पशुपतिनाथमा दर्शनार्थीको ओइरो

RSS

काठमाडौँ, २५ साउनः आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो । पशुपति प्रस्थान मार्ग… Continue reading पशुपतिनाथमा दर्शनार्थीको ओइरो

ब्लोअपमा : कुशल बुचा

ठेगाना : गुल्मी दरबार गाउँपालिका–७, चारपाला, गुल्मीहाल : दुबई, संयुक्त अरब इमिरेट्सउमेर : ३८ वर्षउचाइ : १७३ सेन्टिमिटरशैक्षिक योग्यता : डिप्लोमा कुशल बुचा दुबईमा कार्यरत एक सक्रिय समाजसेवी, कलाकार तथा मोडल हुन् । उनी हाल इक्लिप्स इलेक्ट्रोनिक्स डीएमसीसीमा बिक्री कार्यकारीका रुपमा कार्यरत छन् । कला तथा मनोरञ्जन क्षेत्रमा उनले विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्… Continue reading ब्लोअपमा : कुशल बुचा

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ, २१ साउन । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा पाठशाला सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तिका सन्दर्भमा कवि तथा गीतकार दिनेश अधिकारीको ‘एकल काव्य साँझ’ मा उनले पाठशाला स्थापनाका लागि दूतावासले आवश्यक सहयोग एवं सामग्री उपलब्ध गराउने विश्वास दिलाए । राजदूत भट्टराईले फ्रान्समा नेपाली समूदायको बाक्लो… Continue reading पेरिसमा अधिकारीका एकल काव्य साँझ

शाकी, सराब र मयखाना

बिपुल सिजापतीफ्लोरिडा, अमेरिका अमेरिका घुम्ने क्रममा हामी न्यू ओर्लेन्स पुगेका थियौं । साँझ म र मेरो सालाबाबु घुम्न भनेर निस्कियौं । मेरो सालाबाबु क्यासिनोमा जाने भए । मलाई क्यासिनोको भिडभाड त्यति मन नपर्ने भएकोले म भने क्यासिनो अगाडिको एउटा बारमा छिरें । भित्र मधुरो उज्यालो छरिएको थियो । न्यू ओर्लेन्स पहिले फ्रेन्चहरुको कोलोनी भएकाले यहाँ… Continue reading शाकी, सराब र मयखाना

न्युयोर्कमा लोकप्रिय कन्दरा ब्याण्डको कन्सर्ट हुने

योगेशादी, न्युयोर्क नेपाली संगीताकाशमा बिगत ३३ वर्षदेखि नेपाली लोकपप संगीत पस्कदै आएको पोखरेली लोकप्रिय ब्याण्ड “कन्दरा” ले पहिलो पटक न्युयोर्क सहरमा आफ्नो प्रस्तुति दिने भएको छ । चाँदनी क्रियशन न्युयोर्कको आयोजना र इसेन्स स्माइलको विशेष सहयोग एवम् सहकार्यमा यही अगष्ट १५ तारिख शनिबार न्युयोर्क सहरको मेलरोज बलरुम, एलआइसीमा साँझ ८:३० देखि साँगीतिक कार्यक्रम शुरु हुने… Continue reading न्युयोर्कमा लोकप्रिय कन्दरा ब्याण्डको कन्सर्ट हुने

साउनको तेस्रो सोमबारः पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

रासस

काठमाडौँ, १८ साउनः यस वर्षको साउनको तेस्रो सोमबार आज लाखौँ भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका छन् । साउनको तेस्रो आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको थियो । बेलुकी करिब ७ः०० बजेसम्म पनि मन्दिरमा भक्तजनको लाम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । चान्द्रमास अनुसार आज श्रावणको पहिलो सोमबार भएकाले… Continue reading साउनको तेस्रो सोमबारः पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

प्यालेस्टिनी झण्डा प्रदर्शनपछि ‘म्यासिभ अट्याक’लाई सिङ्गापुरमा प्रतिबन्ध

AP Images

१७ साउन, सिङ्गापुर । कन्सर्टका क्रममा प्यालेस्टिनी झण्डा प्रदर्शन गरेको पुष्टि भएपछि बेलायती ट्रिप–हप ब्यान्ड ‘म्यासिभ अट्याक’ लाई सिङ्गापुरमा भविष्यमा प्रस्तुति दिन प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार आयोजित कन्सर्टका क्रममा मञ्चमा प्यालेस्टिनी झण्डा प्रदर्शन गर्ने ब्यान्डका दुई सदस्यलाई कडा चेतावनी दिइएको छ । साथै उनीहरूलाई सिङ्गापुरमा पुनःप्रवेश गर्न… Continue reading प्यालेस्टिनी झण्डा प्रदर्शनपछि ‘म्यासिभ अट्याक’लाई सिङ्गापुरमा प्रतिबन्ध

