यस्तो छ आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

वर्षापछि जलमग्न घोराही मुख्य बजार दाङ, १४ असार : दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मुख्य बजारमा आइतबार दिउँसो परेको वर्षापछि ढल निकास प्रणालीले पानी थेग्न नसक्दा जलमग्न सडक । तस्बिर : कुलदीप न्यौपाने / रासस

काठमाडौँ, २१ असारः देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई… Continue reading यस्तो छ आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन

काठमाडौं, असार १९ । बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानिसमा सङ्क्रमण फैलिन नदिन मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह सुरु गरेको छ। फोन गर्दा सुनिने रिङटोनमार्फत बर्ड फ्लुबाट बच्ने उपाय, सङ्क्रमित भएका, बिरामी वा मरेका चराचुरुङ्गी तथा कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न, मृत पन्छी देखेमा त्यसको नजिक नजान, शङ्का लागेमा सम्बन्धित… Continue reading बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन

ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति

नयाँदिल्ली, १९ असार (रासस–एएफपी) । भारत सरकारले अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको ‘प्रयोगकर्ता नाम’ (युजरनेम) सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ । सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्रमार्फत अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो… Continue reading ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति

गुगललाई ४.१ अर्ब युरो जरिवाना गर्ने निर्णय यथावत

ब्रसेल्स, १९ असार (रासस–एएफपी) । युरोपेली सङ्घ (इयू) को सर्वोच्च अदालतले गुगलको ‘एन्ड्रोइड’ को सञ्चालन प्रणालीसँग जोडिएको अविश्वासिलो अभ्यासका लागि दिइएको रेकर्ड ४.१ अर्ब युरो (४.७ अर्ब अमेरिकी डलर) को जरिवानालाई बिहीबारको फैसलाद्वारा कायम गरेको छ । युरोपेली अदालत (युरोपियन कोर्ट अफ जस्टिस) ले अमेरिकी प्रविधि कम्पनी गुगलको दोस्रो पटकको पुनरावेदन खारेज गर्दै सन् २०१८… Continue reading गुगललाई ४.१ अर्ब युरो जरिवाना गर्ने निर्णय यथावत

अध्यागमन विभागले ल्यायो अपोइन्टमेण्ट व्यवस्थापन प्रणाली कार्यान्वयनमा

प्रतिकात्मक तस्वीर :

१९ असार, काठमाडौं । अध्यागमन विभागले डिजिटल अपोइन्टमेण्ट व्यवस्थापन प्रणाली विकास गरी कार्यान्वयनमा ल्याएको छ। प्रचलित अध्यागमन कानुन बमोजिम भौतिक रूपमै उपस्थित भई भिसाको म्याद थप तथा भिसा रूपान्तरण जस्ता सेवाका लागि आवेदन गर्ने सेवाग्राहीको कुनै दिन अत्यधिक भिडभाड हुने र कुनै दिन सेवाग्राहीको उपस्थिति अत्यन्तै न्यून हुने गरेकाले सेवा प्रवाहमा सन्तुलन कायम गरी भिसा… Continue reading अध्यागमन विभागले ल्यायो अपोइन्टमेण्ट व्यवस्थापन प्रणाली कार्यान्वयनमा

मनसुन सक्रियः आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

म्याग्दी, १९ असारः पहिरोको जोखिममा रहेको म्याग्दीको मालिका गाउँपालिका–३ मा पर्ने सेउलुङ गाउँ । टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो गाउँमै पुगेपछि तीन घर उच्च जोखिममा परेका छन् । तस्बिरः सन्तोष गौतम/रासस

काठमाडौँ, १९ असारः देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने छ… Continue reading मनसुन सक्रियः आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति

काठमाडौँ, १७ असारः नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारकाबारेमा आफ्नो भनाइ स्पष्ट गरको छ । दूतावासले सो सम्बन्धमा आज सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट पार्दै जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मनको सङ्घीय विदेश मन्त्रालयमा भएको बैठकमा उपस्थित हुन निमन्त्रणा गरिएको तर बोलावट नगरिएको जनाएको छ । साथै दूतावासले कुनै विरोधपत्र वा अन्य कुनै दस्तावेज… Continue reading राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति

नयाँ अटो सेल्स: अनुभव र समुदायप्रतिको जिम्मेवारीबाट जन्मिएको भरोसायोग्य नाम

सोनिया तामाङ, न्युयोर्क परदेशको जीवन सजिलो हुँदैन। यहाँ हरेक सपना मेहनतसँग जोडिएको हुन्छ, हरेक सफलता संघर्षसँग मिसिएको हुन्छ, र हरेक व्यवसाय केवल नाफाको हिसाबले मात्र होइन, विश्वासको धरातलमा पनि उभिएको हुन्छ। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका लागि गाडी केवल आवतजावतको साधन होइन; यो रोजगारी, आत्मनिर्भरता, परिवारको सहजता र आर्थिक उन्नतिको महत्वपूर्ण आधार हो। यही वास्तविकतालाई… Continue reading नयाँ अटो सेल्स: अनुभव र समुदायप्रतिको जिम्मेवारीबाट जन्मिएको भरोसायोग्य नाम

सरकारी कागजात ‘स्क्यान’ नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

RSS

१७ असार, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ। कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नका लागि चालिएको हो। बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू (जस्तै स्क्याम… Continue reading सरकारी कागजात ‘स्क्यान’ नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

वर्षापछि जलमग्न घोराही मुख्य बजार दाङ, १४ असार : दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मुख्य बजारमा आइतबार दिउँसो परेको वर्षापछि ढल निकास प्रणालीले पानी थेग्न नसक्दा जलमग्न सडक । तस्बिर : कुलदीप न्यौपाने / रासस

काठमाडौँ, १७ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम… Continue reading आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट

File : मतदान गर्न लामबद्ध सर्वसाधारण दाङ, २१ फागुनः दाङको घोराही उपमहानगरपालिका-१५ स्थित पद्द्मोदय नमुना मावि मतदान केन्द्रमा प्रतिनिधिसभा निर्वाचनको लागि मतदान गर्न बिहानैदेखि लामबद्ध सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने/रासस

काठमाडौँ, १६ असार । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो । आज यहाँ आयोजित कार्यक्रममा सिएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा… Continue reading चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ, १६ असार । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर (प्यान) र प्रमाणपत्र सेवाग्राहीले सोझै डाउनलोड गरी प्रिन्ट गर्ने व्यवस्था सञ्चालनमा ल्याइएको छ । कार्यालयका सूचना अधिकारी रामप्रसाद ज्ञवालीले आज सार्वजनिक सूचना जारी गरेर कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणाली अन्तरआबद्धता गर्ने समझदारीपत्रमा हस्ताक्षर भए बमोजिम ‘केमिस’ प्रणाली सोमबारदेखि… Continue reading कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

वर्षापछि जलमग्न घोराही मुख्य बजार दाङ, १४ असार : दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मुख्य बजारमा आइतबार दिउँसो परेको वर्षापछि ढल निकास प्रणालीले पानी थेग्न नसक्दा जलमग्न सडक । तस्बिर : कुलदीप न्यौपाने / रासस

काठमाडौँ, १४ असारः मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित… Continue reading मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

file

काबुल, १४ असार (रासस–एएफपी) । अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस) का अनुसार शनिबार अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी काबुल र अन्य क्षेत्रमा पनि भूकम्पको बलियो कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् । अफगानिस्तानका विभिन्न प्रान्तहरूमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपीका पत्रकारहरूले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन् ।… Continue reading अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी, १४ असार (रासस–एएफपी) । अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि लागू गरेको सामाजिक सञ्जाल प्रतिबन्धको उल्लङ्घन गर्नेलाई रोक्न प्लेटफर्महरूलाई पहिलेको भन्दा दोब्बर बढी आर्थिक जरिवाना लगाउने घोषणा गरेको छ । सरकारले शनिबार यो जानकारी दिएको हो। नयाँ कानुनले प्रणालीगत उल्लङ्घनमा अधिकतम जरिवाना अस्ट्रेलियन डलर ९९ मिलियन (६८ मिलियन अमेरिकी डलर) पुर्‍… Continue reading अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

यस्तो छ आजको मौसम पूर्वानुमान कोशीमा भारी वर्षाको चेतावनी

ढोरपाटन उपत्यका गलकोट (बागलुङ) १३ असार बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित प्रसिद्ध पर्यकीय स्थल ढोरपाटन उपत्यका । नेपालको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन ह्वातै बढेको छ । तस्बिर ः खेमराज गौतम रासस

काठमाडौं, १३ असारः हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान कोशीमा भारी वर्षाको चेतावनी

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

rss

पाटन (ललितपुर), १२ असारः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताए । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध अन्तरराष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले ञलागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको विषय राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिए ।… Continue reading लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

File तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौँ, १२ असारः देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा ९२१४ मिलीमिटर० को ६९।६ प्रतिशत हो । हरेक दिन दैनिक औसतको… Continue reading मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

सूर्योदय । दाङ, ७ असार : दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडबाट आइतबार देखिएको सूर्योदय ।तस्बिर : कुलदीप न्यौपाने /रासस

काठमाडौँ, १२ असारः हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक… Continue reading मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी

मेलबर्न, ११ असार (रासस–सिन्ह्वा) । अष्ट्रेलियाको मुख्य भूमिमा अत्यधिक रोगजनक एभियन इन्फ्लुएन्जा (एच–फाइभ एन–वान) को तेस्रो केस पुष्टि भएपछि विज्ञहरूले देशको जैविक विविधतामाथि गम्भीर जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । दक्षिण अष्ट्रेलिया राज्यमा तीन समुद्री चराको मृत्यु एच–फाइभ एन–वान सङ्क्रमणका कारण भएको पुष्टि भएको छ । यसअघि पश्चिमी अष्ट्रेलिया राज्यमा पनि सङ्क्रमणका घटना… Continue reading अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी

चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

वासिङ्टन, १० असार (एएफपी–रासस) । चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ । यससँगै झण्डै एक दशकदेखि कायम रहेको संयुक्त राज्य अमेरिकाको प्रभुत्व अन्त्य भएको छ भने स्वदेशी प्रविधिमार्फत अत्याधुनिक कम्प्युटिङ क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ । जर्मनीको ह्याम्बर्गमा सोमबार आयोजित प्रमुख कम्प्युटिङ सम्मेलन ‘आइएससी’… Continue reading चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

सूर्योदय । दाङ, ७ असार : दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडबाट आइतबार देखिएको सूर्योदय ।तस्बिर : कुलदीप न्यौपाने /रासस

काठमाडौँ, १० असारः हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस, बागमती, गण्डकी,… Continue reading लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

सूर्योदय । दाङ, ७ असार : दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडबाट आइतबार देखिएको सूर्योदय ।तस्बिर : कुलदीप न्यौपाने /रासस

सिड्नी, ८ असार (रासस–सिन्ह्वा) । अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका विकास गरेका छन्, जुन वास्तविक–विश्व प्रणालीमा क्वान्टम प्रविधिलाई भरपर्दो रूपमा प्रयोग गर्न आवश्यक प्रमुख तत्वहरूमध्ये एक हो । अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटीएस)ले शनिबार जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुसन्धानले साना क्वान्टम प्रकाश स्रोतका लागि नयाँ नियन्त्रण संयन्त्र प्रदान गरेको छ,… Continue reading वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

आज सबैभन्दा लामो दिन, अन्तरराष्ट्रिय अयनोत्सव दिवस मनाईंदै

सूर्योदय । दाङ, ७ असार : दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडबाट आइतबार देखिएको सूर्योदय ।तस्बिर : कुलदीप न्यौपाने /रासस

काठमाडौँ, ७ असारःआज विश्वका विभिन्न स्थानमा अन्तरराष्ट्रिय अयनोत्सव दिवस (वर्षमा दुई पटक हुने खगोलीय घटना, जब सूर्य पृथ्वीको भूमध्यरेखाको तुलनामा आफ्नो यात्रामा सबैभन्दा उत्तर वा सबैभन्दा दक्षिण बिन्दुमा पुग्ने दिन) विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले अयनोत्सव तथा विषुव (संसारका अधिकांश स्थानमा दिन र रातको अवधि लगभग बराबर हुने दिन)लाई सांस्कृतिक सम्पदा,… Continue reading आज सबैभन्दा लामो दिन, अन्तरराष्ट्रिय अयनोत्सव दिवस मनाईंदै

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

चैते धानखेती जनार्दन घिमिरे / गुल्मी समाचारदाता गुल्मी, ७ असार (रासस) : गुल्मीको इस्मा गाउँपालिका–१ स्थित राहले फाँटमा पाक्नका लागि तयारी अवस्थामा रहेको चैते धानखेती । तस्बिरः जनार्दन घिमिरे/रासस

काठमाडौँ, ७ असारः हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी तथा कर्णाली… Continue reading कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

AI Photo

काठमाडौँ, ६ असारः सदर चिडियाखाना जावलाखेलमा ‘बर्ड फ्लु’ (एच फाइभ एन वान) को सङ्क्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन हुने भएको छ । कोषको अध्यक्ष एवं कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट… Continue reading बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

आज केही स्थानमा हल्का वर्षाको सम्भावना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला । पहाडको टाकुरामा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल सुर्योदय र हिमशृङ्खलाको दृष्यावलोकनका लागि प्रसिद्ध छ । तस्बिर : सन्तोष गौतम\रासस

काठमाडौँ, ६ असारः हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया… Continue reading आज केही स्थानमा हल्का वर्षाको सम्भावना

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

राससत्रिवेणी (नवलपरासी), ५ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाभित्र रहेका विद्यालय अहिले आविष्कार र उत्पादनसँग जोडिँदै गएका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रममार्फत नगरभित्रका २३ विद्यालयमा विभिन्न नवप्रवर्तनात्मक तथा उत्पादनमुखी परियोजना सञ्चालन गरिएका छन् । कार्यक्रमले विद्यालय शिक्षालाई कक्षाकोठाबाट उत्पादन,… Continue reading आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौँ, ३ असारः आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान र पुनःस्थापना’ नाराका साथ विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ मा जुन १७ लाई विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि प्रत्येक वर्ष यो दिवस मनाउँन प्रारम्भ भएको… Continue reading विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

खडेरीको चिन्ता र उत्तर कोरियाको ‘सुक्खा धान’ अभियान

North Korean farmers plant rice near Nampo, Pyongan province. (Yonhap News)

सियोल, ३ असार (रासस–एएफपी) । उत्तर कोरियाले परम्परागत पानीमा डुबाइने धानखेतीको विकल्पका रूपमा सुक्खा खेतमा धान उत्पादनलाई तीव्रता दिएको छ । राज्य सञ्चारमाध्यमले यसलाई कृषि उत्पादन बढाउने प्रयासका रूपमा प्रस्तुत गरे पनि विज्ञहरूले यसलाई देशमा बढ्दो खडेरी र खाद्य असुरक्षाको गम्भीर सङ्केतका रूपमा व्याख्या गरेका छन् । आणविक हतियार सम्पन्न उत्तर कोरिया लामो समयदेखि अन्तर्राष्ट्रिय… Continue reading खडेरीको चिन्ता र उत्तर कोरियाको ‘सुक्खा धान’ अभियान