विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालको सानदार जित

८ जेठ, काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए… Continue reading विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालको सानदार जित

मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

झापा, ८ जेठ । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ मा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा… Continue reading मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

महिला फुटबल टोलीको प्रगति प्रशंसनीयः मन्त्री पोखरेल

काठमाडौँ, ७ जेठः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख… Continue reading महिला फुटबल टोलीको प्रगति प्रशंसनीयः मन्त्री पोखरेल

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ, ६ जेठः आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७।१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अमेरिकाका लागि ओपनर स्मित पटेल… Continue reading अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

तेहरान, ५ जेठ (रासस–एएफपी) । सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअघि अन्तिम तयारीलाई तीव्र बनाउँदै इरानको राष्ट्रिय फुटबल टोली सोमबार टर्की प्रस्थान गरेको छ । संयुक्त राज्य अमेरिका जानुअघि मैत्रीपूर्ण खेल खेल्नुका साथै अमेरिकी भिसा प्रक्रियासमेत पूरा गर्ने उद्देश्यले टोली अन्टालिया पुगेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानी समाचार संस्था तस्निमका अनुसार राष्ट्रिय टोली सोमबार… Continue reading विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

विश्वकप क्रिकेट लिग–२ स्कटल्यान्डमाथि नेपालको जित

काठमाडौँ, ४ जेठः राजधानीमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथि छ विकेटको जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितको लागि दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रनको योगदान… Continue reading विश्वकप क्रिकेट लिग–२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौँ, ४ जेठः आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ… Continue reading क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

इरान र फिफाबीच ‘रचनात्मक’ छलफल

तेहरान, ४ जेठ (रासस–एएफपी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्न इस्तानबुलमा शनिबार भएको बैठकले इरानी टोलीका लागि ‘रचनात्मक’ र ‘राम्रो’ छलफल भएको बताएका छन् । मध्यपूर्वमा युद्ध चलिरहे पनि इरानले समूह चरणका तीनवटै खेल अमेरिकामै खेल्ने तालिका छ ।… Continue reading इरान र फिफाबीच ‘रचनात्मक’ छलफल

अमेरिकामाथि नेपालको सहज जित

काठमाडौँ, २ जेठः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु शुङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए । भुर्तेलको शतकसँगै नटआउट… Continue reading अमेरिकामाथि नेपालको सहज जित

आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र अमेरिका भिड्दै

काठमाडौँ, २ जेठः आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल जारी छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर बोर्डमा १९५ रन जोडेको छ । अब नेपालले जितका लागि १९६ रनको लक्ष्य पाएको छ । अमेरिकाका लागि… Continue reading आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र अमेरिका भिड्दै

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ, १ जेठः राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)माथिको प्रतिबन्ध आज फुकुवा गरेको छ । एन्फाका प्रवक्ता सुरेश साहले राखेपको निलम्बन बिनाशर्त फुकुवा गरेको जानकारी दिए । उनले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका प्रमुख खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राईलगायतले आज छलफल गरेपछि राखेपले निशर्त… Continue reading एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

VANCOUVER, CANADA - JULY 26: FIFA World Cup Trophy is displayed at Grouse Mountain on July 26, 2024 in Vancouver, Canada. (Photo by Ethan Cairns/Getty Images for FIFA)

वासिङ्टन, १ जेठ, (रासस–एएफपी) । आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागू गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण कडा बनाउने नीति निरन्तर अघि बढाइरहेका बेला विश्वकप प्रतियोगितालाई सफल बनाउन विशेष छुटको व्यवस्था गरिएको हो । अमेरिकी… Continue reading विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ : अमेरिकामाथि स्कटल्यान्डको जित

काठमाडौँ, ३१ वैशाखः आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि डिएलएस पद्धतिमा दुई रनले जित हासिल गरेको हो । वर्षाका कारण ४७ ओभरमा छोट्याइएको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको ३२२ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले ३२ ओभरमा २४९… Continue reading आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ : अमेरिकामाथि स्कटल्यान्डको जित

आइसिसी टि–ट्वान्टी विश्व वरियताः दीपेन्द्र चौथो स्थानमा

काठमाडौँ, ३० वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टि–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियताअनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ । उक्त विश्व वरियतामा जिम्बाबेका सिकन्दर रजा ३२८ अङ्कसहित शीर्ष स्थानमा रहेका छन् । त्यस्तै… Continue reading आइसिसी टि–ट्वान्टी विश्व वरियताः दीपेन्द्र चौथो स्थानमा

विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

काठमाडौँ, वैशाख २९ गते । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बन्यो । वर्षाले प्रभावित खेलमा जितका लागि दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ३९ ओभरमा सात विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो ।… Continue reading विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

ब्रिटिश गोर्खाली क्रिकेट लिग सुरु

काठमाडौँ, वैशाख २९ । बेलायतमा बस्दै आएका नेपाली समुदायबिच लोकप्रिय ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बिजिसिएल) को छैटौँ संस्करण सुरु भएको छ । नेपाली मूलका खेलाडीलाई व्यावसायिक क्रिकेट मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको बिजिसिएलमा बेलायतभर रहेका विभिन्न नेपाली क्रिकेट क्लबको सहभागिता रहेको छ । प्रतियोगिताका खेल हरेक आइतबार सञ्चालन हुने आयोजकले जनाएको छ ।… Continue reading ब्रिटिश गोर्खाली क्रिकेट लिग सुरु

इरानले विश्वकप खेल्ने, अघि सार्यो दश सर्त

तेहरान, वैशाख २७ गते । इरानको फुटबल सङ्घले सन् २०२६ को विश्वकपमा पुरुष राष्ट्रिय टोलीले भाग लिने शनिबार बताएको छ । इरानी टोलीले मध्यपूर्वमा रहेको युद्धलाई सङ्केत गर्दै आयोजकलाई आफ्ना केही सर्तलाई सम्बोधन गर्न तयार हुनुपर्ने पनि बताएको छ । इरानी सङ्घका अध्यक्ष मेहदी ताजको इरानको सेनाको वैचारिक शाखा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) सँग… Continue reading इरानले विश्वकप खेल्ने, अघि सार्यो दश सर्त

यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

१८ वैशाख, काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा दोस्रो जित निकालेको छ । आज नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको हो । यूएईमाथि नेपालले आज ६ रनको जित निकालेको छ । वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो । यूएईका लागि… Continue reading यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र ओमान खेल्दै

१६ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दै छ ।नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराइसकेको छ । ओमानले भने पहिलो खेलमा… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र ओमान खेल्दै

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

काठमाडौँ, वैशाख १३ गते । तीन महिना निलम्बनमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाइएको छ । नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । खेलकुद मन्त्रालयमार्फत अख्तियार दुरुपयोग… Continue reading एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

आइसिसी विश्वकप लिग–२ : नेपालको रोमान्चक जित

काठमाडौँ, वैशाख १२ गते । बलर चम्किएपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि ३७ रनको रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार जितका लागि दुई सय एक रनको लक्ष्य पछ्याएको युएई ४८.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६३ रनमा समेटियो । युएईका लागि हरप्रित… Continue reading आइसिसी विश्वकप लिग–२ : नेपालको रोमान्चक जित

यूएईसँगको सिरिज बराबरी, कुशल भुर्तेल चम्किँदा नेपालको सहज जित

८ वैशाख, काठमाडौं । यूएईसँगको दोस्रो टी–२० आईमा नेपाल ८ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । दुई खेलको टी–२०आई सिरिज एकएकको बराबरीमा टुंगिएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो… Continue reading यूएईसँगको सिरिज बराबरी, कुशल भुर्तेल चम्किँदा नेपालको सहज जित

नेपाल र यूएईबीच दोस्रो खेल आज

८ वैशाख, काडमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो… Continue reading नेपाल र यूएईबीच दोस्रो खेल आज

घरेलु मैदानमा भएको ऐतिहासिक खेलमा हार्यो नेपाल

७ वैशाख, काठमाडौं । यूएईसँगको टी–२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । त्रिवि क्रीकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि यूएईले डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाकी छदै ४ विकेट गुमाएर पूरा गर्‍यो । युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३… Continue reading घरेलु मैदानमा भएको ऐतिहासिक खेलमा हार्यो नेपाल

फ्लडलाइटमा नेपालले पहिलो अन्तर्राष्ट्रिय सिरिज खेल्दै

७ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज पहिलो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको छ । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि… Continue reading फ्लडलाइटमा नेपालले पहिलो अन्तर्राष्ट्रिय सिरिज खेल्दै

विराट गोल्डकपको उपाधि झापा–११ लाई

मोरङ, ६ वैशाख । विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करणको उपाधि झापा–११ ले जितेको छ । आज भएको फाइनलमा सम्राट स्पोर्टिङ क्लब विराटनगरलाई २–१ गोलको अन्तरले पराजित गरी झापाले उपाधि हात पारेको हो । उपाधिसँगै झापाले ११ लाख रूपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले पाँच लाख रूपैयाँ प्राप्त गरेको छ… Continue reading विराट गोल्डकपको उपाधि झापा–११ लाई

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौँ, ११ चैतः राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्वन गरेको छ । परिषद्को निर्णयअनुसार एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरिएको गरिएको परिषद्द्वारा आज जारी गरेको पत्रमा उल्लेख गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार एन्फाले आवश्यक प्रक्रिया नअपनाएको, निर्णयहरू कार्यान्वयन नगरेको तथा… Continue reading तीन महिनाका लागि एन्फा निलम्वन

अध्यागमनले भिजिट भिसामा आएका खेलाडीलाई प्रतिवन्ध लगाएपछि एन्फाद्वारा सञ्चालित खेल स्थगित

File Photo : ANFA

काठमाडौँ, ५ चैतः राजधानीमा जारी सहिद स्मारक महिला लिग र पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि स्थगित गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । अध्यागमन विभागले आजै एन्फालाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति… Continue reading अध्यागमनले भिजिट भिसामा आएका खेलाडीलाई प्रतिवन्ध लगाएपछि एन्फाद्वारा सञ्चालित खेल स्थगित

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी, ५ चैतः पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था ९ना० को आयोजनामा ‘एक्युरेसी’ विधामा सुरु गरिएको सो प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ६६ खेलाडी सहभागी छन् । प्रतियोगिता यही चैत ७ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष अनिल केसीले जानकारी दिए । सहभागी खेलाडीलाई पोखराको सराङकोटबाट उडान… Continue reading पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी, ५ चैतः रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तुँदी पावर कम्पनीको करिब रु ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो । आयोजनाले प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु २५ लाखबाट रायखोरमा पक्की कोर्ट निर्माण र… Continue reading म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण