Category: समाचार

  • बिस्फोटनमा ज्यान गुमाउनेहरु सामान्य जनता हुदै होईनन -गृह मंत्री

    बिस्फोटनमा ज्यान गुमाउनेहरु सामान्य जनता हुदै होईनन -गृह मंत्री

    काठमाडौ

    गृहमन्त्री रामबहादुर थापाले राजधानीको बम विस्फोटमा मृत्यु भएकाहरु विप्लब समुहसंग सम्बन्धीतहरु भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने क्रममा प्रतिपक्षी दलका सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दे मंत्री थापालेले विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको बताएका हुन् । उनले भने “ती सामान्य नागरिक होइनन् भन्ने नै भनाई हो । ती सामान्य जनता होइनन् । ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो । दुई ठाउकै घटनामा, बम बनाउने क्रममा केही प्राविधिक त्रुटी भए पछि उनीहरुको ज्यान गएको अहिले सम्मका अनुसन्धानले पुष्टि भएको छ । गैह कानुनी र अपराधीक क्रियाकलाप संग सम्बन्धीत नै ती व्यक्तिहरु थिए । त्यस कारणले तीनहरुलाई हामीले सामान्यतयाः जनता भन्दैनौ । उनीहरु घटनासंग सम्बन्धीत् व्यक्ति नै हुन् ती सामान्य नागरिक होइनन् । त्यही रुपमा बुझ्न म अनुरोध गर्छु । ” विप्लव समुहसंग साँठगाँठ त छैन भन्ने प्रतिपक्षी सांसदहरुको प्रश्नलाई उनले “नाजायज प्रश्न” को संज्ञा दिए ।उनले सांसदको उक्त प्रश्नको थप जवाफ दिदै भने “सरकार र विप्लव समुहसंग साँठगाँठ त छैन भन्ने प्रश्नहरु नै नाजायज प्रश्न हो । प्रश्नलाई उल्टाएर हेर्दा कतै ती प्रश्नहरुको सम्बन्ध उतै छ छैन भन्ने लाग्छ ।” उनले शान्ति पुर्ण रुपमा समस्या समाधान गर्नु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको भन्दै कानुन र संविधान मिच्ने, जनतालाई आतंकित पार्ने गतिविधि आपराधिक हुने भएकाले त्यस्ता आपराधिक घटनालाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्ने कोसिस गरे । कानुन मिचेकाले नियन्त्रणमा लिने प्रयास संगै वार्ता संवाद मार्फत गतिविधिलाई नियन्त्रणमा ल्याई मुल प्रवाहमा ल्याउने प्रयास सरकारले गरिरहेको जानकारी दिए । उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्नमा नै मुलभुत रुपमा सरकार सफल रहेको दाबी समेत गरे । सरकार गठन गर्नु अघि र त्यसपछिको अवस्थाको तुलना गर्दा सरकार शान्ति सुरक्षा कायम गर्न सक्षम रहेको निष्कर्ष सरकारले निकालेको समेत उनको भनाई थियो ।

    गृहमन्त्रीको जवाफमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आपत्ती जनाउदै भने “घुमाएर नबोलौ, हिजोको घटनामा कुन पार्टीको कुन माननियको संलग्नता छ । त्यो प्रस्ट रुपमा आउनु पर्छ । हिजोको घटनामा मृत्यु हुने जनता होइनन् भन्ने अधिकार कसले दियो उहाँलाई ? के उनीहरु जनता होइनन् ? हिजो पनि द्धन्द्ध कालमा जति मरे ÷मारिए, के उनीहरु जनता थिएनन् ? नेपाली नागरिक थिएनन् ? त्यसकारण यो गैह् जिम्मेवार शब्द प्रयोग गर्न हुन्न । गर्न पाईन्न । त्यसकारण सांठगाँठ र नाजायक शब्द रेकर्डबाट हटाउन माग गर्दछु । ”

  • मन्त्रि गोकुल बास्कोटा भन्छन् – बिप्लबले हिंसा जारि राखे सरकारले नियन्त्रणमा लिने

    मन्त्रि गोकुल बास्कोटा भन्छन् – बिप्लबले हिंसा जारि राखे सरकारले नियन्त्रणमा लिने

    काठमाडौ
    संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द” विप्लब” नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहटने पनि स्पस्ट पारेका छन् । उनले चन्द नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकाले त्यसलाई फिर्ता लिनै नसक्ने अडान समेत दोहोर्याए। मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व भएकाले सरकारले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाईका साथ नियन्त्रण गर्नुको विकल्प नरहेको मन्त्री बास्कोटाको भनाई छ ।
    सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले शान्तिपूर्ण राजनीतिमा आउनेलाई सधैं सम्मान गर्ने पनि स्पष्ट पार्ने कोसिस गरे । शान्तिपूर्ण राजनीति गर्नेमाथि सम्मान गर्ने संवैधानिक व्यवस्था भएकाले सरकार सोही अनुसार अघि बढने पनि मन्त्री बास्कोटाले बताए । पत्रकारको जिज्ञासाको जवाफ दिदै मन्त्रि बास्कोटाले सरकारको कुनै पनि राजनीतिक शक्तिलाई नियन्त्रणमा लिने चाहना, उद्देश्य र लक्ष्य नभएको समेत बत्ताए ।

  • आरुबोटे हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन ग¥यो होला ?’

    आरुबोटे हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन ग¥यो होला ?’

    – रवीन्द्र काफ्ले

    फिदिम

    आरुबोटे बजारबाट करीब ३०० मिटर पर डाँडोमा सानो, चिटिक्क परेको कच्ची घर । घरको माथिल्लोपट्टि कच्ची सडक । तीनकोठे घरको अघिल्तिर सानो भान्साघर । मुनिपट्टि बाख्रा र कुखुराको खोर । घरको पल्लोपट्टि बाँसको टाटी र टिनले बनेका भुइँघर । घरअघि दाउराको लामो थाक ।

    भान्सा घरभन्दा मुनि पत–पत धुँवा आइरहेको, घर वरिपरि मानिसहरू बसेका । टाट्नोमा तीन वटा ठूलठूला खसी । भान्साघर छेवैमा थुपारिएका बाँसमाथि खसीतर्फ हेरेर बसेका थिए, बमप्रसाद साम्पाङ राई । साम्पाङले गत सोमबार आफ्ना साथी धनराज शेर्माको घरबाट खसी लैजाने तयारी गर्नुभएको थियो तर उहाँ कारणावश आइपुग्न सक्नुभएन । त्यही सोमबार राति धनराजको पूरै परिवारको हत्या भयो । धनराज, साम्पाङका अत्यन्तै मिल्ने र पुरानो साथी थिए ।

    धनराजको घरमा सामथ्र्यविहीन भएर बस्नुभएका साम्पाङ केही भन्न चाहे पनि भन्न सकिरहनुभएको थिएन । “जहिल्यै रबि आउँदा मलाई भेटेर मात्रै घर आउँथ्यो । कहिल्यै मलाई भेट्न छुटाएको याद छैन्”, साम्पाङले भन्नुभयो, “मेरो साथी जाँदा (हत्या हुँदा) मेरो मुटु चोइटिएको छ ।” चलचित्रमा देखेजस्तै गरी आफ्नो साथी गुमाउनुपर्दा मन स्थिर हुन नसकेको साम्पाङको भनाइ छ ।

    गत सोमबार राति सामूहिक हत्यामा मारिएका पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका धनराज शेर्मा स्थानीयवासीको आँखामा नबिझाउने मान्छे थिए । “ज्वाइँ त आँखामा नबिझाउने मान्छे थिए, हाम्रो समुदायमा उनीजस्तो मेहनत गर्ने मान्छे अझैसम्म भेटेको छैन्”, स्थानीयवासी बजिन्द्रप्रसाद फियाकले सम्झनुभयो, “यस्ता मान्छेलाई कुन बैरीले यतिसम्म ग¥यो होला ?”

    गत वर्ष मात्रै वैदेशिक रोजगारीबाट फर्केका शेर्मा गाउँमा सबैका प्रिय थिए । सासू–ससुराको हेरचाहकै लागि ससुराली गाउँमै घर बनाएर बसेका उनी मेहनतका साथ केही नयाँ काम गरौँ भन्ने चाहन्थे । नियमित आयको स्रोत नहुँदा साम्पाङसँग मिलेर उनी खसी, बाख्रा, कुखुरा बिक्री गर्थे । “त्यहाँ राम्रो खसी छ, आउनुहोस् किनौँ भन्थे”, साम्पाङ सम्झन्नहुन्छ, “जे जति भेटिन्थे, उनले भनेभन्दा एक इञ्च पनि तल माथि नहुने ।”

    शेर्मा बाल्यकालदेखिका साथी थिए, छिमेकी पनि । शेर्मा विदेशमा रहँदासमेत आफूसँग नियमित सम्पर्क हुने गरेको साम्पाङ सम्झनुहुन्छ । “साह्रै छिटो घुलमिल हुने मान्छे, चाहिँदा सहयोग पनि गरिहाल्ने । यत्ति बिघ्न नराम्रोसँग मारिने गरि उनले कसैलाई केही गरे भनेर म त कल्पनासमेत गर्न सक्दिन”, साम्पाङले सुनाउनुभयो ।

    धनराज र उनकी श्रीमती जस्मिताले बर्खाभरका लागि आठ बोरा चामलको जोहो गरेको देखाउँदै स्थानीय अगुवा बजिन्द्रप्रसादले भन्नुभयो, “यस्तो बुद्धिमानी मान्छे, कहिल्यै खाली नबस्ने ।” स्थानीय अगुवाहरू तथा धनराजका आफन्तहरू धनराज र जस्मिताले बुनेका नयाँ मुढामा बसेका थिए । स्थानीय यामकुमारी फियाकले भन्नुभयो, “बेच्नलाई भनेर यत्ति राम्रा मुढा बनेका थिए । ढाका बुन्न सिकाउने जस्मिता आफैँ पनि ढाकाबाट घरव्यवहार चलाउने पैसा कमाउँथिन् ।” तर बीभत्स हत्यापछि यो मेहनती परिवार अब स्थानीयवासीको स्मृतिमा मात्रै सीमित भएको छ ।

    धनराज कुचो (अम्रिसो)को व्यापारसमेत गर्दथे । श्रीमती जस्मिताले ढाका बुन्न सिकाउने गरेको भुइँघरमा जम्मा गरेर बिक्री गर्दथे । “हामी सबैलाई छोडेर जान रहेछ, साह्रै दुःख गरेर सम्पत्ति कमाएको”, धनराजकै घरमा भेटिएका उनका गाउँले दाइ दीपेन्द्रकुमार शेर्माले भन्नुभयो, “सधैँ दुःख र मेहनत गर्ने मान्छेमाथि म त औँला ठड्याउने ठाउँ पनि देख्दिन ।” धनराजको मेहनत देखेर सबै गाउँले चकित थिए । जस्मिता पनि उत्तिकै जाँगरिली थिइन् ।

    सोमबार राति शेर्मा दम्पतिसँगै उनीहरूका दुई छोरी १२ वर्षीया युहाना शेर्मा र १० वर्षीया मुना शेर्मा तथा धनराजका भाइकी छोरी ८ वर्षीया इक्सा शेर्माको बीभत्स हत्या भएको थियो । धनराजका ससुरा ७४ वर्षीय बमबहादुर फियाक, सासू ७५ वर्षीया फुर्चिमाया फियाक, उनकी कान्छी साली २६ वर्षीया मनकुमारी फियाक (माखिम) र साइली, सालीकी छोरी १० वर्षीया आशिका खजुमको हत्या भएको थियो ।

    हत्यामा शेर्माका कान्छा साढुभाइ मानबहादुर माखिमको संलग्नता देखिएको प्रहरीको भनाइ छ । सामूहिक हत्यापछि मानबहादुरले समेत झुण्डिएर आत्महत्या गरेका थिए । प्रहरीले स्थलगत रूपमा हत्याको विस्तृत अनुसन्धान सम्पन्न गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत अनुसन्धानमा खटिएको थियो ।
    रासस

  • गाँऊ मै पुगेर नागरिकता बाँडियो

    गाँऊ मै पुगेर नागरिकता बाँडियो

    ओखलढुङ्गा

    खानी भञ्ज्याङमा सञ्चालित घुम्ती शिविरमा १५५ जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र चिसङ्खुगढी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा उनीहरूलाई नागरिकता वितरण गरिएको हो ।

    नागरिकता बनाउनेमा वृद्धवृद्धा, फरक क्षमता भएका व्यक्ति,एकल महिलालगायत रहेको प्रजिअ गणेश आचार्यले बताउनुभयो । “सहजै सरकारी सुविधा उपलब्ध गराउन शिविर सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो, “सरकारी सेवालाई सहज र सुलभ बनाउन गाउँमा हाम्रो उपस्थिति बढाएका हौँ ।” जिल्लाका अन्य स्थानीय तहसँग समन्वय गरी शिविर गाउँगाउँमा सञ्चालन गरिने उहाँको भनाइ छ ।

    शिविरमा प्रशासन, प्रहरी, मालपोत, कृषि, स्वास्थ्य, घरेलु, निर्वाचनलगायत कार्यालयले सेवा उपलब्ध गराएको थियो। सो अवसरमा १५६ जनाले स्वास्थ्य जाँचससमेत गराएका थिए । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति शिविरबाट बढी लाभान्वित भएका छन् ।

    रासस

  • नागरा फल्स घुम्म गएका एकै परिवारका ३ जनाको दुर्घटनामा मृत्यु ६ घाईते

    नागरा फल्स घुम्म गएका एकै परिवारका ३ जनाको दुर्घटनामा मृत्यु ६ घाईते

    न्युयोर्क
    न्युयोर्क नजिकैको राज्य न्युजर्सीबाट नागरा फल्स घुम्न हिडेका एक परिवारको गाडि दुर्घटनामा पर्दा एकै परिवारको ३ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । मेमोरियल डेको सप्ताहान्त पारेर क्यानडाको सिमानामा रहेको नागरा फल्समा छुट्टि मनाउन एस यु भी गाडिमा हिडेको ९ जनाको परिवार आईतबार बिहान साँढे छ बजे दुर्घटनामा परेको हो । मृत्यु हुनेमा एउटा ४ बर्षीय बच्चा समेत छन् भने अन्य ४ जना साना केटाकेटीहरु घाईते भएका छन् ।
    अनुसन्धानकर्ताहरुका अनुसार स्टप चिन्ह भएको इन्टरसेक्सनमा रोकिएर जानु पर्ने पिक अप गाडि नरोकिकन जाँदा ९ जना सवार एस यु भीलाई हिर्काउन पुगेको थियो । पिकअप गाडिको चालकले मादक पदार्थ प्रयोग गरेर गाडि चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मादक पदार्थ प्रयोग गरि गाडि चलाएर दुर्घटना गराउने २० बर्षीय रिचर्ड साविस्कीलाई २ लाख अमेरिकी डलर बोण्ड रकम तोकिएको छ । दुर्घटना बफेलो बाट ३० माईल्स दक्षिण पूर्वको सेल्डोन नामक सानो सहरमा भएको थियो ।
    दुर्घटनामा ज्यान गुमाउने तथा घाईतेहरुको परिचय हाल सम्म खुलाईएको छैन ।

    एजेन्सी

  • विस्फोटक पदार्थसहित विप्लव समूहका सात जना पक्राउ

    काठमाडौँ

    प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले आज आईतबार साँझ गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिनुभयो ।

    पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् । उनीहरूका साथबाट प्रेसरकुकर चार थान, मोटरसाइकल एक थान, नौ थान मोबाइल र पर्चा बरामद गरेको प्रहरीले जनाएको छ । (रासस)

  • ढुङ्गा बोकेर हिड्दा यस्तो भयो

    ढुङ्गा बोकेर हिड्दा यस्तो भयो

    काठमाडौँ

    राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन । यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले कानूनी झमेलामा परेका छन् । हिमाल आरोहण गरेर काठमाडौँ फर्किंदै गरेका तीन जनालाई सगरमाथा क्षेत्रको ढुङ्गो बोकेर ल्याएको आरोपमा आज बिहान नियन्त्रणमा लिएको छ ।

    हुन त उनीहरूले चिनोका लागि भनेर पनि ढुङ्गा ल्याएको हुनसक्छ तर ‘कानूनको अनभिज्ञता क्षम्य हुँदैन’, यो कानूनको सिद्धान्त हो । कानून जानेको छैन भन्दैमा उसलाई सजायमा छुट हुँदैन । त्यसैले हरेक मान्छेले कानून जानेको हुन्छ भनेर कानूनले व्याख्या गरेको हुन्छ । अझै संरक्षित क्षेत्रको विषय झन् संवेदनशील बन्नपुग्छ ।

    आज पक्राउ पर्नेमा ४० वर्षीय पेम्बा शेर्पा, ३० वर्षीय पुर्वा शेर्पा र अमेरिकी नागरिक सोफिया हेलर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ । उनीहरूलाई सानो आकारका १२ वटा ढुङ्गा र झण्डै एक किलोको अर्काे ढुङ्गा ल्याएका थिए । सोलुखुम्बुबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले खानतलासी गर्दा उनीहरूको साथबाट ढुङ्गा बरामद गरिएको हो ।

    वन क्षेत्रको विषय भएकाले आवश्यक अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँलाई बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

    कार्यालयका डिभिजनल वन अधिकृत रामबाबु पौडेलले संरक्षित क्षेत्रबाट बिना अनुमति कुनै पनि वस्तुहरू निकासी गर्न नपाइने बताउनुभयो । यस्तो भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कारवाही हुने बताउनुभयो । उनीहरूको विषयमा अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो । (रासस)

     

  • काठमाडौको बस्तीमै पड्कियो बम , ३ को मृत्यु ६ घाईते

    काठमाडौको बस्तीमै पड्कियो बम , ३ को मृत्यु ६ घाईते

    काठमाण्डौ

    काठमाण्डौको सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन्।
    सुकेधारा विस्फोटमा २ जनाको र घट्टेकुलोमा भएको विस्फोटमा १ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । दुई ठाउँमा गरेर ६ जना घाइते भएका छन् ।
    प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए घटनास्थलमा विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएको छ ।

    ‘घटनास्थल हेर्दा उनीहरुले त्यहाँ पड्काउने योजना बनाएको जस्तो देखिन्न, बस्तीभित्र बम बनाएर बाहिरै लगेर पड्काउने योजना बनाएको देखिन्छ, यद्यपि पुरै जानकारी लिने प्रयासमा छौं’, वरिष्ठ प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।
    श्रोत : उज्यालो

  • काठमाडौमा बिस्फोट ८ जना घाईते

    काठमाडौ
    काठमाडौको सुकेधारा र अनामनगरमा ग्याँस सिलिण्डेर बिस्फोट भएको छ । सुकेधाराको बिस्फोटनमा ६ जना घाईते भएका छन् । महानगरीय प्रहरीका अनुसार अनामनगरमा सैलुनमा राखिएको ग्याँस सिलिण्डर पड्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घाईतेहरुको टिचिङ्ग अस्पताल र अेाम अस्पतालमा उपचार भै रहेको छ । त्यस्तै अनामनगरमा पनि ग्याँस सिलिण्डर नै बिस्फोट भएको छ । अनामनगर बिस्फोटनमा २ जना घाईते भएका छन् ।

    काठमाडौ प्रहरी श्रोतले  घटना नियोजित नै भएको दाबि गरेको छ । घटनाको पुरा बिबरण आउन बाँकी नै छ ।

  • उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

    उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

    उपराष्ट्रपति नन्दकिशोर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन् ।

    उपराष्ट्रपति पुन आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आईतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवाष नेम्वाङ, मन्त्रीहरुलगायतले विदाई गरेका थिए । त्यस अवसरमा उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण समेत गरेको थियो ।

    उपराष्ट्रपति पुनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धि अष्ट्रियन विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्येक्रम समेत रहेको छ । त्यसैगरी उनले अष्ट्रिया भ्रमणको क्रममा जेष्ठ १५ गते अष्ट्रियाको इन्सबु्रकमा आयोजना हुने अन्तराष्ट्रिय सगरमाथा दिवस कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उहाँकी श्रीमती हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायतका रहनु भएको छ । उपराष्ट्रपति पुन आगामी जेष्ठ १८ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

  • खेलकुद परिषद् र ओलम्पिक कमिटीलाई राज्य नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विरोध

    खेलकुद परिषद् र ओलम्पिक कमिटीलाई राज्य नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विरोध

    खेल क्षेत्रका विज्ञहरुले खेलकुद लाई स्वायक्तता प्रदान गर्ने गरि अन्तराष्ट्रिय अभ्यास अनुसारको व्यवस्था विधेयकमा गर्न सुझाव दिएका छन् ।

    संघीय संसद राष्ट्रियसभा अन्र्तगतको विधान व्यवस्थापन समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा खेल क्षेत्रका विज्ञहरुले राष्ट्रिय खेलकुद विकास विधेयक २०७५मा खेलकुद परिषद् र ओलम्पिक कमिटीलाई राज्य नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विरोध गरेका हुन् । उनीहरुले खेलकुुदको विकासका लागि परिषद् र कमिटीलाई स्वायक्तता प्रदान गर्दै अन्तराष्ट्रिय अभ्यास अनुसारको व्यवस्था विधेयकमा गर्न सुझाव दिए । बैठकमा पुर्व खेलकुदमन्त्री पुरुषोत्तम  पौडेलले परिषद्ले गरेको काम मन्त्रालयले अनुमोदन गरेर अर्थमन्त्रालयसंग स्वीकृत लिनुपर्ने झन्झटीलो व्यवस्थाले परिषद्का काम कारवाहीलाई संकुचन गर्ने र अन्तत खेलविकास प्रभावित हुने टिप्पणी गरे । यस किसिमको व्यवस्थाले परिषद् र मन्त्रलयसंघबीचको संघर्ष तिब्र बनाउदै अन्तत खेल क्षेत्रको विकासलाई नै बाधा पुर्याउने उनको तर्क थियो । विधेयकले नियमलाई आवश्यकता भन्दा बढी जोड दिएको तथा परिषद् र संघका सदस्यहरुलाई अधिकार विहिन बनाएको बताए ।

    त्यसैगरी ओलम्पिक कमिटीका पुर्व अध्यक्ष धु्रब बहादुर प्रधानले ओलम्पिक कमिटी र खेलकुद परिषद्लाई राज्य नियन्त्रित राख्नु अन्तराष्ट्रि खेलकुद मान्यता विपरित भएको विचार ब्यक्त गरे । सरकार मातहत राख्ने वित्तिकै अन्तराष्ट्रिय खेलकुद संघहरुले आफुसंगको सम्बन्धन खारेज गर्ने भन्दै उनले खेलकुद विधेयकमा अन्तराष्ट्रिय खेलकुलद महासंघको विधान अनुसार नबाँझिने किसिमका प्रावधान राख्न सुझाव दिए ।

    ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले परम्परागत सोचकै अधारमा विधेयक आएको टिप्पणी गरेका थिए । परिर्वतित परिवेश अनुसार सामाजिक चेतना, मूल्य मान्यतालाई आत्म साथ गर्न नसकेको विधेयक सैद्धान्तिक रुपमा नै गलत भएको उनको पनि तर्क थियो । उनले सरकारले जे भन्यो त्यही मान्नुपर्छ भन्ने उद्देश्यका साथ विधेयक ल्याईएकाले जस्ताको त्यस्तै पास भएमा समग्र खेलाडी र खेल क्षेत्रका लागि विधेयक ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ को रुपमा रहने बताए ।

    खेलकुद क्षेत्रको अध्ययन, अनुसन्धान तथा राष्ट्रिय स्तरमा खेलकुदको विकास , विस्तार र प्रबद्र्धन गरी खेलकुदको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न खेलकुद सम्बन्धी विधेयक ल्याईएको हो । विधायन व्यवस्थापन समितिले विधेयकका बारेमा आईतबार खेलविज्ञहरु संग छलफल गरेको हो ।

  • फैलदै बुद्ध एयर – सोमबार देखि कोलकत्ता

    फैलदै बुद्ध एयर – सोमबार देखि कोलकत्ता

    बुद्ध एयरले सोमबार देखि काठमाण्डौ– कोलकत्ता उडान गर्ने भएको छ ।

    बुद्ध एयरले आईतबार पत्रकार सम्मेलन गरि उडान बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेतले सोमबार देखि काठमाण्डौ –कोलकत्ता–काठमाण्डौको व्यवसायीक उडान गर्न लागिएको जानकारी गराएका हुन् । बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाण्डौ कोलकत्ता उडान गर्न लागेको हो । अन्तराष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाण्डौ कोलकत्ता उडान सफल भए अन्य स्थानका लागि  अन्तराष्ट्रिय उडान सुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए ।

    हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाण्डौबाट बुद्ध एयरको जहाज कोलकत्ताका लागि उड्ने छ  भने बिहान साढे १० बजे कोलकत्ताबाट काठमाण्डौका लागि जहाज उड्ने छ ।जेट एयरवेज बन्द भएका कारण अप्ठेरोमा परेका नेपाल देखि भारत यात्रा गर्नु पर्ने यात्रुहरुका लागि बुद्ध एयरको नयाँ कलकत्ता उडानले केहि राहत दिने संकेत गरेको छ ।

  • न्युयोर्कमा आईसले ३१ जनालाई पक्राउ गर्यो

    न्युयोर्कमा आईसले ३१ जनालाई पक्राउ गर्यो

    अमेरिकी अध्यागमन अधिकारीहरुले ५ दिन लगाएर न्युयोर्क सहर वरिपरिबाट ३१ जना कानुनि कागज पत्र बिहिनहरुलाई पक्राउ गरिएको बताएको छ । न्युयोर्क स्थित ईमिग्रेसन एण्ड कस्टम ईन्फ़ोर्समेण्टका डाईरेक्टर थोमस डेकर्सका अनुसार आईसले अपराधिक क्रियाकलापमा संलग्न कागज पत्र बिहिनहरुलाई मात्र पक्राउ गरेर नियन्त्रणमा लिएको बताएका छन् । उनले आईसको अपरेसनको बारेमा थप प्रस्ट पार्दै भनेका छन् ” आईसको बिरुद्धमा गरिएका कुप्रचार चिर्दै हामि सामाजिक सुरक्षा र जन धनको सुरक्षाका लागि अपराधिक क्रियाकलापमा संलग्न थप कानुनि कागज पत्र बिहिनहरुलाई पक्राऊ गर्दै जाने छौ । आईसले यो हप्ताको सुरुवात देखि नै न्युयोर्क सहरका ५ वटा बोरो , लंग आईज ल्याण्ड र हड्सन भ्याली क्षेत्रमा धर पक्कड सुरु गरेको थियो ।
    पक्राउ गरिएका अधिकांस व्यक्ति विभिन्न अपराधिक क्रियाकलापमा सजाय तोकी सकिएका र कति पयलाई देश छोड्ने आदेश समेत दिई सकिएकाहरु रहेका छन् ।

    श्रोत : एजेन्सी

  • भारतमा एक भवनमा आगोलागी हुँदा २० विद्यार्थीको मृत्‍यु

    भारतमा एक भवनमा आगोलागी हुँदा २० विद्यार्थीको मृत्‍यु

    भारतको गुजरात राज्य स्थित सुरतको एक ब्यापारिक भवनमा आगो लाग्दा २० जना विद्यार्थीको ज्यान गएको छ भने १७ जना घाईतेहरुको अस्पतालमा उपचार भईरहेको छ । ब्यापारिक भवनको तेश्रो र चौथो तल्लामा विद्यार्थीहरु ट्युसन पढिरहेका समयमा आगो फैलिएको थियो । आगो फैलिए पछी अधिकांस विद्यार्थीहरु आगोबाट बाँच्न झ्यालबाट फाल हालेका थिए भने एक जनाको भने झ्यालबाट फाल हाल्दा मृत्‍यु भएको श्रोतले बताएको छ ।
    बिहीवार मात्र आम निर्वाचनबाट निर्वा्चित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटर मार्फत मृत्‍यु प्रती दुस्ख ब्यक्त गर्दै समबेदना ब्यक्त गरेका छन् । शुक्रबार भएको आगोलागीमा अग्नी नियन्त्रकहरुलाई आगो नियन्त्रणमा लिन कारीब ४५ मिनेट लागेको थियो ।

    समाचार श्रोत : एजेन्सी

  • ४० प्रतिसत बस्यक अमेरिकन भैपरी आउने ४ सय डलर समेत खर्च गर्न असमर्थ

    ४० प्रतिसत बस्यक अमेरिकन भैपरी आउने ४ सय डलर समेत खर्च गर्न असमर्थ

    न्युयोर्क
    अमेरिका विश्व कै महाशक्ति रास्ट्र हो । विश्वका थुप्रै देशहरुबाट आर्थिक उपार्जनको लागि मानिसहरु अमेरिका आउने गर्दछन । त्यहि महाशक्ति रास्ट्र जँहा आउन मानिसहरु हत्ते गर्दछन त्यहि देशका झन्डै ४० प्रतिसत बस्यक मानिसहरुको बैंक खातामा ४ सय अमेरिकी डलर समेत आकस्मिक खर्चको लागि जगेडा नहुने गरेको पाईएको छ । अमेरिका स्थित फेडरल रिजर्बले गरेको एक सर्बेक्षणले ४० प्रतिसत बस्यक मानिसहरुसंग अकस्मात खर्च गर्नको लागि ४ सय अमेरिकी डलर नगद ,बचत वा क्रेडिट कार्ड जगेडा समेत नहुने गरेको देखिएको हो ।

    सन् २०१८ को लागि फेडरल रिजर्बले अमेरिकी परिवारको आर्थिक अबास्थाको बारेमा गरेको एक सर्बेको बिबरण बिहिबार सार्वनजिक गर्दै उक्त तथ्यांक बाहिर ल्याएको हो । रिपोर्टका अनुसार ति ४० प्रतिसत मानिस मध्ये २७ प्रतिसत बस्यकले आकस्मिक रुपमा ४०० डलर खर्च गर्नु पर्यो भने केहि सरसामान बेचेर वा सर सापटबाट चलाउने गर्दछन भने बाँकी १३ प्रतिसतसंग त्यो क्षमता समेत नहुने गरेको छ । यो १३ प्रतिसतले आकस्मिक रुपमा ४०० अमेरिकी डलर खर्च गर्नु पर्ने अबास्था आएको अबस्थामा नियमित रुपमा तिर्नु पर्ने मासिक बिलहरु तिर्न असमर्थ हुने गरेको उक्त रिपोर्टले बताएको छ । सन् २०१३ देखि फेडरल रिजर्बले गर्दै आएको उक्त सर्वेक्षणका अनुसार सन् २०१७ र सन् २०१८ को अबस्था भने उस्तै प्रकृतिको भए पनि सन् २०१३ देखिको अबस्थामा भने केहि सुधार आएको छ ।

  • सगरमाथामा यो सप्ताहन्त मारिनेको संख्या तीन पुग्यो

    सगरमाथामा यो सप्ताहन्त मारिनेको संख्या तीन पुग्यो

    सगरमाथामा यो सप्ताहन्त मारिनेको संख्या तीन पुग्योकाठमाडौँ । सगरमाथा आरोहणका लागि गएकामध्ये यो सप्ताहन्तमा थप तीन जनाको मृत्यु भइ सकेको छ । मृत्यु हुने मध्ये दुई जना नेपाली साइडबाट र एक तिब्बती साइडबाट आरोहण गर्न गएका थिए ।

    नेपाली आरोहण गाइड ध्रुव बिष्ट हिमाल चढ्ने क्रममा बिरामी परेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । शुक्रबार उनको निधन भएको हो । यस्तै बेलायती आरोही रोबिन हेनेस फिसरको आठ हजार ६०० मिटरको उचाइमा मृत्यु भएको थियो । सगरमाथामा चुचुरोबाट ओर्लिने क्रममा लेक लागेर उनको मृत्यु भएको हो ।
    यस्तै ५६ बर्षका आइरिस आरोही केभिन हेनसको पनि ७००० मिटर उचाइमा मृत्यु भएको छ । तिब्बती साइडमा आफ्नै टेन्टमा उनी मृत भेटिएका हुन् । दुई सन्तानका पिता हेनस बेलायतको ३६० एक्पिडिसन कम्पनी मार्फत सगरमाथा आरोहणका लागि गएका थिए ।

    हेनस बुधबार ८३०० मिटरसम्म पुगेका थिए । तर, त्यसभन्दा माथि जान नसकेपछि अनुभवी आरोहण गाइड दावा सांगेसँगै ओरालो लागेका थिए ।

    यो साताको सुरुमा सगरमाथा चुचुरोमा पुग्न लाइन नै लागेका थियो । आठ हजार मिटर माथि दर्जनौ आरोही चुचुरो तर्फ जान पालो पर्खि रहेको तश्विर नै सार्वजनिक भएको थियो । यो साताको सुरुमा चुचरोबाट ओर्लिने क्रममा भारतीय आरोही अन्जली कुलकर्नीको निधन भएको थियो । कुलकर्नी हिमाल आरोहणमा २५ बर्ष लामो अनुभव भएकी महिला हुन् । उनले यसअघि तान्जानियाको माउन्ट किलिमञ्जरो र रसियाको एलब्रस आरोहण गरेकी थिइन् । उनी सगरमाथाबाट ओर्लिने क्रममा ‘ट्राफिक जाम’मा फसेकी थिइन् । उनले सगरमाथा आरोहणका लागि छ बर्ष तालिम समेत लिएकी थिइन् । अमेरिकी आरोही डोनाल्ड लिन क्यासले पनि आरोहण पछि सफल अवतरण गर्न सकेनन् ।

    यस्तै थप दुई भारतीय ओरोहीहरु कल्पना दाश र निहाल भागवानको पनि यो सातानै चुचुरोबाट फर्किने क्रममा मृत्यु भएको थियो । अघिल्लो साता अर्का भारतीय आरोही रवि पनि सगरमाथामा मारिएका थिए ।

  • किन चैत देखि जेठ सम्म बाँदरले मानिसलाई धेरै आक्रमण गर्छ ?

    किन चैत देखि जेठ सम्म बाँदरले मानिसलाई धेरै आक्रमण गर्छ ?

    काठमाडौं । बाँदरलाई हाम्रो (मानिसको) पुर्खा भनिन्छ । पुर्खा भएपछि त मानिसले चाहिँ बाँदरको अनुकरण गर्नुपर्ने हो । हुन त केही मान्छेले बिगार्ने, भत्काउने मात्र काम गर्छन् भने त्यसलाई बाँदर प्रवृत्ति पनि भन्ने गरिन्छ । तर सबै मान्छे बाँदर प्रवृत्तिको बिरोधमा हुन्छन् । यसैले मान्छेले बाँदरको अनुकरण गर्दैनन् । बाँदर (पूर्खा) भन्दा मानिस सामाजिक, आर्थिक रुपमा मात्र होइन चेतनास्तरमा समेत सयौं गुणा बढी विकसित भएको छ । पछिल्लो समय बरु बाँदरले चाहिँ मान्छेको अनुकरण गर्न थालेका छन् । पछिल्लो समय बाँदरले मान्छेले जस्तै आईसक्रिम, हल्का पेयपदार्थ खाने गर्छन् । अनि मानिसले आक्रमण गर्ने तरिकाका बारेमा समेत उनीहरु सचेत हुने गर्छन् । शहरबजार र मानिसको नजिक भएका कारण बाँदरले मान्छेको क्रियाकलाप देखेर त्यसको अनुकरण गर्न थालेका हुन् । काठमाडौंको नागार्जुन र आसपासका क्षेत्रमा पाइने राता बाँदरले खानेकुरा पखालेर खाने गर्छन् । त्यहाँका बाँदरले सामान्य माटो लागेको, फोहोर लागेको खानेकुराहरु पानीमा गएर सफा गरेर मात्र खान थालेका छन् । पशुपति, स्वयम्भू र थापाथली आसपासका क्षेत्रका बाँदरले मानिसले आक्रमण गर्ने तरिका सिकेर त्यसको प्रतिकार समेत गर्ने बाँदरविज्ञ डा मुकेश चालिसेले बताए । बाँदर किन आक्रामक हुन्छन् ? गर्मी सुरु हँदै गएको र रुखमा पालुवा पलाउन थालेपछि बाँदर यो समयमा मानिसप्रति आक्रामक रुपमा प्रस्तुत हुन्छन् । पालुवा खाएपछि बाँदरमा आउने पुष्टता र विभिन्न रासायनिक पदार्थका कारण हुने उत्तेजनाले बाँदर यो समयमा आक्रामक हुने गरेका हुन् । यो बेला रुखमा किराहरुले निकाल्ने मह पनि बाँदरले खाने गर्छन । पालुवा खाएपछि बाँदरमा पुष्टता र उत्तेजना आउँछ । उत्तेजित बाँदरले मानिसलाई जिस्काउने, खानेकुरा खोसेर खाईदिने र आक्रमण समेत गर्छन् । पालुवाका कारण बाँदरमा हर्मोनल परिवर्तन आउँछ । त्यतिमात्र होईन प्रजनन् समय भएकाले पनि बाँदरले मानिसलाई आक्रमण गर्छ । भर्खरै पालुवा उम्रिन सुरु भएको र खानेकुरा अभाव हुने भएका कारणले झगडा गरेर बाँदर यो समयमा समूहबाट छुटिन्छन । त्यसैले अहिलेको सिजनमा एक्लो बाँदरको संख्या पनि धेरै देख्ने गरिन्छ । महिला र पुरुष छुट्याएर सोझो र चलाख मानिसको समेत बाँदरले पहिचान गर्छन् । त्यति मात्र होइन बासस्थानको बिनासका कारण पनि पछिल्ला समय बाँदर बढी आक्रामक बन्ने गरेका छन् । प्राकृतिक बासस्थानसँग जोडिएका शहरहरुमा बाँदरले आतंक मच्चाउन थालेको छ । काठमाडौंको थापाथली, पशुपति र स्वयम्भू आसपासको क्षेत्र, धरान, जनकपुर र हेटौंडा लगायतका ठाउँमा बाँदरको आक्रमण र बिनास बढ्दै गएको छ । मानिसको संगतमा रहँदा राता बाँदरले प्रतिकार र नयाँ जुक्ति सिकेकाले समस्या परेको हो । मानिसले लौरो, ढुंगा वा अरु केहीले आक्रमण गर्दा कसरी त्यसको प्रतिकार गर्ने भन्ने कुरा बाँदरले चाँडै नै योजना बनाउने भएका कारण पनि नियन्त्रण गर्न गाह्रो हुने गरेको विज्ञहरु बताउँछन् । पहिले पहिले काभ्रेको माङ्खा, नुवाकोटको भोर्ले, पाल्पाको मतिनडाँडा, लगायत देशका दर्जनौं ठाउँमा बाँदरले भोकमरीनै निम्ताएको थियो । कतिपय ठाउँमा त बाँदरकै कारण बसाईं नै सर्नुपर्ने बाध्यता समेत आएको छ । बिनासकारी जनावरको उपयोगिता पछिल्लो पटक मानिसको स्वास्थ्यमा निकै प्रभावकारी मानिएको छ । बाँदर र मानिसका शारीरिक अंगहरु मिल्दोजुल्दो भएका कारण विभिन्न औषधि र खोपको परीक्षणमा बाँदर निकै उपयोगी मानिदै आएको छ । अहिले पनि एचआईभी एड्स विरुद्ध, स्वाइन फ्लू, क्षयरोगको खोपलगायत बिभिन्न प्रकारका औषधि र खोप बाँदरमा परीक्षण भइरहेका छन् । नेपालमा लंगुर, रातो र आसामी गरी ३ प्रजातिमा ६ उपजातिका बाँदर पाइन्छन् । फोटोमा राख्ने रुखका पालुवा खाएर उत्तेजित बाँदरले मानिसमा आक्रमण गर्छ हर्मोनल परिवर्तनले उसलाई उत्तेजित बनाउन सहयोग गर्छ त्यसैले सोझो मानिसको पहिचान गरेर उसले आक्रमण गर्दछ ।

