७ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१/०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस-बोर्डर विद्युत् आयात-निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको छ। समीक्षा वर्ष २०८२/०८३ मा भारत तथा बङ्गलादेशतर्फको विद्युत् निर्यातबाट नेपालले कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा… Continue reading ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान: भारत र बङ्गलादेश निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड
Category: विज्ञान प्रविधि
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ, ६ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका… Continue reading कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार
काठमाडौँ, ५ साउन : नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पुर्याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेँसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । भौगोलिक रूपमा अतिविकट… Continue reading टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार
केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ५ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको… Continue reading केही स्थानमा भारी वर्षाको सम्भावना
‘जुलाई’मा औसतभन्दा कम वर्षा
काठमाडौँ, ४ साउन : जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ । जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ । सो अवधिमा नेपालभर औसत ११.७ मिलिमिटर… Continue reading ‘जुलाई’मा औसतभन्दा कम वर्षा
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
काठमाडौँ, ३ साउन । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्नसक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ । विभागका बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ्नसक्ने… Continue reading कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
काठमाडौँ, २ साउनः काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यहाँ आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक… Continue reading भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, २ साउनः जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास… Continue reading आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
काठमाडौँ, १ साउन । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई… Continue reading नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
काठमाडौँ, १ साउनः देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ ।… Continue reading देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
सिड्नी, ३३ असार (रासस–एएफपी) । अष्ट्रेलियाले “आर्टिफिसियल इन्टेलिजेन्स” (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् । सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धि भाषणमा, अल्बेनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हित तर्फ अघि बढाउने तरिका अपनाउन… Continue reading एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
चितवन, ३२ साउनः चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि)गरी रेडियो कलर लगाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको… Continue reading ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
सिसी क्यामेराको निगरानीमा भरतपुर
चितवन, ३२ असारः भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ ।महानगरपालिकाले कुल ४१८ वटा सिसी क्यामेरा जडान गरेको सूचना प्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिए । उनका अनुसार महानगरको सहरी क्षेत्रमा बढी र ग्रामीण क्षेत्रका सडकमा आवश्यकताअनुसार क्यामेरा जडान गरिएको छ । एउटा वडामा आवश्यकताअनुसार आठदेखि २०… Continue reading सिसी क्यामेराको निगरानीमा भरतपुर
राजधानीको सौन्दर्य बढाउने प्रयासः दुई साताभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
काठमाडौँ ३१ असारः काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका खम्बामा गुजुल्टिएका र सडकपेटीमा लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापन गर्न सरकारले समयसीमासहितको कार्ययोजना बनाएर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा आज ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तरनिकाय बैठकले नेपाल… Continue reading राजधानीको सौन्दर्य बढाउने प्रयासः दुई साताभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
उत्तर कोरियामा बावी आँधी नजिकिँदै जाँदा उच्च सतर्कता अपनाउन आग्रह
सियोल, ३१ असार (रासस–एएफपी) । उत्तर कोरियाले मङ्गलबार टाइफुन बावी नजिकिँदै गर्दा भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरिएको छ भने उत्तरकोरियाली नेता किम जोङले क्षति रोक्न “अधिकतम सतर्कता“ अपनाउन आग्रह गरेका छन् । प्राकृतिक प्रकोपहरूले उत्तर कोरियाको पूर्वाधार तथा अर्थतन्त्रका अत्यधिक प्रभाव पार्ने गरेको जनाइएको छ । प्योङयाङको सरकारी रोडोङ सिनमुन अखबारका अनुसार… Continue reading उत्तर कोरियामा बावी आँधी नजिकिँदै जाँदा उच्च सतर्कता अपनाउन आग्रह
एआईको मागले चीनको निर्यातमा उछाल
हङकङ, ३१ असार (रासस–एपी) । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ । अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको छ । चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७… Continue reading एआईको मागले चीनको निर्यातमा उछाल
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ, ३१ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको… Continue reading कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
अधिकांश स्थानमा मध्यमसम्मको वर्षा
काठमाडौँ, ३० असारः हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो… Continue reading अधिकांश स्थानमा मध्यमसम्मको वर्षा
राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत
काठमाडौँ, २९ असार । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ ।परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसनको सफलतापूर्वक सम्पन्न गरी राहदानी सेवा सञ्चालनमा ल्याएको हो । करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ । यस्तो बृहत्… Continue reading राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौँ, २९ असारः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ । हाल देशभर अधिकांश बादल लागेको छ ।… Continue reading विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं, २८ असारः देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको… Continue reading मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने रकेटलाई सफलतापूर्वक अवतरण
बेइजिङ, २७ असार (रासस–एएफपी) । चीनले शुक्रबार पहिलोपटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ । यो चीनका लागि अन्तरिक्ष महत्वाकाङ्क्षा र प्रक्षेपण लागत घटाउने दिशामा ठूलो उपलब्धि हो। यो सफलतापछि एसियाली महाशक्ति अमेरिकाको पुनः प्रयोग योग्य रकेट क्षेत्रमा रहेको प्रभुत्वलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको छ । हालसम्म… Continue reading चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने रकेटलाई सफलतापूर्वक अवतरण
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
काठमाडौँ, २७ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा… Continue reading आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने
काठमाडौँ, २५ असारः जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार दिउँसो देशका पहाडी र हिमालीभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही… Continue reading आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने
दुई मन्त्रीले गरे हेलो सरकार शाखाको निरीक्षण, यस्तो दिए निर्देशन
२४ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहसँगै आज मन्त्रीद्वय श्रेष्ठ र पौडेलले ‘हेलो सरकार’ शाखाको… Continue reading दुई मन्त्रीले गरे हेलो सरकार शाखाको निरीक्षण, यस्तो दिए निर्देशन
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २४ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा… Continue reading आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
बेइजिङ, २३ असार (रासस–एएफपी) । कम्बोडियाको कार्डामम माउन्टेन्स राष्ट्रिय निकुञ्जमा गरिएको ‘क्यामेरा ट्र्याप’ अध्ययनमा १४ वटा दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु प्रजाति फेला परेका छन् । वातावरण मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । अप्रिलको सुरुदेखि जुनको अन्त्यसम्म सञ्चालन गरिएको अध्ययनले निकुञ्जको समृद्ध जैविक विविधता तथा प्राकृतिक स्रोत संरक्षणको महत्त्वलाई पुनः उजागर गरेको विज्ञप्तिमा… Continue reading कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
नेपाली आईटी विज्ञ— फिक्कलका प्रभाकर
२२ असार, यूएई । इलामको रमणीय पहाडी बस्ती फिक्कल गैरीगाउँका प्रभाकर शर्मा आज संयुक्त अरब इमिरेट्स (यूएई)को एक बहुप्रतिष्ठित कम्पनीमा सूचना प्रविधि (आईटी– टिकटिङ) विभाग प्रमुखका रुपमा कार्यरत छन् । सामान्य किसान परिवारमा जन्मिएर अन्तर्राष्ट्रिय स्तरको जिम्मेवारी सम्हाल्न पुग्नु उनका लागि केवल व्यक्तिगत सफलता मात्र होइन, नेपाली युवाको क्षमता, दक्षता र सम्भावनाको सशक्त उदाहरण पनि… Continue reading नेपाली आईटी विज्ञ— फिक्कलका प्रभाकर
युट्युब हेरेर व्यावसायिक कृषिमा शेर्पा
तुलसीपुर (दाङ), २२ असारः अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएकी छिन् । पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उनलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ । कुनै औपचारिक तालिम नलिई, कृषि विज्ञको… Continue reading युट्युब हेरेर व्यावसायिक कृषिमा शेर्पा
आजको मौसमः केही स्थानमा मध्यम वर्षाको सम्भावना
काठमाडौँ, २२ असारः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने… Continue reading आजको मौसमः केही स्थानमा मध्यम वर्षाको सम्भावना