लिले, २७ साउन (रासस–एएफपी) । उत्तरी फ्रान्सस्थित एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि तीनवटा रिएक्टर बन्द गरिएको छ । ऊर्जा कम्पनी ईडीएफका अनुसार रिएक्टर चिस्याउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड अड्किएपछि सोमबार ती रिएक्टर बन्द गरिएको हो । ईडीएफका अनुसार प्लान्टका तीन रिएक्टर बन्द गरिनुका साथै चौथो रिएक्टरको उत्पादन क्षमता आधा… Continue reading जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द
Category: विज्ञान प्रविधि
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, २७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र… Continue reading कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ, २६ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभागले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी… Continue reading देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन
काठमाडौँ, २५ साउनः गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ । केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ । सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण जारी छ । काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ… Continue reading गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ, २५ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ । मधेस प्रदेशका साथै बागमती,… Continue reading मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने
वासिङ्टन, २४ साउन (रासस–एएफपी) । अमेरिकी प्रविधि कम्पनी अमेजनले टेक्सासमा विशाल ग्यास विद्युत् प्लान्ट निर्माणका लागि लगानी गरिरहेको जनाएको छ । उक्त प्लान्ट कम्पनीका नयाँ डेटा सेन्टर सञ्चालनका लागि प्रयोग हुनेछ । पेकोस काउन्टीमा निर्माण हुने उक्त प्लान्टबाट सात दशमलव ६५ गिगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसमा ३५ वटा टर्बाइन रहनेछन् ।… Continue reading एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २४ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार… Continue reading मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
काठमाडौँ, २३ साउनः विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आइपिपी)बीच भएको सहमति कार्यान्वयन गर्दा नेपाल विद्युत् प्राधिकरणलाई रु एक अर्बभन्दा बढी आर्थिक दायित्व सिर्जना हुने जोखिम देखिएको छ । प्रसारण लाइन तथा सम्बन्धित सबस्टेसन पूर्णरूपमा निर्माण सम्पन्न नभइसकेको अवस्थामा विद्युत् व्यापार विभागले आइपीपीसँगको पूर्वसहमति तथा प्रतिबद्धताअनुसार प्रसारण संरचना निर्माण सम्पन्न भएको मान्दै वैकल्पिक विद्युत्… Continue reading आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह
काठमाडौँ, २२ साउनः देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका… Continue reading मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह
विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
बर्लिन, २१ साउन (रासस–एपी) । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ । घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु देखा परेको ‘खतराको नयाँ गुणस्तर’ भएको चुनौतीका रूपमा वर्णन गरेका छन् । मङ्गलबार राति विमानस्थल आसपास शङ्कास्पद उड्ने वस्तु देखिएपछि प्रमुख कार्गो केन्द्रका दुवै… Continue reading विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
इन्धन निर्भरता घटाउने योजनामा पाकिस्तान, २०३५सम्म ९० प्रतिशत स्वच्छ ऊर्जाको लक्ष्य
इस्लामाबाद, २१ साउन (रासस–सिन्ह्वा) । पाकिस्तानले सन् २०३५ सम्ममा आफ्नो राष्ट्रिय ऊर्जा मिश्रणमा स्वच्छ विद्युत्को हिस्सा ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको ऊर्जा विभागका मन्त्री सरदार ओवैस अहमद खान लेघारीले बताएका छन् । मङ्गलबार इस्लामाबादमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उनले ऊर्जा सुरक्षा सुदृढ गर्न सरकारले ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीइएसएस), स्वदेशी उत्पादन र नियामकीय सुधारमा… Continue reading इन्धन निर्भरता घटाउने योजनामा पाकिस्तान, २०३५सम्म ९० प्रतिशत स्वच्छ ऊर्जाको लक्ष्य
झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु
नयाँदिल्ली, २१ साउन (रासस–सिन्ह्वा) । भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार मङ्गलबार दिउँसो आएको भारी वर्षा र आँधीबेहरीसँगै परेको चट्याङबाट राज्यका गिरिडीह, दुम्का र लातेहार जिल्ला प्रभावित भएका छन्। भारतको मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म झारखण्डसहित विभिन्न क्षेत्रमा व्यापक वर्षा हुने… Continue reading झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु
भूमि प्रशासनका फारम सरल बनाइँदै
काठमाडौँ, २१ साउनः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवासम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ । मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमको… Continue reading भूमि प्रशासनका फारम सरल बनाइँदै
मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
काठमाडौँ, २१ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङसहित मध्यम… Continue reading मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
काठमाडौँ, २० साउनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी… Continue reading ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
टेकुको ‘वेस्ट टू इनर्जी’ परियोजना पुनः सञ्चालन गरिँदै
काठमाडौँ, २० साउनः काठमाडौँ महानगरपालिकाको टेकुस्थित बन्द रहेको ‘वेस्ट टू इनर्जी’ (फोहोरबाट ऊर्जा उत्पादन) परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ । परियोजनालाई नमूना कार्यक्रमका रूपमा पुनस्र्थापना गरी दिगो रूपमा सञ्चालन गर्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सहरी… Continue reading टेकुको ‘वेस्ट टू इनर्जी’ परियोजना पुनः सञ्चालन गरिँदै
देशभर मनसुनको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान
१८ साउन, काठमाडौं । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने र पानी पर्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा अहिले पनि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो हकमा पनि धेरैजसो भूभागमा वर्षाको सम्भावना छ । पहाडी भेगका केही ठाउँमा… Continue reading देशभर मनसुनको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान
मनसुनको प्रभाव कायमै, केही स्थानमा भारी वर्षा हुने
१७ साउन, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई… Continue reading मनसुनको प्रभाव कायमै, केही स्थानमा भारी वर्षा हुने
एआई पूर्वाधारबाट भारतीय उद्योगलाई ठूलो अवसर
मुम्बई, साउन १५ गते । कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तारका लागि विश्वभर तीव्र गतिमा निर्माण भइरहेका डाटा सेन्टरले भारतका केबल, विद्युत प्रणाली, फाइबर(अप्टिक र कुलिङ उपकरण उत्पादक कम्पनीलाई उल्लेखनीय व्यावसायिक अवसर दिलाएका छन् । विश्वस्तरीय एआई मोडेल विकासमा भारत पछाडि परे पनि त्यसका लागि आवश्यक पूर्वाधार आपूर्ति गर्ने उद्योग भने तीव्ररूपमा लाभान्वित भइरहेका छन् ।… Continue reading एआई पूर्वाधारबाट भारतीय उद्योगलाई ठूलो अवसर
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ, साउन १६ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली भएको छ भने बाँकी भागमा साधारणतया… Continue reading चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन
१४ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। मन्त्री यादवले उद्योग प्रशासनलाई डिजिटल प्रविधिमैत्री बनाउँदै सेवाग्राहीले अनावश्यक रूपमा विभाग धाउनुपर्ने अवस्थाको… Continue reading उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन
नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन निर्देशन
१४ साउन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयमा आयोजित अन्तर निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी,… Continue reading नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन निर्देशन
हुलाकमार्फत ८,१८० राहदानी सेवाग्राहीको घरमा
१४ साउन, काठमाडौं । सरकारले हुलाकमार्फत ८ हजार १८० राहदानी सेवाग्राहीको घरमै पुर्याएको छ । सञ्चार मन्त्रालयको आंकडा अनुसार कूरियर सेवामार्फत ती राहदानी घरमै लगिएको हो । हुलाकमार्फत हालसम्म हुम्लाबाहेक सबै जिल्लामा राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य प्रयोगशाला नमुनालगायतका सामग्री नागरिकको घरसम्मै पुर्याउन थालिएको छ। हालसम्म हुलाकमार्फत २,३७,८४० वटा राहदानी सम्बन्धित जिल्ला प्रशासन… Continue reading हुलाकमार्फत ८,१८० राहदानी सेवाग्राहीको घरमा
यस्तो छ आजको मौसम पूर्वानूमान
१४ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेश,… Continue reading यस्तो छ आजको मौसम पूर्वानूमान
विद्युत् महसुल संरचना समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया सुरु
१३ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हालको महसुल… Continue reading विद्युत् महसुल संरचना समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया सुरु
यस्तो छ आजको मौसम पूर्वानूमान
१२ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुुसार मङ्गलबार दिउँसो हिमाली र पहाडी भू–भाग तथा बागमती,… Continue reading यस्तो छ आजको मौसम पूर्वानूमान
अव्यवस्थित तार हटाउने काम समयसीमाभित्र नसक्ने निकायलाई कारबाही गरिने
काठमाडौँ, ११ साउन : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे आज संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् । दुई मन्त्रीले गौशाला, पुरानो बानेश्वर, जडीबुटीलगायत क्षेत्रमा पुगेर तार व्यवस्थापनको कामको… Continue reading अव्यवस्थित तार हटाउने काम समयसीमाभित्र नसक्ने निकायलाई कारबाही गरिने
पूर्वी नेपालमा विद्युतकाे आपूर्ति सुनिश्चित गरिँदै
९ साउन, काठमाडाैं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ । विराटनगरलगायत पूर्वी क्षेत्रमा पटक–पटक विद्युत अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जानेबारे जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले तत्काल… Continue reading पूर्वी नेपालमा विद्युतकाे आपूर्ति सुनिश्चित गरिँदै
नुवाकोटको विद्युत् समस्या समाधान गर्न निर्देशन
काठमाडौँ, ८ साउन : नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोट जिल्लाको समग्र विद्युत् आपूर्ति अवस्था, विद्युत् पूर्वाधार तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहको अवस्थाबारे जानकारी लिदै सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सञ्चारमन्त्री डा. तिमिल्सिनाले आज नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका… Continue reading नुवाकोटको विद्युत् समस्या समाधान गर्न निर्देशन
सरकारले बन्द गर्यो दुई लाख बढी वेबसाईट तथा एप
८ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ।सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमै अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो। कार्यसूचीको ४२ औँ बुँदामा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले… Continue reading सरकारले बन्द गर्यो दुई लाख बढी वेबसाईट तथा एप