  • ९९ वर्षमा एउटा न्यायको खम्बा ढल्यो – प्रधानन्यायाधिश खत्रीको अन्त्यष्टि गरियो

    ९९ वर्षमा एउटा न्यायको खम्बा ढल्यो – प्रधानन्यायाधिश खत्रीको अन्त्यष्टि गरियो

    काठमाडौ
    पूर्व प्रधानन्यायाधिश नयनबहादुर खत्रीको पार्थिव शरिरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन हुनु भएका उहाँको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युष्टि गरिएको हो । पूर्व प्रधानन्यायाधिश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित हुनुहुन्थ्यो । नेपालको छैठौं प्रधानन्यायाधिश बन्न सफल हुनु भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । खत्री प्रधानन्यायाधिशबाट अवकाश पाएपछि २०४३ सालमा नेपालका लागि चीनको राजदुत समेत बन्नु भएको थियो । यसैबीच, सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधिश खत्री निधनको शोकमा जेठ १२ गते (भोली) एक दिन देशभरका सम्पूर्ण अदालत बन्द राख्ने निर्णय पनि गरेको छ ।

  • भाजपा वरिष्ठ नेता आड्वाणीको दाबि भारत नेपालको विकास भएको हेर्न चाहन्छ

    भाजपा वरिष्ठ नेता आड्वाणीको दाबि भारत नेपालको विकास भएको हेर्न चाहन्छ

    नयाँ दिल्ली
    भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई फाईदा हुने बताएका छन् । नयाँ दिल्लीमा रिपोटर्स क्लबले गरेको कार्यक्रममा आड्वाणीले भारत नेपालको बिकास हेर्न चाहेको बताए । उनले भने,‘नेपाल र भारतबीच आर्थिक, सामाजिक र राजनीतिक रुपमा गहिरो सम्बन्ध छ । हामीबीचको जनस्तरको सम्बन्धले दुई देशबीचको सम्बन्ध झनै बलियो बनाएको छ ।’ आड्वाणीले भारतले नेपालको विकास हेर्न चाहेको बताए । उनले थपे,‘मलाई विश्वास छ अब नेपालले छिट्टै आफ्नो विकास र समृद्धि हाँसिल गर्छ । नेपालको विकासमा भारत सरकारको पूरापुर सहयोग रहन्छ ।’ पछिल्लो समय नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको पनि उनको दाबी थियो । उनले भने,‘हामीबीच कुनै समस्या छैन, नेपाल र भारतबीच सदियौंदेखि सुमधुर सम्बन्ध रहेकोले हामीबीच हरेक रुपले घनिष्ठ सम्बन्ध छ ।’ भारतले नेपालको राजनीतिमा हस्तक्षेप गर्दैन भारतीय जनता पार्टीकै अर्का बरिष्ठ नेता मुरली मोहन जोशीले पनि नेपाल–भारत सम्बन्ध सुमधुर रहेकोले आगामी दिनमा थप मजबुद हुने स्पष्ट पारे । जोशीले नेपालमा धार्मिक स्वतन्त्रता वा धर्मनिरपेक्षता, वा हिन्दूराष्ट्र जे भएपनि त्यसमा आफूहरुको कुनै हस्तक्षेप नहुने बताए । उनले भने,‘नेपाललाई के बनाउने ? वा के नबनाउने भन्ने विषय त्यो नेपाल र नेपाली जनताले नै तय गर्ने कुरा हो । नेपालको आन्तरिक राजनीतिमा भारतले कहिल्यै हस्तक्षेप गर्दैन् ।’ भारतमा नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेको सुनाउँदै उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध झनै बलियो हुने विश्वास दिलाए । त्यस्तै, भारतीय जनता पार्टीका प्रभावशाली नेता, पूर्व अध्यक्ष एवम् पूर्व गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध अब धेरै राम्रो हुने विश्वास दिलाए । सिंहले आफूहरुले नेपालको आर्थिक प्रगति र उन्नति चाहेको सुनाउँदै त्यसको लागि भारत सरकार जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको स्पष्ट पारे । उनले भने,‘नरेन्द्र मोदीको नेतृत्वमा अब बन्ने सरकारले नेपालको विकास र समृद्धिमा झन धेरै सहयोग गर्छ ।’ अहिले नेपाल–भारतबीच कुनैपनि दरार र असमझदारी नरहेको पनि उनले जिकिर गरे । उनले भने,‘मोदी दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ, अब बन्ने उहाँको नेतृत्वको सरकारले नेपाल–भारत सम्बन्ध मजबुद बनाउँछ । प्रभावकारी बनाउँछ ।’ फरक प्रसँगमा उनले नेपाल र भारतबीच भएका सबैखाले समस्याहरु हल गर्नका लागि बनेको नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह ईपिजीले तयार पारेको प्रतिवेदनमा भारतले अब छलफल गर्ने बताए ।

  • थाइराइड दिवस नेपालमा भने यसरि मनाईदै

    थाइराइड दिवस नेपालमा भने यसरि मनाईदै

    काठमाडौं । आज मे २५ अर्थात विश्व थाइराइड दिवस संसारभर मनाइदैँछ । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी यो दिवस मनाइदैँछ।

    दिवसको अवसरमा ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त रुपमा र्याली निकालेको छन् । अल्का अस्पतालबाट सुरु भएको र्याली जावलाखेल, कुमारीपाटी, मंगलबजार, पुल्चोक हुदैँ पुनः अल्का अस्पतालमा आएर सकिएको थियो।

    के हो त थाइराइड रोग

    मानव शरिरमा रहेको रुद्रघण्टीको तल तिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो पुतली आकारको हुन्छ। यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरिरमा मोटावोलिजम नियन्त्रण गर्छ ।

    थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ । यी हर्मोनहरुको शरिरको बृद्धि विकाशमा अहम भूमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ। र रोग लाग्छ । त्यो रोगलाई थाइराइड रोग भनिन्छ।

    नेपालको जनसंख्याको करिब ५ प्रतिशत थाइराइडका विरामी

    पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन् । नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै रहेको डाक्टर अशुंमाली जोशीले बताए।

    शरिरमा आयोडिन थोरै वा धेरै हुदाँ थाइराइड ग्रन्थीहरुलाई असर गर्ने उनले बताए। थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ।

    अल्का अस्पतालको निशुल्क स्वास्थ्य शिविर

    विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले विहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्दैछ ।

  • मोदीको जितले अब नेपालमा के असर गर्ला ?

    मोदीको जितले अब नेपालमा के असर गर्ला ?

    काठमाडौं

    भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले फेरि एक पटक सरकार बनाउने भएको छ । । लोकसभा चुनाव अन्तर्गत सातौं तथा अन्तिम चरणको मतदान आइतबार सम्पन्न भएको थियो । बिहीबार भएको मतगणना पछि (भाजपा)ले ३०३ सिटमा बिजय प्राप्त गरेको छ । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुन अर्को पटक भारतको प्रधानमन्त्री बन्ने निस्चित भएको छ ।
    बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्ने लोक सभामा सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले कुल ५ सय ४२ सिट मध्ये ३ सय ३ सिटमा विजय हासिल गरेको हो ।कांग्रेस आई नेतृत्वको गठबन्धनले भने जम्मा ५२ सिटमा चित्त बुझाउनु पर्ने भएको छ ।

    सम्भावित छिमेक नीति
    भारतीय प्रधानमन्त्री मोदी आफ्नो कार्यकालमा सबैभन्दा धेरै नेपाल भ्रमण गर्ने एक मात्र भारतीय प्रधानमन्त्री हुन् । उनी पहिलो कार्यकालमा विभिन्न समयमा गरी चार पटक नेपालको भ्रमणमा आएका थिए । धार्मिक, औपचारिक र नेपालको राजकीय भ्रमणसमेत उनले गरेका छन् । आफ्नो शपथ ग्रहणका क्रममा समेत छिमेकी देशका नेताहरुलाई बोलाएर उनले सम्बन्ध नजिक राख्न खोजेका थिए ।
    नेपाल मामिलामा मोदी जति लोकप्रिय बन्न खोजेका थिए, त्यति नै विवादितसमेत बनेका छन् । उनले नेपालको संविधानमा असन्तुष्टि मात्र जनाएनन्, इतिहासमा सबैभन्दा खराब काम नेपाललाई नाकाबन्दीसमेत लगाए । त्यसको चौतर्फी आलोचना हुँदै आएको छ । पछिल्लो समय भने उनले त्यसलाई सच्याउने कुरा अगाडि सारेका छन् । भारतमा रहेका नेपालीभाषीका समस्या र नेपाललाई हेर्ने दृष्टिकोणमा उनको खासै परिवर्तन आउने देखिदैंन । तर, पहिले जस्तो सजिलै बस्ने पक्षमा उनी हुने छैनन् ।
    राजनीतिक विश्लेषकहरुले मोदीको दोस्रो कार्यकालमा छिमेक नीति देखिनेगरी परिवर्तन हुने बताएका छन् । नेपालसँगको सम्बन्धलाई पनि नयाँ रुपमा देख्न सकिनेछ । भारतमा पाकिस्तान विरोधी राष्ट्रवाद चुनावमा प्रमुख एजेण्डा भएजस्तै नेपालमा पनि भारतविरोधी राष्ट्रवाद चुनावको प्रमुख एजेण्डा बन्दै आएको छ । यो कुराको राम्रो ज्ञान भएका मोदीले पहिलेको नीतिलाई निरन्तरता दिने पक्षमा देखिँदैनन् । नेपाल मामिला मात्र नभएर दक्षिण एसियाली क्षेत्रमै उनी नयाँ परिवर्तनका लागि पहल गर्नसक्ने सम्भावित नेता हुन् ।
    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारी टेलिभिजनसँग कुराकानी गर्दै केही दिनअघि मोदीको उदय भएमा भारत–पाकिस्तान वार्ता नयाँ ठाउँबाट अगाडि बढ्ने बताएका थिए । पाकिस्तानसँग वार्ताको जोखिम मोल्न सक्ने नेता मोदी नै भएको उनले बताएका थिए । त्यसैले पनि मोदीले आफ्नो दोस्रो कार्यकालमा भारतको बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा जाने सम्भावना बढी छ ।
    पाकिस्तानका वरिष्ठ पत्रकार जहिर खान भारतमा मोदीको फेरि उदय हुने सम्भावना व्यक्त गर्छन् । उनी भन्छन्– ‘भारतले संयुक्त राष्ट्रसंघसँग काश्मीरका विषयमा गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ । त्यसका लागि भारतको हिम्मत भएको नेता आवश्यक पर्छ । मोदी त्यस्तो नेता हुन सक्छन् । भारत र पाकिस्तानले काश्मीर विवाद सुल्झाएको अवस्थामा दक्षिण एसिया शान्तिका लागि नयाँ गन्तव्य बन्न सक्छ । यो इच्छाशक्ति मोदीमा हुनसक्छ ।’
    दक्षिण एसियामा भारतको हेपाहा दृष्टिकोण छ । त्यसैले भुटानबाहेक अन्य देश ऊप्रति असन्तुष्ट छन् । भुटान भने सधैं अन्धभक्त भारतको समर्थनमा रहँदै आएको छ । नेपाल, श्रीलंका, बंगलादेश र पाकिस्तान भारतको विरुद्धमा उभिँदै आएका छन् । सत्ता परिवर्तनपछि माल्दिभ्स भने भारतको नजिक छ । तर, त्यहाँसमेत भारतविरोधी जनता धेरै छन् । सीमा जोडिएको चीन पनि भारतसँग व्यापारिक सम्बन्धमा मात्रै छ । त्यसैले मोदीका लागि नयाँ चुनौतीका रुपमा छिमेकीसँगको सम्बन्ध राम्रो बनाउनु रहनेछ ।
    बंगलादेशका वरिष्ठ पत्रकार अब्दुल बुलबुल भारतले अब छिमेकीसँगको सम्बन्ध राम्रो बनाउनुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्– ‘पाकिस्तान र बंगलादेशलाई शत्रुवत व्यवहार भारतले गरिरहेको छ । जुन कुरा गलत हो । अन्य देशसँग पनि सम्बन्ध राम्रो छैन । काश्मीरमा लेनदेन गरेर विवाद मिलाउनुपर्छ । यो मानवहितमा हुनेछ । निहित स्वार्थका लागि भन्दा पनि मानवीय स्वार्थ ठूलो हुनुपर्छ । मोदीले त्यो जाँगर देखाउनु पर्छ । तर पहिले छिमेकीलाई पेल्ने र हेप्ने खालको भारतको नीति रह्यो । जुन कुरा गलत भएको धेरै पछि मात्र मोदी सरकारले महसुस ग¥यो ।’

    सम्भावित नेपाल सम्बन्ध
    नेपालमा भारतीय चासो हुनु स्वाभाविक छ । हजारौं नेपाली र हजारौं भारतीय एकअर्काका देशमा आश्रित मात्र रहेका छैनन् लामो समयदेखि बसोवाससमेत गरेका छन् । तर पनि भारतले नेपाललाई आफ्नो नियन्त्रणमा राख्न खोजिरहेको छ भने नेपालले आफूलाई स्वतन्त्र राख्न चाहन्छ । राजनीतिक व्यवस्थाका विषयमा पनि भारतले नेपालको संविधान परिवर्तन गरेर आफूमा निहित अर्थराजनीति चाहन्छ भने नेपालले भारत अनुकूल नहोस् भन्ने चाहना राख्छ । त्यसैले भारतविरोधी नेपालको मानसिकतामा परिवर्तन ल्याउनु अब मोदी सरकारको मुख्य चुनौती हो ।
    नेपालमा भारतीय जनता पार्टीको एकमात्र चाहना हिन्दू राष्ट्र रहेको छ । त्यो सँगसँगै कतै न कतै पूर्वराजाको सक्रियतामा भाजपा अडिग देखिन्छ । भाजपाका नेतासमेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यी दुई एजेण्डाका विषयमा हालै मात्र पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । नेपाली काँग्रेस लगायतका दलका हिन्दूवादी नेतासँग पनि उनले निरन्तर संवाद जारी राखेका छन् । उनलाई मोदीपछि भारतको प्रधानमन्त्रीको रुपमा समेत हेरिएको छ । प्रभावशाली नेताले नेपालको संविधान प्रतिकूलका एजेण्डालाई उठाएकाले नेपालसँगको सम्बन्धमा दरार आउने सम्भावना बढी देखिन्छ ।
    मोदी भने नेपालसँगको सम्बन्ध सुधार गर्ने पक्षमा देखिन्छन् । उनले पक्कै पनि शपथग्रहणका क्रममा यसको संकेत दिनेछन् । पछिल्लो नेपाल भ्रमणका क्रममा उनले अब आउँदा लुम्बिनीको भ्रमण गर्ने बताएका थिए । चीनसँगको निकटता कम गर्ने उनको प्रमुख उद्देश्य बन्ने देखिन्छ । त्यसका लागि नेपालसँग मिलेर जाने वा दबाब दिएर भन्ने कुरा भारत र चीनसँगको सम्बन्धमा भर पर्छ । नेपालका लागि मोदीको उद्देश्य जे भए पनि नेपालले कसरी प्रयोग गर्ने भन्नेमा ध्यान दिन जरुरी रहेको राजनीतिक विश्लेषकहरुको भनाइ रहेको छ ।
    नेपाली राजनीतिक विश्लेषकहरुले समेत मोदीको नयाँ कार्यकालमा अहिलेको जस्तो अवस्था नरहने बताएका छन् । अबको कार्यकालमा नेपाल–भारत सम्बन्ध पहिलेको नाकाबन्दी लगाउनुपूर्वको अवस्थामा फर्किने वा नाकाबन्दीका बेला जस्तो रहने अनुमान गरिएको छ । पछिल्लो भारतीय प्राथमिकताले पनि त्यस्तै देखाउँछ । तर, भारतले नेपालका राजनीतिक दलभित्र खेल्ने रोग भने अब झन्–झन् बलियो हुने सम्भावना देखिन्छ । राजनीतिक दलभित्रको विवादले तीव्रता पाउने र केही राजनीतिक दल विभाजनको अवस्थासम्म पुग्ने सम्भावना पनि उत्तिकै छ । भारत आन्तरिक राजनीतिमा खेलेर रमाउने पुरानै परम्परा हो । मोदीले यो परम्परालाई समेत निरन्तरता दिन सक्छन् ।

  • ‘जनवादी क्रान्ती पुरा गरेरै छाड्छौं’

    ‘जनवादी क्रान्ती पुरा गरेरै छाड्छौं’

    विश्वन्युज संवाददाता
    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन् । महासचिव बैद्यले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पुरा गरेरै छाडने दाबी पनि गरे । सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गर्दै उनले सच्चा कम्युनिष्टहरु मुलुकको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति सम्पन्न गर्ने पनि बताए । उनले सत्तारुढ नेकपाप्रति संकेत गर्दै संशोधनवाद/अवसरवादमा फसेका कम्युनिष्टहरुले मुलुकलाई डुबाएको पनि बताए । ‘अब सच्चा क्रान्तिकारीहरु एकजुट हुनु जरुरी छ’ उनले भने ।

  • ‘अब मदन भण्डारीका बिचारलाई परिमार्जन गर्नुपर्छ’

    ‘अब मदन भण्डारीका बिचारलाई परिमार्जन गर्नुपर्छ’

    विश्वन्युज संवाददाता
    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीले विकसित गरेका विचारलाई अझै परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन् ।
    अध्यक्ष दाहालले मदन भण्डारीले तत्कालीन अवस्थामा पुराना कुरालाई नदोहो¥याई नयाँ परिस्थितिको विश्लेषण गरेर नयाँ चुनौतीको सामना गरेर अघि बढेको उल्लेख गर्दै अब पार्टीले पनि अहिलेको चुनौतिलाई सामना गर्ने गरी नयाँ ढंगले अघि बढनुपर्ने आवश्यकता औंल्याएका हुन् । २६ औं मदन–आश्रित स्मृति दिवस तथा दुई पार्टीबीच एकता भएको वर्ष दिन पुरा भएको अवसरमा काठमाडौंको मदननगर बल्खुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने ‘मदन भण्डारीले जे–जे भन्नु भयो, त्यही कुरालाई दोहो¥याई राख्ने कि नयाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय चुनौतिहरुको सामना गरेर अघि बढने ?’
    ‘आजको राष्ट्रिय/अन्तराष्ट्रिय परिस्थिति, नेपाली जनताको आवश्यकता र चाहनाको ठिक ढंगले मुल्यांकन गरेर मदन भण्डारीको विचारलाई नयाँ परिस्थिति अनुसार अझ विकसित गर्दै लैजानु जरुरी छ’ अध्यक्ष दाहालले भने । पुरानै मान्यतालाई छोडन नसक्ने केही पुराना कम्युनिष्ट नेताहरुले नेपाली क्रान्ति र समाजका लागि सिन्को समेत योगदान गर्न नसकेको दाबी गरे ।
    उनले मदन भण्डारीको नयाँ परिस्थितिको विश्लेषण गरेर अघि बढने आँट र साहसकै प्रेरणाबाट दुई पार्टीबीच एकता गरिएको पनि स्पष्ट पारे ।
    अध्यक्ष दाहालले पार्टी एकीकरणको बाँकि काम छिट्टै सम्पन्न गरी पार्टीलाई अझ गतिशील र जीवन्त बनाउने गरी नयाँ राष्ट्रिय अभियान संचालन गर्ने घोषणा पनि गरे । उनले देशको आवश्यकता, नेपाली कम्युनिष्ट आन्दोलनको आवश्यकता र जनताको चाहना अनुसार जनतासँग गहिरो सम्बन्ध राखेर अघि बढने योजना पनि अघि सारे । अध्यक्ष दाहालले पार्टीको जिल्ला अधिवेशन हुँदै केन्द्रिय अधिवेशन गरेर पार्टीलाई बैचारिक रुपमा अझ स्पष्ट, सांगठानिक रुपमा अझ सुदृढ र जनतासँगको सम्बन्धलाई अझै बलियो बनाएर लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष दाहालले समाजवादको आधार तयार पार्ने गरी पार्टीको काम कार्वाहीलाई उचाईमा पु¥याउनुपर्ने पनि बताए ।

  • दोलखा मूल घर भएका एक किशोर इंग्लिस प्रिमियर लिग क्लबमा आबद्ध

    दोलखा मूल घर भएका एक किशोर इंग्लिस प्रिमियर लिग क्लबमा आबद्ध

    लन्डन
    नेपालमा दोलखा मूल घर भएका एक किशोर बेलायतमा इंग्लिस प्रिमियर लिग खेल्न्ने क्लबमा आबद्ध भएका छन् । बेलायतको लन्डन सहरमा परिवार सहित बसोबास गर्दै आएका १५ बर्षीय जय प्रधान वाटफोर्ड फुटबल क्लबमा १६ बर्ष भन्दा कम उमेर समूहको लागि अनुबन्ध भएका हुन् । प्रधानले गत बिहिबार सन् २०१९ /२० सिजनको लागि वाट्फ़ोर्ड क्लबको ट्रेनिङ्ग सेन्टरमा हस्ताक्षर गरे पछि उनलाई इंग्लिस प्रिमियर खेल्न्ने बाटो खुलेको छ ।

    लन्डनमा अध्यापन पेशामा संलग्न पिता प्रशिद्ध प्रधान र सुमी के सीका एक मात्र सन्तान जय प्रधानले ४ बर्षको उमेर देखि फुटबल खेल्न्न थालेका हुन् । जय बेलायतमा जन्मिएका हुन् भने उनका अभिभाबकको मूल घर दोलखा हो । वाटफोर्ड फुटबल क्लबमा अनुबन्ध हुनु अगाडी जयलाई वाटफोर्डले केहि महिना सम्म विभिन्न चरणमा उनको ट्रायल लिएको थियो भने यस अगाडि जयले टोटेनहाम र वेस्टह्याम जस्ता प्रिमियर लिग क्लबमा समेत ट्रायल दिएका थिए । आउँदो सिजन उनले प्रिमियर लिगका अन्य क्लबका १६ बर्ष कम उमेर समूह बिरुद्ध खेल्न्ने छन् । जयले हाँसिल गरेको सफलताको बिषयमा बताउदै पिता प्रसिद्ध प्रधान भन्छन ” हामि गौरवान्वित छौ । जयको सफलता अरु नेपालि खेलाडिको लागि भबिस्यमा पेरणा बन्न सक्न्ने छ भन्ने हामीले सोचेका छौँ ।”

    इंन्ग्लिस प्रिमियर लिग खेल्न्ने क्लब संग आवद्ध हुने सौभाग्य प्राप्त गरे पछि जय पनि निक्कै उत्साहित भएको बताउदै भन्छन् ” धेरै बर्ष देखि जुन मेहनत गर्दै आएको थिए अब मेरो सपना पुरा गर्ने एउटा महत्वपुर्ण प्लेट फर्म पाएकॊ छु । अब झनै धेरै मेहनत र परिश्रम गर्नु पर्ने दिन सुरु भएको छ ।’ जयका पिता प्रशिद्धले पनि नेपालमा ए डिभिजन लिग खेलेका थिए ।