उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ मा मनाइने

काठमाडौँ, २४ साउनः उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरी मनाइने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा उक्त दिवस मनाउने निर्णय गरेको हो । बैठकले पुस्तकालय क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी संस्था, विश्वविद्यालय, पुस्तकालय क्षेत्रको छाता… Continue reading उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ मा मनाइने

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

टिकाराम सुनार–रासससुदूरपश्चिम, २४ साउनः खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन् । अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन् । बडिमालिकाको आफ्नै धार्मिक महिमा छ । शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ । रामारोशनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ । त्रिपुरासुन्दरी, उग्रतारा, वैद्यनाथधाम,… Continue reading पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ, २४ साउनः विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन्… Continue reading विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

तस्बिर: कृष्ण न्यौपाने/रासस

काठमाडौँ, २४ साउनः वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित… Continue reading वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

file

२४ साउन, काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योगमन्त्री गौरी… Continue reading ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

२४ साउन, काठमाडौं । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन्।… Continue reading नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु

सङ्गीता राई–रासससुनसरी, २४ साउनः “हामी यहाँ बसाइँ सरी आएको समयमा कोशी नदी धेरै टाढा बग्थ्यो । अहिले त बस्तीमै आइपुगेको छ”, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टापुका स्थानीय पदम राई भन्छन् । विसं २०७४ देखि सपरिवार यहाँ बसोबास गर्दै आउनुभएका राईले एक बिघा जमिनमा धान र मकैखेती गर्नुका साथै केही गाईभैँसी पालेर जीविकोपार्जन गर्दै आएका… Continue reading हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु

घरमा १५ दिनलाई पुग्ने ग्यास भए लाइनमा नबस्न उद्योग मन्त्रालयको अपिल

file

२४ साउन, काठमाडौं । सरकारले घरमा १५ दिनका लागि पुग्ने ग्यास भए लाइनमा नबस्न उपभोक्तालाई आह्वान गरेको छ । ग्यासमा देखिएको कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न उद्योगमन्त्रीको सचिवालयको टोली र नेपाल आयल निगम निरन्तर सक्रिय भएर काम गरिरहेको मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ । सो क्रममा भक्तपुरबाट एक जनालाई कालोबजारी गरेको आरोपमा… Continue reading घरमा १५ दिनलाई पुग्ने ग्यास भए लाइनमा नबस्न उद्योग मन्त्रालयको अपिल

लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने

file

खोटाङ, २४ साउनः मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको लप्से (पङ्खु) खोलामा अस्थायी बेलिब्रिज जडान गर्न ठेक्का आह्वान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गर्नका लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, रामेछापले रु एक करोड ६३ लाख ६४ हजारमा ठेक्का खुलाएको हो । लप्सेखोलामा पक्की पुल निर्माणको काम… Continue reading लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

File Photo

भद्रपुर (झापा), २४ साउनः झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु दुई करोडबराबरको क्षति भएको छ । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२÷८३ मा हात्तीपीडितलाई रु एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो । कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा छ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त… Continue reading झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २९ असारः पानीमा छाता ओढेर गन्तव्यतर्फ जाँदै सर्वसाधारण काठमाडौँको तारकेश्वर नगरपालिका १० मनमैजुका बासिन्दा सोमबार बिहान परेको पानीमा छाता ओढेर आफ्नो गन्तव्यतर्फ जाँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २४ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार… Continue reading मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

In this image made from video provided by NTV-NNN, a person walks in the rain as typhoon Dolphin approaches the city, in Naha, Japan, Friday, Aug. 7, 2026. (NTV-NNN via AP)

बेइजिङ, २३ साउन (रासस–एपी) । टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै विद्यालय तथा पर्यटकीयस्थलहरू बन्द गरिएको छ । आँधीको अधिकतम निरन्तर हावाको गति करिब १६२ किलोमिटर प्रतिघण्टा पुग्ने अनुमान गरिएको छ । आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढी तथा पहिरोको जोखिम बढ्ने अधिकारीहरूले… Continue reading टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

A schoolgirl cries outside her school where deaths and injuries were reported after a shooting in Thailand's Nonthaburi province, Friday, Aug. 7, 2026. (AP Photo/Sakchai Lalit)

नोनथाबुरी, २३ साउन (रासस–एपी) । थाइल्यान्डको राजधानी बैङ्कक नजिकै एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । उक्त घटनाअघि सोही विद्यार्थीले घरमा आफ्ना हजुरबुबा–हजुरआमाको पनि हत्या गरेको अधिकारीहरूले बताएका छन् । नोनथाबुरी प्रान्तस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा शुक्रबार बिहान करिब १० बजे गोली प्रहार… Continue reading बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

नयाँदिल्ली, २३ साउन (रासस–सिन्ह्वा) । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना ग्रस्तहँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा चम्बा जिल्लाको पाहाडी क्षेत्रमा भएको जनाइएको छ । यात्रुबहाक बसमा दुर्घटनाको समयमा… Continue reading भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

बागमती, २३ साउनः पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची–महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा आइपुगेका छन् । यही अगष्ट १ तारिख (साउन १६ गते) देखि काँकडभित्ताबाट साइकल यात्रा सुरु गरेका उनीहरु यात्राको सातौँ दिन हेटौँडा आइपुगेका हुन् । आफूहरू आजै चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी दिए । हेटौँडा आइपुगेका उनीहरुलाई आज… Continue reading दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी, २३ साउनः बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले राससलाई बताए । कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन… Continue reading चार क्विन्टल गाँजासहित चार जना पक्राउ

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ, २३ साउनः ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ । नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या एक वर्षमा १३ हजारले बढेको कार्यालयका रेञ्जर सागर सुवेदीले… Continue reading ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ग्यास अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

काठमाडौँ, २३ साउनः काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुमगनमलाई तीव्र बनाएको छ । साविकभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दाबीबीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले आज काठमाडौँमा रहेका ग्यास… Continue reading ग्यास अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई छ घण्टाको यात्रा

राससतेह्रथुम, २३ साउनः जिल्ला अस्पतालमा शल्यक्रियामार्फत प्रसूति (सिजेरियन) सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । गत असार मसान्तदेखि आवश्यक जनशक्तिको अभावमा सिजेरियन सेवा बन्द भएपछि प्राकृतिक तरिकाले सुत्केरी हुने बाहेकका गर्भवतीहरू प्रसूति गराउन धरान, विराटनगर लगायतका तराईका जिल्ला अस्पतालहरूमा जानुपर्ने बाध्यता छ । म्याङलुङ नगरपालिका–४ पिप्लेकी निर्मला श्रेष्ठलाई आज बिहान प्रसूति व्यथा लागेपछि जिल्ला… Continue reading ‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई छ घण्टाको यात्रा

उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड

काठमाडौँ, २३ साउनः उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानुनी सुधारसँगै विश्वविद्यालयमा सङ्काय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनुपर्ने निष्कर्षसहित दुईदिने नीति कार्यशाला आज सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा सिंहदरबारस्थित मन्त्रालयमा भएको ‘विश्वविद्यालय सङ्काय भर्ना, विकास र पदोन्नतिः मिसन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’ विषयक कार्यशालामा राष्ट्रिय… Continue reading उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड

ग्यासको कालोबजारी गर्ने पक्राउ

काठमाडौँ, २३ साउनः खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन् । उपभोक्तालाई प्रतिसिलिण्डर रु सात हजारका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई आज प्रहरीले पक्राउ गरेको हो । निजले सञ्चालन गरेको किराना पसलबाट तीन थान सिलिण्डर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी… Continue reading ग्यासको कालोबजारी गर्ने पक्राउ

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली, २३ साउनः कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मृत्यु हुनेमा स्थानीय दीपक सुवेदीका १८ महिनाका छोरा रामु सुवेदी रहेका छन् । गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको पानीमा बालक डुबेको… Continue reading बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौँ, २३ साउनः आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान हुनुभएको पशुपति क्षेत्रमा साउनको चौथो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप विगत पाँच हप्ता अघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । सफाइको पाँचौँ साता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहनुभएका स्थानीयवासी एव… Continue reading पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ, २३ साउनः विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आइपिपी)बीच भएको सहमति कार्यान्वयन गर्दा नेपाल विद्युत् प्राधिकरणलाई रु एक अर्बभन्दा बढी आर्थिक दायित्व सिर्जना हुने जोखिम देखिएको छ । प्रसारण लाइन तथा सम्बन्धित सबस्टेसन पूर्णरूपमा निर्माण सम्पन्न नभइसकेको अवस्थामा विद्युत् व्यापार विभागले आइपीपीसँगको पूर्वसहमति तथा प्रतिबद्धताअनुसार प्रसारण संरचना निर्माण सम्पन्न भएको मान्दै वैकल्पिक विद्युत्… Continue reading आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

मनसुनका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ, २३ साउनः वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ७ः०० बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, मुगुको नाग्म–गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी–लुक्ला सडकखण्डमा यातायात सेवा प्रभावित भएको… Continue reading मनसुनका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

The carcass of an elephant suspected to have died from pesticide poisoning lies in the Kitenden village, on the outskirts of Amboseli National Park in Kajiado County, Kenya, Thursday, Aug. 6, 2026. (AP Photo/Andrew Kasuku)

किमाना (केन्या), २२ साउन (रासस–एपी) । केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५ वटा हात्ती मरेपछि प्रारम्भिक परीक्षणमा साइनाइड विषाक्तता देखिए पनि त्यसको स्रोत र मृत्युको वास्तविक कारणबारे विवाद उत्पन्न भएको छ । वन्यजन्तु अधिकारीहरूले हात्तीले खेतमा उब्जाइएको टमाटर खाएको र तिनको पेटमा साइनाइड भेटिएको जनाएका छन् भने किसानहरूले आफ्ना बालीमा प्रयोग हुने… Continue reading साइनाइडले हात्ती मारेको दाबीमा विवाद

संविधान संशोधन गर्दा संविधानभित्रका संवेदनशीलता बुझ्नुपर्छः सभापति थापा

RSS

काठमाडौँ, २२ साउनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानमा समसामयिक विषय संशोधन हुनसक्ने भए पनि त्यस भित्रका संवेदनशीलता बुझ्नुपर्ने पर्नेमा जोड दिएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै सभापति थापाले संविधान भित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने धारणा व्यक्त गरे । उनले संविधानमा नागरिकले… Continue reading संविधान संशोधन गर्दा संविधानभित्रका संवेदनशीलता बुझ्नुपर्छः सभापति थापा

सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद

रुपन्देही, २२ साउनः जिल्लाका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा सञ्चालित जाँच अभियानका क्रममा अवैध रूपमा भित्रिँदै गरेका कस्मेटिक सामान तथा लागुऔषध बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर रुपन्देहीबाट खटिएको टोलीले आज रोहिणी गाउँपालिका १ सेमरपानी क्षेत्रमा जाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको करिब रु… Continue reading सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद

सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने

काठमाडौँ, २२ साउनः संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित नेपालको महावाणिज्यदूतावासबाट आगामी भदौ १५ गतेसम्म मात्र सेवा प्रवाह हुने भएको छ । सान्फ्रासिस्कामा रहेको नेपालको महावाणिज्यदूतावासले आज सूचना जारी गर्दै सरकारको निर्णयअनुसार महावाणिज्यदूतावास बन्द हुने प्रक्रियामा रहेकाले त्यहाँबाट प्रदान हुँदै आएका राहदानी तथा कन्सुलर सेवा आगामी भदौ १५ गते (अगष्ट ३१, २०२६) सम्म मात्र उपलब्ध हुने… Continue reading सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

विश्वसम्पादा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा शनिबार अवलोकन गर्न पुगेको स्वदेशी तथा विदेशी पर्यटक । तस्बिरः रत्न श्रेष्ठरासस

काठमाडौँ, २२ साउनः देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका… Continue reading मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह