काठमाडौँ, २७ साउनः नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले रु ८० करोड ३० लाख बराबरको सहयोग उपलब्ध गराउने भएको छ । परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मङ्गलबार हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार कोशी प्रदेशको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘डिजिटलाइजेसन’, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि… Continue reading समझदारीपत्रमा हस्ताक्षर
Category: डायस्पोरा
अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द
वासिङ्टन, २६ साउन (रासस–क्युएनए) । अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक अभियान अनुरूप राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि विदेशी नागरिकहरूका लागि जारी गरिएका एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले अमेरिकी भिसा सर्तहरू उल्लङ्घन गर्ने, अपराध गर्ने, अमेरिकी नागरिकहरू विरुद्ध हिंसाको आह्वान… Continue reading अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
काठमाडौँ, २६ साउनः पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ । निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’… Continue reading ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ, २५ साउनः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई… Continue reading प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
पाल्पाली भलिबल कप २०२६ सम्पन्न
राजा बगरदुबईपाल्पाली समाज यूएईले ‘पाल्पाली भलिबल कप २०२६’ सम्पन्न गरेको छ । यूएईको दुबईस्थित अल खवानिज स्पोर्ट क्लबमा जुलाई ५ मा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ उक्त खेल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा आयोजक पाल्पाली समाज यूएईको दुई टिमसहित १५ टिम सहभागी भएका थिए । प्रतियोगिताको उपाधि परदेशी हातेमालो भलिबल टिम ‘ए’ प्रथम… Continue reading पाल्पाली भलिबल कप २०२६ सम्पन्न
यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन
यूएई । यूएईमा रहेर लामो समयदेखि क्रिकेट खेल क्षेत्रमा क्रियाशील रहेका खेलाडी, समूह र व्यक्तिहरुको सक्रियतामा यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन भएको छ । दुबईस्थित डबल ट्री होटलको सभाहलमा ५ जुलाईमा आयोजित भेलाले नितेश लामाको अध्यक्षतामा यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा दिपान्कर डंगोल, उपाध्यक्षहरुमा विजय… Continue reading यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन
यूएईमा घर बेच्दै किशोर
यूएई । के यूएईमा घर किन्न चाहनुहुन्छ ? घर, जग्गा, फ्ल्याट र अन्य प्रोपर्टीमा लगानी गर्न चाहनुहुन्छ ? नेपाली प्रवर्तक किशोर शाक्यलाई सम्झिए पुग्छ । सन् २००५ मा भिजिट भिसामा यूएई आएका किशोर प्रोपर्टी कन्सल्टेन्ट (रियल इस्टेट ब्रोकर) हँुदै आज के एण्ड कोर रियल इस्टेट एलएलसी स्थापना गरेर त्यसको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)… Continue reading यूएईमा घर बेच्दै किशोर
प्रवासी नेपाली एकता समाज, यूएईमा आचार्य
यूएई । राष्ट्रिय प्रजातन्त्र पार्टीको यूएई संगठन प्रवासी नेपाली एकता समाज, यूएईको अध्यक्षमा नारायण आचार्य सर्वसम्मत चयन भएका छन् । बरदुबईको गाउँबेशी रेष्टुरेण्टको सभाहलमा ५ जुलाईमा आयोजित समाजको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि कँडेल, महिला उपाध्यक्षमा वसन्ती रायमाझी, उपाध्यक्षमा रामप्रसाद पाण्डे र हरिहर जयसवाल, महासचिवमा रामप्रसाद ढकाल,… Continue reading प्रवासी नेपाली एकता समाज, यूएईमा आचार्य
सङ्गेको लगनको प्रतिफल : सामान्य बारिस्टाबाट प्रोफेसनल ब्रुअरसम्मको यात्रा
अबुधाबी । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा कार्यरत नेपाली युवा सङ्गे थिङले अन्तर्राष्ट्रिय क्राफ्ट बियर उद्योगमा उल्लेखनीय सफलता हासिल गरेका छन् । अबुधाबीस्थित Craft by Side Hustle मा ब्रुअरका रुपमा कार्यरत थिङ आफू यूएई तथा खाडी क्षेत्रका पहिलो नेपाली प्रोफेसनल क्राफ्ट बियर ब्रुअर भएको दाबी गर्छन् । आतिथ्य तथा पेय पदार्थ उद्योगमा उनको उपलब्धिलाई नेपाली युवाका… Continue reading सङ्गेको लगनको प्रतिफल : सामान्य बारिस्टाबाट प्रोफेसनल ब्रुअरसम्मको यात्रा
ब्लोअपमा : कुशल बुचा
ठेगाना : गुल्मी दरबार गाउँपालिका–७, चारपाला, गुल्मीहाल : दुबई, संयुक्त अरब इमिरेट्सउमेर : ३८ वर्षउचाइ : १७३ सेन्टिमिटरशैक्षिक योग्यता : डिप्लोमा कुशल बुचा दुबईमा कार्यरत एक सक्रिय समाजसेवी, कलाकार तथा मोडल हुन् । उनी हाल इक्लिप्स इलेक्ट्रोनिक्स डीएमसीसीमा बिक्री कार्यकारीका रुपमा कार्यरत छन् । कला तथा मनोरञ्जन क्षेत्रमा उनले विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्… Continue reading ब्लोअपमा : कुशल बुचा
यूएईमा नेपाली : मेहनत, अवसर र अनुभव
निश्चल दाहाल/ यूएईयूएईको मरुभूमिमा साँझ पर्दा अबुधाबीका सडकहरु बत्तीले उज्यालो हुन्छन्, दुबईका अग्लो भवनहरु चम्किन्छन् र अल ऐनका बगैंचाले हरियाली देखाउँछन् । संसारले यस देशलाई आधुनिक र समृद्ध देशका रुपमा चिन्छ । तर, यो विकासको पछाडि लाखौं श्रमिकको मेहनत छ । तीमध्ये नेपालीहरु पनि छन् ।धेरै नेपालीका लागि यूएई काम गर्ने ठाउँ हो । समयसँगै… Continue reading यूएईमा नेपाली : मेहनत, अवसर र अनुभव
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
काठमाडौँ, २३ साउनः नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासङ्घ र ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लबबीच समझदारी भएको छ । मस्कटस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विशेषकुमार साहको उपस्थितिमा शुक्रबार आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारीपत्रमा हस्ताक्षर गरे । महासङ्घकाअनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय… Continue reading ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
काठमाडौँ, २२ साउनः परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा ललितपुरमा आज आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् । उनले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन,… Continue reading ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने
काठमाडौँ, २२ साउनः संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित नेपालको महावाणिज्यदूतावासबाट आगामी भदौ १५ गतेसम्म मात्र सेवा प्रवाह हुने भएको छ । सान्फ्रासिस्कामा रहेको नेपालको महावाणिज्यदूतावासले आज सूचना जारी गर्दै सरकारको निर्णयअनुसार महावाणिज्यदूतावास बन्द हुने प्रक्रियामा रहेकाले त्यहाँबाट प्रदान हुँदै आएका राहदानी तथा कन्सुलर सेवा आगामी भदौ १५ गते (अगष्ट ३१, २०२६) सम्म मात्र उपलब्ध हुने… Continue reading सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने
चर्चा कमाउँदै बिमला दिदी
कल्पना घिमिरेन्यूयोर्ककुनै बेला सायद बिमलाले कल्पनासम्म गरेकी थिइनन्, विश्व अर्थतन्त्र, व्यापार, सञ्चार र अवसरको केन्द्र अमेरिकाको न्यूयोर्क शहरमा आफ्नै रेस्टुरेन्ट हुनेछ र त्यही रेस्टुरेन्टकै माध्यमबाट आफू चर्चा परिचर्चाको शिखरमा पुगिनेछ भन्ने ।अहिले उनी न्यूयोर्कमा एक उत्कृष्ट व्यवसायीमा दर्ज भएकी छिन् । न्यूयोर्क शहरभित्रका २५ हजारभन्दा बढी रेस्टुरेन्टबीच बिमला हमाल श्रेष्ठको रेस्टुरेन्ट (नेपाली भान्छा घर) १००… Continue reading चर्चा कमाउँदै बिमला दिदी
प्रेमको दर्शन : विश्वासदेखि शंकासम्म
आरएल श्रमजीवीलण्डन, बेलायत ‘प्रेम विश्वासमा रोपिन्छ, भरोसामा बढ्छ, श्रद्धामा फक्रिन्छ, आशामा जिउँछ, आधुनिकतामा घायल हुन्छ, महत्वाकांक्षाले बिरामी पर्छ र शंकाले मर्छ ।’प्रेम केवल एउटा सुन्दर वाक्य मात्र होइन; यो मानव सभ्यताले हजारौं वर्षदेखि भोग्दै आएको अनुभूतिको शृङ्खला पनि हो । प्रेम कुनै आकस्मिक घटना होइन, यो मन मस्तिष्कको एउटा दीर्घ यात्रा हो । यसको जन्म… Continue reading प्रेमको दर्शन : विश्वासदेखि शंकासम्म
पेरिसमा अधिकारीका एकल काव्य साँझ
काठमाडौँ, २१ साउन । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा पाठशाला सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तिका सन्दर्भमा कवि तथा गीतकार दिनेश अधिकारीको ‘एकल काव्य साँझ’ मा उनले पाठशाला स्थापनाका लागि दूतावासले आवश्यक सहयोग एवं सामग्री उपलब्ध गराउने विश्वास दिलाए । राजदूत भट्टराईले फ्रान्समा नेपाली समूदायको बाक्लो… Continue reading पेरिसमा अधिकारीका एकल काव्य साँझ
मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम
काठमाडौँ, २१ साउनः ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यापार तथा सम्बन्ध स्थापना’ विषयक कार्यक्रम गरिएको छ । नेपालबाट निर्यातयोग्य उत्पादन, नेपालमा उपलब्ध लगानीका अवसर तथा नेपाली र ओमानी व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तारका विषयमा हालै सो कार्यक्रम गरिएको त्यहाँस्थित राजदूतावासले जनाएको छ । कार्यक्रममा कार्यवाहक राजदूत विशेषकुमार साहले ओमानलाई व्यापार… Continue reading मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम
ब्रोड पिकमा मृत्यु भएका चार पर्वतारोहीको शव आधार शिविर ल्याइयो
स्कर्दु, २१ साउन (रासस–एएफपी) । खोज टोलीले प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव हिमपहिरोमा परेर मृत्यु भएको हिमालको आधार शिविरमा पु¥याएको पाकिस्तानको अल्पाइन क्लबले बुधबार जनाएको छ । जुलाई ३०मा हिमपहिरो गएको थियो, जसले गर्दा विश्वको अग्लो हिमालमध्ये एक ब्रोड पिकमा ४३ वर्षीय नेपाली पर्वतारोही पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तरराष्ट्रिय… Continue reading ब्रोड पिकमा मृत्यु भएका चार पर्वतारोहीको शव आधार शिविर ल्याइयो
गंगाको गर्विलो सफलता : बागलुङमा रेडियो सर्भिसदेखि बेल्जियमको सफल व्यवसायीसम्म
जीवनमा सबैले अवसर पाउँदैनन् । कसैले अवसर खोज्नुपर्छ, कसैले अवसर आफैं सिर्जना गर्नुपर्छ । बागलुङका गंगाप्रसाद शर्मा आचार्य अवसर आफैंले सिर्जना गर्ने सफल पात्र हुन् । पञ्चकोटकोे अभाव, पढाइको असफलता, राजनीतिमा पराजय र विदेशी भूमिमा शून्यबाट शुरु भएको संघर्षलाई उनले सफलताको उचाइमा पु¥याएका छन् । आज उनी बेल्जियमका सफल नेपाली व्यवसायीमध्ये एक हुन् । व्यवसायसँगै… Continue reading गंगाको गर्विलो सफलता : बागलुङमा रेडियो सर्भिसदेखि बेल्जियमको सफल व्यवसायीसम्म
दोहोरो नागरिकता युगमा विश्व
सुरेन्द्र नेपाल श्रेष्ठएउटा समय थियो, जब एउटै व्यक्तिसँग दुई देशको नागरिकता हुनु निकै अनौठो र दुर्लभ मानिन्थ्यो । अधिकांश देशका कानूनले यसलाई स्वीकार गर्दैनथे । यदि कुनै व्यक्तिले अर्को देशको नागरिकता प्राप्त ग¥यो भने उसले आफ्नो जन्म देशको नागरिकता गुमाउनुपर्ने कडा व्यवस्था थियो । त्यसबेला नागरिकतालाई केवल एउटा कानुनी परिचयको रुपमा मात्र नभई राष्ट्रप्रतिको निष्ठा,… Continue reading दोहोरो नागरिकता युगमा विश्व
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
काठमाडौँ, १९ साउनः नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले कूटनीतिक भाषा प्रशिक्षण सुरु गरेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार त्रिपुरेश्वरस्थित सगरमाथा सभाकक्षमा आयोजना गरेको कूटनीतिक भाषा प्रशिक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम–२०२६ मार्फत प्रशिक्षणको औपचारिक सुरुआत गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शिशिर… Continue reading परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
