पाल्पाली भलिबल कप २०२६ सम्पन्न

राजा बगरदुबईपाल्पाली समाज यूएईले ‘पाल्पाली भलिबल कप २०२६’ सम्पन्न गरेको छ । यूएईको दुबईस्थित अल खवानिज स्पोर्ट क्लबमा जुलाई ५ मा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ उक्त खेल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा आयोजक पाल्पाली समाज यूएईको दुई टिमसहित १५ टिम सहभागी भएका थिए । प्रतियोगिताको उपाधि परदेशी हातेमालो भलिबल टिम ‘ए’ प्रथम… Continue reading पाल्पाली भलिबल कप २०२६ सम्पन्न

यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन

यूएई । यूएईमा रहेर लामो समयदेखि क्रिकेट खेल क्षेत्रमा क्रियाशील रहेका खेलाडी, समूह र व्यक्तिहरुको सक्रियतामा यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन भएको छ । दुबईस्थित डबल ट्री होटलको सभाहलमा ५ जुलाईमा आयोजित भेलाले नितेश लामाको अध्यक्षतामा यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा दिपान्कर डंगोल, उपाध्यक्षहरुमा विजय… Continue reading यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

MIAMI, FLORIDA - AUGUST 08: Lucas Ocampos #7 of Monterrey and Casemiro #5 of Inter Miami CF compete for the ball during the Leagues Cup Phase One match between Inter Miami CF and CF Monterrey at Nu Stadium on August 08, 2026 in Miami, Florida. Leonardo Fernandez/Getty Images/AFP (Photo by Leonardo Fernandez / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

मियामी, २४ साउन (रासस–एएफपी) । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले शनिबार लिग्स कपको खेलमा मोन्टेरेसँर्ग २–१ ले पराजीत भएको छ । टोलीहरूले खेलअघि जर्ज मेस्सीका लागि एक मिनेट मौन धारण गरेका थिए । उनको अर्जेन्टिनामा ६८ वर्षको उमेरमा निधन भएको हो । इन्टर मियामीका कप्तान लियोनेल मेस्सी शनिबार राति त्यहाँ पुगेका थिए… Continue reading बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

जादुमयी फुटबल स्टार मेस्सीलाई पितृशोकः जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

ब्यूनर्स आयर्स, अर्जेन्टिना, (रासस–एएफपी) । आठ पटक बलोन डी’ओर विजेता लियोनल मेस्सीका बुबा जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ । जर्ज मेस्सीका मृत्युको खबर अर्जेन्टिनी स्ट्राइकर मेस्सीको बाल्यकालको क्लब न्यूवेल्स ओल्ड ब्वाईजले शनिबार पुष्टि गरेको छ । अर्जेन्टिनी मिडियाका अनुसार जर्ज मेस्सीको निधन शुक्रबार रोसारियोको एक अस्पतालमा भएको हो। न्यूवेल्स ओल्ड ब्वाईजले सामाजिक… Continue reading जादुमयी फुटबल स्टार मेस्सीलाई पितृशोकः जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’

लन्डन, २१ साउन (रासस–एएफपी) । रियल म्याड्रिड र बार्सिलोनाका पूर्वस्टार लुइस फिगोले विवादमा तानिएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पद छोड्न आग्रह गरेका छन् । उनले इन्फान्टिनोमाथि ‘धोकेबाज’ व्यवहार गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने बताए । विश्वकपको स्वामित्वको केही हिस्सा निजी इक्विटी लगानीकर्तालाई बिक्री गर्ने योजनाको तीव्र विरोधपछि इन्फान्टिनो दबाबमा परेका हुन् । छपन्न वर्षीय… Continue reading ‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’

फिफा विश्वकप २०२६ : तथ्यांक, विवाद र भविष्य

Spain's Rodri (16) lifts the trophy alongside teammates after winning the World Cup final soccer match between Spain and Argentina in East Rutherford, N.J., near New York, Sunday, July 19, 2026. (AP Photo/Matt Slocum)

कुमार न्यौपानेहाल : न्यूयोर्क विश्व फुटबलको नयाँ युगको शुरुवातफुटबललाई विश्वकै सबैभन्दा लोकप्रिय खेल मानिन्छ । भाषा, धर्म, संस्कृति र भौगोलिक सीमाभन्दा माथि उठेर मानिसलाई एउटै भावनामा बाँध्ने शक्ति फुटबलसँग छ । प्रत्येक चार वर्षमा आयोजना हुने फिफा विश्वकप केवल एउटा खेल प्रतियोगिता मात्र होइन, यो विश्वव्यापी सांस्कृतिक उत्सव पनि हो । सन् २०२६ को फिफा… Continue reading फिफा विश्वकप २०२६ : तथ्यांक, विवाद र भविष्य

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

Spain's Rodri (16) lifts the trophy alongside teammates after winning the World Cup final soccer match between Spain and Argentina in East Rutherford, N.J., near New York, Sunday, July 19, 2026. (AP Photo/Matt Slocum)

काठमाडौँ ४ साउनः साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त समयमा… Continue reading स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

इङ्याण्ड तेस्रो बन्यो, फ्रान्सविरुद्धको खेलमा गोल वर्षा

३ साउन, काठमाडौं । फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो । इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे । पहिलो हाफमा दुई गोल गरेका शाकाले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्… Continue reading इङ्याण्ड तेस्रो बन्यो, फ्रान्सविरुद्धको खेलमा गोल वर्षा

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

Argentina's Lionel Messi celebrates after teammate Enzo Fernandez scored their side's first goal during the World Cup semifinal soccer match between England and Argentina in Atlanta, Wednesday, July 15, 2026. (AP Photo/Rebecca Blackwell)

लन्डन, १ साउन, (रासस–एएफपी) । अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड्स अर्जेन्टिनाको हो) लेखिएको ब्यानर देखाएको घटनाप्रति बेलायती एक मन्त्रीले फिफालाई यसबारे छानबिन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केइर स्टार्मरको डाउनिङ स्ट्रिट कार्यालयले बिजनेस मन्त्री पिटर काइलको आग्रहलाई समर्थन गरेको छ। यो विश्वकप सेमिफाइनल खेलपछि भएको हो। काइलले मैदानमा… Continue reading फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनल प्रवेश

Argentina's Lionel Messi celebrates after teammate Enzo Fernandez scored their side's first goal during the World Cup semifinal soccer match between England and Argentina in Atlanta, Wednesday, July 15, 2026. (AP Photo/Rebecca Blackwell)

काठमाडौँ, ३२ असारः इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो । खेलको सुरुआती अग्रता भने… Continue reading अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनल प्रवेश

फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

Spain goalkeeper Unai Simon (23) defends the net against France during the World Cup semifinal soccer match in Arlington, Texas, near Dallas, Tuesday, July 14, 2026. (AP Photo/Jessica Tobias)

काठमाडौँ, ३१ असारः फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे । खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए । उनले खेलको… Continue reading फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

लस एन्जलस, २८ असार (रासस–एएफपी) । स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र आफ्नो देशले विश्वकप जितेमा आफूले गोल गर्न नसकेको कुरालाई कसैले पनि मतलब नगर्ने स्पेनी सुपरस्टार लामिने यामालले बताएका छन् । बिहीबार बेल्जियमविरुद्ध २–१ को क्वार्टरफाइनल जितमा उनले गोल गर्न नसकेपछि सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा फुटबलमा सामूहिक प्रदर्शनबाट राम्रो नतिजा निकाल्ने प्रयास… Continue reading विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

जारी विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

(260612) -- MEXICO CITY, June 12, 2026 (Xinhua) -- Jayden Adams (C) of South Africa competes during the group A match between Mexico and South Africa at the 2026 FIFA World Cup at Mexico City Stadium in Mexico City, Mexico, June 11, 2026. (Xinhua/Wu Wei)

जोहानेसबर्ग, २८ असार (रासस–एएफपी) । अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका ‘मिडफिल्डर’ जेडेन एडम्सको शनिबार निधन भएको छ । खेलकुद मन्त्री गेटन म्याकेन्जीले उनको निधनको पुष्टि गरे । तर निधन हुनुको कारण भने बताएनन् । खेलकुद मन्त्री म्याकेन्जीले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, “जेडेन एडम्सको निधनको खबरले मलाई स्तब्ध बनाएको… Continue reading जारी विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेण्टिना सेमिफाइनलमा

Argentina's Alexis Mac Allister (20) celebrates after scoring his side's opening goal during the World Cup quarterfinal soccer match between Argentina and Switzerland in Kansas City, Mo., Saturday, July 11, 2026. (AP Photo/Ed Zurga)

२८ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले गोल गरे । खेलको १०औं मिनेटमा… Continue reading स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेण्टिना सेमिफाइनलमा

इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

(260712) -- MIAMI, July 12, 2026 (Xinhua) -- Jude Bellingham (3rd R) of England scores during the quarter final match between Norway and England at the 2026 FIFA World Cup at the Miami Stadium in Miami, the United States, July 11, 2026. (Xinhua/Chen Yichen)

