काठमाडौँ, २६ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभागले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी… Continue reading देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
Category: समाचार
सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक बेपत्ता, एक घाइते
सन्तोष गौतम\रासस म्याग्दी, २६ साउनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् । विद्युत्गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ… Continue reading सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक बेपत्ता, एक घाइते
उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
बागलुङ २६ साउनः लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि थप प्रक्रिया अघि बढेको छ ।विद्युत् विकास विभागले आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । आयोजना उत्तरगङ्गा पावर कम्पनीले निर्माण गर्दैछ । विभागले यही साउन २० गते उत्पादन अनुमतिपत्र प्रदान गरेको हो । उक्त निर्णयसँगै २०६१ सालदेखि चर्चामा रहेको नेपालकै… Continue reading उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग
काठमाडौँ, २६ साउन । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्रीसमक्ष माग गरेका छन् । महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला नेतृत्वको टोलीले सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि ११ बुँदे मागपत्र बुझाएका हुन् । महासङ्घको… Continue reading विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग
बाँदर–बँदेलको आतङ्क नियन्त्रणबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौँ, २६ साउनः बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ प्रस्तावक रहेको प्रस्तावको समर्थकमा नेकपा(एमाले)का सचेतक निता घतानी, नेपाली कम्युनिष्ट पार्टीका सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन… Continue reading बाँदर–बँदेलको आतङ्क नियन्त्रणबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
पहिरोका कारण म्याग्दी दोसल्लेका नौ घरपरिवार विस्थापित
म्याग्दी, २६ साउनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन् । उक्त पहिरोबाट थप १८ घरपरिवार जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उच्च जोखिममा रहेका दोसल्लेको भिरखाल्टा टोलका नौ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए । “जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्थानीयवासीको… Continue reading पहिरोका कारण म्याग्दी दोसल्लेका नौ घरपरिवार विस्थापित
‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र चलचित्र निर्देशक सुब्बालाई प्रदान
काठमाडौँ, २६ साउनः साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा (खोटाङ) लाई प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आज आयोजित एक समारोहका बीच रु एक लाख ५० हजार नगद राशिसहितको उक्त पुरस्कार अधिकारी र… Continue reading ‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र चलचित्र निर्देशक सुब्बालाई प्रदान
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको सांसदहरूसँग संयुक्त छलफल
२५ साउन, काठमाडौं । मधेश प्रदेशमा केही समयअघि देखिएको आन्दोलन तथा पछिल्लो अवस्थाबारे गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मधेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग संयुक्त छलफल गरेका छन् । गृह मन्त्रालयमा करिब दुई घण्टा चलेको छलफलमा मधेश प्रदेशमा देखिएको पछिल्लो तनाव, त्यसका कारण, सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक सामग्री तथा आगामी दिनमा… Continue reading मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको सांसदहरूसँग संयुक्त छलफल
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति
२५ साउन, काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ । मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ । सहमतिमा साउन १० गते राति देवानगञ्ज–३,… Continue reading सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
२५ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न २० वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीहरूलाई आग्रह गरे । “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्,… Continue reading अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ, २५ साउनः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई… Continue reading प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
विपद्का घटना बढे, एकै दिन ४१ घटना
काठमाडौँ, २५ साउनः यही साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २० जना घाइते भएका छन् । उक्त अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, चट्याङको एक, अतिवृष्टिका दुई र वन्यजन्तु… Continue reading विपद्का घटना बढे, एकै दिन ४१ घटना
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
राससकास्की, २५ साउनः पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पतिशास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता र वातावरण संरक्षणका विविध गतिविधिमा सक्रिय भएका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित जटायु संरक्षण तथा गाई संरक्षण केन्द्रमा पुगेर आइतबार विद्यार्थीले गिद्धको आहार व्यवस्थापन (फिडिङ) प्रत्यक्ष अवलोकन गर्नुका साथै संरक्षण क्षेत्रमा सरसफाइ र वातावरणीय व्यवस्थापनका विभिन्न गतिविधिमा स्वयंसेवकका रूपमा… Continue reading गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
प्रवासी नेपाली एकता समाज, यूएईमा आचार्य
यूएई । राष्ट्रिय प्रजातन्त्र पार्टीको यूएई संगठन प्रवासी नेपाली एकता समाज, यूएईको अध्यक्षमा नारायण आचार्य सर्वसम्मत चयन भएका छन् । बरदुबईको गाउँबेशी रेष्टुरेण्टको सभाहलमा ५ जुलाईमा आयोजित समाजको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि कँडेल, महिला उपाध्यक्षमा वसन्ती रायमाझी, उपाध्यक्षमा रामप्रसाद पाण्डे र हरिहर जयसवाल, महासचिवमा रामप्रसाद ढकाल,… Continue reading प्रवासी नेपाली एकता समाज, यूएईमा आचार्य
धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू
राससतुलसीपुर (दाङ), २५ साउनः दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आउनुभएको छ । पहिले छोराछोरीलाई स्कुल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो । तर, अहिले उहाँको दैनिकी फेरिएको छ । उहाँ धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त हुनुहुन्छ । “पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउनको कठिन हुन्थ्यो”, उहाँले… Continue reading धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
राससलमजुङ, २५ साउनः कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिकस्थल र मौलिक संस्कृति । प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ । मर्स्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा रहेका प्राकृतिक तथा धार्मिकस्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्रसमेत बन्न थालेका छन् । वडा… Continue reading प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने
काठमाडौँ, २५ साउनः सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा अर्थमन्त्री डा स्वर्णिम… Continue reading प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ, २५ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ । मधेस प्रदेशका साथै बागमती,… Continue reading मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
काठमाडौं, २५ साउनः अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली,… Continue reading देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन, २५ साउनः महोत्तरीबाट काठमाडौँतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिँदाएक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी ३५ वर्षीय एक युवकको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द
बेइजिङ, २४ साउन (रासस–एपी) । टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख विमानस्थलले आइतबार एक हजार ३०० भन्दा बढी उडान रद्द गरेका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो । ताइवानका… Continue reading टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द
पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते
नियामे, २४ साउन (रासस–सिन्ह्वा) । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । नाइजर समाचार एजेन्सी (एएनपी) का अनुसार दुर्घटना माडाउवा सहरबाट करिब ५५ किलोमिटर टाढा माराडी–माडाउवा सडकखण्डमा भएको हो । दुर्घटनामा परेका दुई बसमध्ये एउटामा सैनिक जवानहरू सवार रहेको बताइएको छ… Continue reading पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
रसुवा, २४ साउनः जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल, चामल, तेल, नुन तथा मसलालगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन् । गोसाइँकुण्ड मार्ग होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन… Continue reading गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा
काठमाडौँ, २४ साउनः सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ । लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास… Continue reading ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा
सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
पाटन (ललितपुर), २४ साउनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका बताएका छन् । पार्टीको केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरुको जिम्मेवारी भएको बताए । “जब राष्ट्रिय मुद्दाहरूमा आउँछौँ, जहाँ सरकारसँग सहकार्य गर्नुपर्ने… Continue reading सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु
महेन्द्रनगर, २४ साउनः कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९\८० यता हालसम्म सवारी दुर्घटनामा परी १५४ जनाले ज्यान गुमाउनुका साथै एक हजार ७८४ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक बलेन्द्र नाथले सवारी दुर्घटनामा बर्सेनि स्थानीयले… Continue reading कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु
पूर्वाधार मन्त्री लम्सालले भने : गुल्मी अस्पतालको ठेक्का तत्काल तोड्दिनु
गुल्मी, २४ साउनः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित गुल्मी अस्पताल भवनको आज अनुगमन तथा निरीक्षण गरेका छन् । लामो समयदेखि निर्माणाधीन अस्पताल भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले भवन निर्माणको भौतिक प्रगति, गुणस्तर तथा हालसम्म भएका कामका बारेमा जानकारी लिए । अनुगमनका क्रममा अस्पताल निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनले सम्झौताअनुसार समयमै… Continue reading पूर्वाधार मन्त्री लम्सालले भने : गुल्मी अस्पतालको ठेक्का तत्काल तोड्दिनु
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो
गाजा सिटी, २४ साउन (रासस–एएफपी) । हमासले शनिबार अमेरिकी समर्थन प्राप्त गाजा शान्ति योजना अगाडि बढाउन तयार रहेको बताउँदै इजरायलमाथि दबाब दिन आग्रह गरेको छ । इजरायलले भने सम्झौताको पछिल्लो भागमा सहमति जनाएको छैन भन्ने अडान लिइरहेको छ । “हमासले योजनाको पछिल्लो चरणमा अडिग छ, जसअन्तर्गत लडाकुहरूले युद्धग्रस्त क्षेत्रमा गठन हुने नयाँ प्यालेस्टिनी शासन समितिलाई… Continue reading हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
यमन, २४ साउन (रासस–सिन्ह्वा) । यमनका लागि संयुक्त राष्ट्रका विशेष दूत हान्स ग्रुन्डबर्गले साउदी ट्याङ्कर र यमनी सरकारी फौजविरुद्ध हुथी समूहको बढ्दो आक्रमणको बीचमा यमनमा द्वन्द्वको बढ्दो जोखिमको चेतावनी दिनु भएको छ । विज्ञप्ति जारी गर्दै ग्रुन्डबर्गले मारिब र हदरामाउट प्रान्तमा हुथी समूहले गरेको पछिल्लो आक्रमणलाई औंल्याउनु भएको छ जसले नागरिकहरू लगायत लाल सागर र… Continue reading संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ मा मनाइने
काठमाडौँ, २४ साउनः उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरी मनाइने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा उक्त दिवस मनाउने निर्णय गरेको हो । बैठकले पुस्तकालय क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी संस्था, विश्वविद्यालय, पुस्तकालय क्षेत्रको छाता… Continue reading उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ मा मनाइने