१५ वर्ष पुरानो राहदानी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
काठमाडौँ, १९ साउनः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राहदानी ऐनअन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता अनुप शमशेर जबराका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा सहसचिव भट्टराई पक्राउ परेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर भएसँगै ब्युरोले भट्टराईलाई सोमबार त्रिपुरेश्वरबाट… Continue reading १५ वर्ष पुरानो राहदानी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
काठमाडौँ, १८ साउनः परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातारबीच भेटवार्ता भएको छ ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल र मङ्गोलियाबीचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल र मङ्गोलियाबीच भूराजनीतिक रूपमा… Continue reading परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
लण्डनका नेपाली व्यवसायी खनालले मेफेयरमा खोले नयाँ फार्मेसी
१७ साउन, काठमाडौं । नेपालबाट लण्डन गएर लामो समयदेखि उद्योग तथा व्यवसाय सञ्चालन गरेका उद्यमी समीर खनालले मध्य लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालनमा ल्याएका छन् । डेढ दशकदेखि नेपालमा उत्पादित जडिवुटीलाई लण्डनमा प्रवद्र्धन गर्दै आएका खनालले स्थापना गरेको फार्मेसीको लन्डनमा एक विशेष समारोहका बीच युएईको शाही परिवार सदस्य शेख फैसल बिन खालिद अल कासिमीले… Continue reading लण्डनका नेपाली व्यवसायी खनालले मेफेयरमा खोले नयाँ फार्मेसी
निर्मल पूर्जाको शव ५७ सय मिटरमा भेटियो
१७ साउन, काठमाडौं । पर्वतारोही निर्मल पुर्जाको शव पाकिस्तानको ब्रोड पिक हिमालमा फेला परेको उद्धारकर्ताहरूले बताएका छन्। पाकिस्तानको अल्पाइन क्लबले आइतबार जनाएअनुसार उनको शव समुद्री सतहबाट करिब ५,७०० मिटर उचाइमा फेला परेको हो। सोही क्षेत्रमा थप तीनवटा शव पनि देखिएको भए पनि पहिचान भएको छैन। ४३ वर्षीय पुर्जाको निधन भएको घोषणा शनिबार उनको कम्पनी एलिट… Continue reading निर्मल पूर्जाको शव ५७ सय मिटरमा भेटियो
अमेरिकी भिसा पाउन नेपालसहित ५० देशका नागरिकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
१७ साउन, काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै उक्त व्यवस्थालाई स्थायी नियमका रूपमा लागू गर्ने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार अमेरिका भ्रमण वा व्यापारिक… Continue reading अमेरिकी भिसा पाउन नेपालसहित ५० देशका नागरिकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
‘निम्सदाइ’ को निधनले गैरआवासीय नेपाली संघ स्तब्ध
१६ साउन, काठमाडौं । विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनको खबरले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्तब्ध भएको बताएको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण… Continue reading ‘निम्सदाइ’ को निधनले गैरआवासीय नेपाली संघ स्तब्ध
एनआरएनएद्धारा राष्ट्रपतिसमक्ष विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
काठमाडौं, साउन १६ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शिष्टाचार भेट गरी संघद्वारा आयोजना गरिने विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत गरेका छन् । भेटमा संघका उपमहासचिव कृष्ण पोखरेल पनि सहभागी भए । भेटका क्रममा उपाध्यक्ष डा. रेग्मीले विश्व ज्ञान सम्मेलनको तयारीबारे जानकारी गराउँदै विश्वभर रहेका नेपाली विज्ञ,… Continue reading एनआरएनएद्धारा राष्ट्रपतिसमक्ष विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
निर्मल पूर्जासहित १० आरोही पाकिस्तानमा हिमाल चढ्दा वेपत्ता
१५ साउन, काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन्… Continue reading निर्मल पूर्जासहित १० आरोही पाकिस्तानमा हिमाल चढ्दा वेपत्ता