काठमाडौँ, २८ असारः इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन् । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल… Continue reading इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

‘रोनाल्डो आएमा स्वागत गरिने’ पुर्चुगलका नयाँ प्रशिक्षकको भनाइ

ओइरास, पोर्चुगल, २७ असार (रासस–एएफपी) । पोर्चुगलले शुक्रबार जर्ज जेससलाई आफ्नो नयाँ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मुख्य प्रशिक्षक नियुक्त भएपछि पहिले प्रतिक्रिया दिँदै उनले पोर्चुगलका ‘सुपरस्टार’ क्रिस्टियानो रोनाल्डोलाई उपलब्ध भएमा टोलीमा बोलाउने बताएका छन् । उनले आफूका लागि रोनाल्डो कहिल्यै समस्या नहुने बताए । पूर्व प्रशिक्षक रोबेर्टो मार्टिनेजको नेतृत्वमा यस ग्रीष्ममा… Continue reading ‘रोनाल्डो आएमा स्वागत गरिने’ पुर्चुगलका नयाँ प्रशिक्षकको भनाइ

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

Spain's Mikel Merino (6) celebrates after their win in the World Cup quarterfinal soccer match between Spain and Belgium in Inglewood, Calif., near Los Angeles, Friday, July 10, 2026. (AP Photo/Lindsey Wasson)

काठमाडौँ, २७ असारः बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई… Continue reading स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनल प्रवेश

France's Kylian Mbappe celebrates scoring the opening goal during the World Cup quarterfinal soccer match between France and Morocco in Foxborough, Mass., near Boston, Thursday, July 9, 2026. (AP Photo/Stephanie Scarbrough)

काठमाडौंँ, २६ असारः कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल… Continue reading फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनल प्रवेश

विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा, २५ असार (रासस–एएफपी) । इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को अन्तिम १६ को खेलमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) समक्ष उजुरी दर्ता गरेको छ। सङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियर र भिडियो सहायक रेफ्री (भीएआर) टोलीको छानबिन गर्न तथा उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरिएको… Continue reading विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

भियतनामबाट विश्वकप सट्टेबाजीमा ८५ पक्राउ

Argentina players listen the national anthem on the pitch prior to the World Cup round of 16 soccer match between Argentina and Egypt in Atlanta, Tuesday, July 7, 2026. (AP Photo/Butch Dill)

हनोई, २४ असार (रासस–एएफपी) । विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत भियतनामी प्रहरीले करिब १३ करोड ३० लाख अमेरिकी डलर बराबरको अवैध कारोबार सञ्चालन गर्ने दुई ठूला सट्टेबाजी गिरोहको पर्दाफास गर्दै ८५ जनालाई पक्राउ गरेको जनाएको छ । मङ्गलबार सार्वजनिक गरिएको प्रहरी विज्ञप्तिअनुसार जुनको अन्त्यतिर गरिएको छापामा उच्च तहको सङ्गठित संरचना र… Continue reading भियतनामबाट विश्वकप सट्टेबाजीमा ८५ पक्राउ

फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

Switzerland's Gregor Kobel clears the ball during the World Cup round of 16 soccer match between Switzerland and Colombia in Vancouver, British Columbia, Tuesday, July 7, 2026. (AP Photo/Lindsey Wasson)

काठमाडौँ, २४ असारः कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो… Continue reading फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

इजिप्टमाथि अर्जेन्टिनाको रोमाञ्चक जित

काठमाडौँ, २४ असारः इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा आज भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो । खेलको… Continue reading इजिप्टमाथि अर्जेन्टिनाको रोमाञ्चक जित

विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

File : US President Donald Trump speaks with reporters prior to boarding Marine One as he departs from the South Lawn of the White House in Washington, DC, on April 11, 2026. President Donald Trump is on his way to Florida to attend an UFC event. (Photo by Mandel NGAN / AFP)

वाशिङ्टन, २३ असार (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी ‘स्ट्राइकर’ फोलारिन बालोगुनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको बताएका छन् ।  ट्रम्पले फिफालाई रातो कार्ड दिने निर्णय पुनरावलोकन गर्न दबाब दिएको बचाउ गर्दै भने, “यो रेफ्रीको विगत जाँच गर्दा अलिकति शङ्कास्पद देखिन्छ । म विवाद सिर्जना गर्न मन पराउँदिन, त्यसैले म सबै कुरा… Continue reading विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनल प्रवेश