मिस नेपालको उपाधी दीपमाला ढकाललाई, प्रवाशी नेपालीको सान

१६ साउन, काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । ललितपुरको प्लाजामा शनिबार भएको फाइनलमा २३ प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बनेकी हुन् । दीपमालाले यसअघि मिस नेपाल हङकङ इन्टरनेश्नलको उपाधिसमेत जितेकी हुन् । त्यस्तै मिस नेपाल कस्मो कशिस सुब्बा र मिस नेपाल इन्टरनेसनल उपाधि आर्या निशान्तले जितेका छन् ।कशिस… Continue reading मिस नेपालको उपाधी दीपमाला ढकाललाई, प्रवाशी नेपालीको सान

आज १५ साउन, खिर खाने दिनका रुपमा मनाइदैं

१५ साउन, काठमाडौं । आज साउन १५ गते, नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने… Continue reading आज १५ साउन, खिर खाने दिनका रुपमा मनाइदैं

आज गुरु गुरुपूर्णिमा मनाइदै

१३ साउन, काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरुपूर्णिमाका रूपमा लिने गरिएको छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न… Continue reading आज गुरु गुरुपूर्णिमा मनाइदै

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को

RSS

काठमाडौँ, साउन ११ गते । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ ।बिहान ३ः०० बजेदेखि नै पपशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले राससलाई जानकारी दिइन् । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उनले बताइन् । यस अवसरमा पशुपतिनाथको… Continue reading साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को

चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिन पहल

८ साउन, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढाइने बताएका छन् । चलचित्र क्षेत्रका समस्या, विकास, प्रवद्र्धन तथा उद्योगका रूपमा मान्यता दिलाउने विषयमा चलचित्रकर्मीसँग बिहीबार मन्त्रालयमा आयोजित छलफलमा उनले चलचित्रलाई सिर्जनात्मक तथा आर्थिक गतिविधिसँग जोडिएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको… Continue reading चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिन पहल

आज साउने सङ्क्रान्ति पर्व

काठमाडौँ, १ साउनः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ… Continue reading आज साउने सङ्क्रान्ति पर्व

पशुपतिमा साउने सोमबारको तयारी सुरु

तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २६ असार । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ । मन्दिरका मूल भट्ट, भण्डारी, कोषका सञ्चालक परिषद्का सदस्यहरू तथा कोषका पदाधिकारीहरूबीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरेको हो । तयारी स्वरुप यही असार २७ गते शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा… Continue reading पशुपतिमा साउने सोमबारको तयारी सुरु

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

जनक श्रेष्ठ-रासस लमजुङ, २६ असारः लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र ऐतिहासिक महत्वका कारण पर्यटकको आकर्षण बन्दै आएको छ । हालैमात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि हरसिङडाँडाको परिचयमा नयाँ आयाम… Continue reading इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

मासिक राशिफल (जुलाई, २०२६)

ज्योतिष आचार्य डा. प्रकाश पौडेलजुलाई २०२६ मा शुक्र, सूर्य, बुध र शनि ग्रहको गोचर परिवर्तनले सबै राशिमा विशेष प्रभाव पार्नेछ । जुलाई ४ मा शुक्र सिंह राशिमा, जुलाई १६ मा सूर्य कर्कट राशिमा प्रवेश गर्नेछन् । जुलाई २४ मा बुध मार्गी हुनेछन् भने जुलाई २७ मा शनि मीन राशिमा वक्री हुनेछन् । यी ग्रहहरुको प्रभावले… Continue reading मासिक राशिफल (जुलाई, २०२६)

ब्लोअप : सन्ध्या देउला

नाम : सन्ध्या देउलाठेगाना : पाटन, ललितपुरहाल : अबुधाबी, यूएईउचाइ : ५ फिट ६ इञ्चशिक्षा : माध्यमिक तह (हाई स्कूल)उपलब्धि : मिसेस नेपाल २०१५(मिसेस ब्यूटिफुल उपाधि विजेता)पेशा : सिवल्र्ड, अबुधाबी(यस आइल्याण्ड)मा सेल्स एसोसिएट पारिवारिक परिस्थितिका कारण सानै उमेरमा पढाइ छोड्नुपरे पनि सन्ध्याले मेहनत र आत्मविश्वासका साथ आफ्नो जीवनयात्रा अघि बढाइन् । १२ वर्षको उमेरदेखि नेपालमा… Continue reading ब्लोअप : सन्ध्या देउला

आलेख– पनौती हिलेजात्रा यौनिकताको दर्साउने अनौठो परम्परा

राजकुमार पराजुली–रासस काभ्रेपलाञ्चोक, १५ असारः हरेक वर्षको ‘जेष्ठ शुक्ल पूर्णिमा’का अवसरमा काभ्रेपलाञ्चोकको पनौतीमा हिलेजात्राअर्थात् ज्याःपुन्ही मनाइन्छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको परम्परा नै हो । अझ ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यतासमेत यहाँ… Continue reading आलेख– पनौती हिलेजात्रा यौनिकताको दर्साउने अनौठो परम्परा

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

काठमाडौँ, ११ असारः वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । यस वर्ष अधिकमासका कारण सौरमासअनुसारको ज्येष्ठ शुक्ल… Continue reading ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

डुम्रे (तनहुँ) ८ असारः आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसङ्ख्यक समुदाय दरैको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको चुड्का नाच संरक्षणमा जुटेको छ । ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्तौँदेखि दरै समुदायको पहिचानसँग जोडिएको चुड्का नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले लोपोन्मुख बन्दै गएका अभौतिक सम्पदाको संरक्षणमा जुटेको… Continue reading मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

आज अन्तरराष्ट्रिय योग दिवस

सैनामैना (रुपन्देही), ७ असार १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा तथा द आर्ट अफ लिभिङ आश्रम, भैरहवाको संयोजनमा आइतबार भैरहवास्थित लुम्बिनी गेट (बुद्ध चोक) मा आयोजित सामूहिक योग कार्यक्रममा सहभागीहरू योगाभ्यास गर्दै। तस्वीर: मनोज क्षेत्री, रासस

काठमाडौँ, ७ असारः ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तरराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । अन्तरराष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग… Continue reading आज अन्तरराष्ट्रिय योग दिवस

भोटो प्रदर्शनसँगै सकियो यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा

राससललितपुर, ६ असारः वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा आज भोटो प्रदर्शन (भोटो जात्रा) सम्पन्न भएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । नेपालको सबैभन्दा लामो तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण जात्राका रूपमा परिचित यो जात्रा तिथिअनुसार करिब दुई महिनासम्म मनाइने गरिन्छ । गत वैशाख ८ गते ललितपुरको पुल्चोकबाट सुरु भएको… Continue reading भोटो प्रदर्शनसँगै सकियो यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुहुँदै राष्ट्रपति पौडेल ललितपुर, ६ असार (रासस): राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको जावलाखेलमा शनिबार आयोजित वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुहुँदै । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार शनिबार गुठी संस्थानका कर्मचारीले भोटो देखाएका थिए ।

काठमाडौँ,६ असार : राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज अपराह्न अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित आज ललितपुरको जावलाखेल पुगेर उनले जात्रा अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा गुठी संस्थानका कर्मचारीले सो भोटो देखाएका… Continue reading राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर, ५ असारः करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रत्येक… Continue reading शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

न्युयोर्कमा प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न, पर्वत च्याम्पियन

न्युयोर्क, अमेरिका बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टर तथा बाग्लुङ स्पोर्ट्स क्लब न्युयोर्कको संयुक्त आयोजनामा सम्पन्न प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०२६ भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। न्युयोर्कस्थित क्वीन्सब्रिज पार्कको भलिबल कोर्टमा आयोजित उक्त प्रतियोगिताले प्रवासी नेपाली समुदायमा खेलकुदमार्फत एकता, भाइचारा र जिल्लागत सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको… Continue reading न्युयोर्कमा प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न, पर्वत च्याम्पियन

असामान्य जोडीको कथामा ‘गौँथली’

काठमाडौँ, १७ जेठः असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार गरिएको छ । चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यमा अभिनेता अरुण क्षेत्री असामान्य देखिएका छन् । अभिनेता क्षेत्रीको असामान्य व्यवहार हेर्दा उहाँ कुनै रोगले पीडित देखिन्छन् । उनको विवाह कम उमेरकी युवतीसँग भएको देखाइएको छ । स्कुले विद्यार्थीझैँ देखिने उक्त युवतीको भूमिका अभिनेत्री सिम्रन… Continue reading असामान्य जोडीको कथामा ‘गौँथली’

मनाइँदै बकर इद (इदुल जोहा)

काठमाडौँ, १४ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान… Continue reading मनाइँदै बकर इद (इदुल जोहा)

काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदै

काठमाडौँ, १२ जेठ । चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ आयोजना हुने भएको छ । ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषय रहेको दुईदिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, सङ्गीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीको सहभागिता रहने महोत्सवकी निर्देशक रञ्जना निरौलाले जानकारी दिइन् । उनले भनिन्, “महोत्सवमा पहिचान,… Continue reading काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदै

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

काठमाडौँ, ११ जेठः सङ्गीत क्षेत्रमा ख्याति कमाउनुभएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको छ । राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको हो ।अर्गनाइजेसनका महासचिव डा प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका तीन हजार ५०० भन्दा बढी कलाकारले भारत नाट्यम, कत्थकलगायत… Continue reading वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

काठमाडौँ, ८ जेठ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा रु पाँच करोड २५ लाख कमाइ गरेको छ । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको छ । कम्पनीका प्रमुख म्याक्स दीपेश खत्रीका अनुसार… Continue reading दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख