत प्राप्त हुन्छ। उनका साझेदारहरूमा LegalShield र Lions Club International जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरू पनि रहेका छन्।
किसान, आयातकर्ता, निर्यातकर्ता, आपूर्तिकर्ता वा जो कोही पनि सहकार्य र व्यावसायिक साझेदारीमा रुचि राख्नेहरूका लागि लिङ्कन एभरेस्टको ढोका सधैं खुला छ। चुलोको भावनाअनुसार सबैलाई सँगै जोडेर, सँगै सिकेर र सँगै बढेर एउटा बलियो र दिगो नेपाली उद्यम समुदाय निर्माण गर्नु उनको सबैभन्दा ठूलो सपना हो।
उद्यमशीलता र व्यावसायिक सहकार्यका लागि पनि उहाँसँग फोन नं. 718 450 2953 र वेबसाइट lincolneverest.com मार्फत सम्पर्क सकिन्छ ।