Fans cheer during a watch party for a World Cup soccer match between the United States and Belgium at the KC Live! entertainment district Monday, July 6, 2026, in Kansas City, Mo. (AP Photo/Charlie Riedel)

काठमाडौँ, २३ असारः फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यस हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम–१६ मै टुङ्गिएको छ । बेल्जियमको जितमा चाल्र्स डे केटलेरले दुई गोल… Continue reading आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनल प्रवेश

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

Portugal's Cristiano Ronaldo (7) controls the ball during the World Cup round of 16 soccer match between Portugal and Spain in Arlington, Texas, near Dallas, Monday, July 6, 2026. (AP Photo/Tony Gutierrez)

काठमाडौँ, २३ असारः फिफा विश्वकपको राउन्ड अफ(१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै… Continue reading पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

A Mexican football fan is tossed into the air by others as fans gather at the Angel of Independence to watch the 2026 FIFA World Cup Round of 16 football match between Mexico and England in Mexico City on July 5, 2026. (Photo by Claudia Rosel / AFP)

काठमाडौँ, २२ असारः इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दश खेलाडीमा सीमित बनेको इग्ल्याण्डले अन्तिम १६ अन्तर्गत आज भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । इङ्ग्ल्यान्डको जितमा जुड बेलिङहमले २६औँ… Continue reading मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

Norway's Erling Haaland (9) celebrates after scoring the opening goal during the World Cup round of 16 soccer match between Brazil and Norway in East Rutherford, N.J., near New York, Sunday, July 5, 2026. (AP Photo/Adam Hunger)

काठमाडौँ, २२ असारः एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । नर्वेको जितमा दुवै गोल हालान्डले गरे । उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा… Continue reading ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

लमजुङ एफसीलाई पहिलो पीएनएसबी गोल्ड कपको उपाधि

२१ असार, यूएई । पहिलो पीएनएसबी (प्रवास नेपाली सम्पर्क विभाग) गोल्ड कप प्रतियोगिताको उपाधि लमजुङ एफसीले हात पार्न सफल भएको छ । रास्वपाको चौथो स्थापना दिवस तथा प्रथम महाधिवेशनको अवसरमा प्रवास नेपाली सम्पर्क विभाग, यूएईद्वारा ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ २१ मेमा दुबईको अबुहेलमा रहेको स्पोर्टस् बेमा उक्त प्रतियोगिता आयोजना… Continue reading लमजुङ एफसीलाई पहिलो पीएनएसबी गोल्ड कपको उपाधि

सन्तोषको संघर्ष र सफलता

भरत गिरी\ न्यूयोर्क२० असार, काठमाडौं । अविश्वसनीय तर सत्य र सफल खेलाडी सन्तोष राईको जीवनी खेलप्रेमीको लागि प्रेरणा हो । सुन्दर नेपाल, सगरमाथाको देश र भगवान बुद्धको जन्मभूमिबाट अमेरिका आएका सन्तोष राई धन–सम्पत्ति वा विशेष सुविधामा जन्मिएका व्यक्ति होइनन् । उनको जन्म नेपालको एक ग्रामीण क्षेत्रमा रहेको साधारण परिवारमा भएको थियो, जहाँ जीवन संघर्षले भरिएको… Continue reading सन्तोषको संघर्ष र सफलता

फुटबल विश्वकप : मानवताको महाउत्सव

Argentina's Lionel Messi (10) scores their first goal against Cape Verde goalkeeper Vozinha (1) and Diney Borges (3) during the World Cup round of 32 soccer match between Argentina and Cape Verde in Miami Gardens, Fla., Friday, July 3, 2026. (AP Photo/Marta Lavandier)

कुमार न्यौपाने/ हाल : न्युयोर्क२० असार, काठमाडौं । आजको विश्व अनेकौं चुनौतीहरुबाट गुज्रिरहेको छ । एकातिर युद्ध, राजनीतिक ध्रुवीकरण, आर्थिक असमानता, धार्मिक विवाद र जातीय संघर्षहरु छन् भने अर्कोतिर मानव समाजलाई एकताबद्ध गर्ने प्रयासहरु पनि जारी छन् । यस्ता विभाजनकारी परिस्थितिहरुबीच एउटा यस्तो शक्ति छ जसले भाषा, धर्म, जाति, संस्कृति, राजनीतिक विचारधारा र राष्ट्रिय सीमाहरुलाई… Continue reading फुटबल विश्वकप : मानवताको महाउत्सव