काठमाडौँ, १२ असारः विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यससँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् । खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए । प्रतिस्पर्धां प्रारम्भ भएको ६२ औँ मिनेटमा स्वीडेनका एन्थोनी एलान्गाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । जापान ५ र स्वीडेन ४ अङ्कसहित नकआउट चरणमा प्रवेश गरेको हो ।
Category: खेलकुद
-

फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा
मुना कार्की–रासस
काठमाडौँ, ११ असारः विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६ को चर्चा चलिरहँदा यतिबेला नेपाली फुटबल क्षेत्रमा भने अन्यौलता छाएको छ । अन्तरराष्ट्रिय फुटबल महासङ्घ ९फिफा०ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेसँगै नेपाली फुटबल क्षेत्रमा अन्यौलता छाएको हो ।फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्वन गर्ने निर्णय गरेको छ । एन्फाको निर्वाचन प्रक्रिया, राष्ट्रिय खेलकुद परिषद्का निर्णयहरू तथा सरकारी निकायको हस्तक्षेप भएको भन्दै फिफाले विस्तृत समीक्षा गरेको थियो । राष्ट्रिय फुटबल सङ्घहरु स्वतन्त्र रुपमा सञ्चालन हुनुपर्ने र कुनै पनि सरकारी वा बाह्य निकायको हस्तक्षेप हुन नहुने फिफाको मान्यता छ ।
विसं २०७९ असार ६ गते निर्वाचित पङ्कजविक्रम नेम्वाङको वर्तमान कार्यसमितिले समयअगावै निर्वाचनको मिति सार्वजनिक गरेपछि एन्फाभित्र विभिन्न विवाद हँुदै आएको थियो । वर्तमान कार्यसमितिले बहुमतका आधारमा गत पुस १६ गते जिल्ला र प्रदेशको निर्वाचन नैै नगरी गत चैत १३ गते केन्द्रीय निर्वाचनको मिति सार्वजनिक गरेपछि विवाद झन लम्बिएको थियो ।
यस विषयमा फिफा र एएफसीले कुनै आपत्ति नजनाएपछि एन्फाले जबर्जस्ती चुनावी प्रक्रिया अगाडि बनाउने कोसिस ग¥यो । यही विवादबीच सरकारको नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद्ले विधानविपरीत भएको भन्दै निर्वाचन प्रक्रिया रोक्नका लागि निर्देशनसमेत दियो । त्यसबीच एन्फाका केही कार्यसमिति सदस्यहरूले निर्वाचन प्रक्रियाविरुद्ध उजुरी दिएका थिए । यसै क्रममा पाटन उच्च अदालतले निर्वाचन गतिविधि रोक्न अन्तरिम आदेश जारी गरेको थियो भने राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई राष्ट्रिय खेलकुद विकास ऐनअनुसार विधान संशोधन गर्न निर्देशन दिएको थियो ।
त्यसपछि राखेपको निर्देशन अवज्ञा गरेको भन्दै गत चैत ११ गते एन्फालाई राखेपले तीन महिनाका लागि निलम्बनसमेत ग¥यो । पटकपटक वार्ता गरेपछि राखेपले गत जेठ १ गते निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवासँगै नेपाली राष्ट्रिय महिला टोलीले भारतमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । विभिन्न विवादबीच सहभागिता जनाएको नेपाली महिला टोलीले उल्लेखनीय प्रदर्शन गर्न सकेन । त्यतिबेला नेपाल सेमिफाइनल खेलबाट बाहिरिएको थियो । सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएर घर फर्किएको थियो ।
पछिल्लो पटक एन्फाका अध्यक्ष नेम्बाङ र महासचिव किरण राई विश्वकप फुटबल प्रतियोगिताका लागि मेक्सिको प्रस्थान गर्न लाग्दा अध्यागमन विभागले विमानस्थलबाटै नै फर्काएको थियो । अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश शाहले सरकारले समयमा नै समन्वयनको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “फिफाको चाहना सरकार वा कुनै पनि निकायको हस्तक्षेपबिना चल्नुपर्ने थियो तर फिफाको विधानविपरीत एन्फा सञ्चालनमा रोक लागेपछि फिफाले निलम्बन गरेको हो । उहाँले भन्नुभयो, “जतिसक्दो चाँडो सरकारले यस विषयमा समन्वय गर्न आवश्यक छ । तेस्रो पक्षको हस्तछेप नभएमा फिफाले निलम्बन हटाउन सक्छ । त्यसैले सरकारले यस विषयमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक छ ।”
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले फिफाबाट एन्फा निलम्बन हुनु नेपाली फुटबलका लागि दुःखद् घटना भएको बताउनुभयो । उहाँले यस अवस्थाको मुख्य जिम्मेवारी एन्फाको वर्तमान कार्यसमितिले लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
“यस्तो अवस्था आउनसक्ने सम्भावनालाई मध्यजनर गर्दै राखेपले यसअघि एन्फामाथिको निलम्बनसमेत फुकुवा गरेको थियो । नेपाली फुटबललाई अन्तरराष्ट्रिय प्रतिबन्धको जोखिमबाट जोगाउने उद्देश्यले हामीले लचकता अपनाएका थियौँ । तर दुर्भाग्यपूर्ण भएको छ”, उहाँले भन्नुभयो ।
सदस्य सचिव मेहताले यस विषयमा विषेश छलफल गरेर आगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राखेप बोर्ड बैठकमा यस विषयमा गम्भीर छलफल गछौँ र त्यसपछि फिफासँग आवश्यक संवाद तथा समन्वयको प्रक्रिया अगाडि बढाउछौँ ।”
पूर्वखेलाडी तथा फुटबल प्रशिक्षक राजुकाजी शाक्यले फिफाद्वारा एन्फा निलम्बन हुनु नेपाली फुटबलका लागि अत्यन्त दुःखद् घटना भएको बताउनुभयो । उहाँले यस विवादलाई लम्ब्याउनुको सट्टा सम्बन्धित सबैपक्ष मिलेर समाधानको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो ।
“फिफाबाट एन्फा निलम्बन हुनु नेपाली फुटबलका लागि अप्रिय घटना हो । अब दुवैपक्ष आपसी संवाद र सहकार्यबाट समस्या समाधानतर्फ अघि बढ्नुपर्छ । नेपाली फुटबलप्रति आमसमर्थकको ठूलो आकर्षण छ । त्यसैले नेपाली फुटबललाई थप क्षति पुग्न नदिन सबै सरोकारवाला पक्ष मिलेर समाधान गर्नुपर्छ”, प्रशिक्षक शाक्यले भन्नुभयो ।
फिफाको यस निर्णयले नेपाली फुटबलमा देखिएको विवाद अन्तरराष्ट्रियस्तरमा समेत गम्भीर रूपमा हेरिएको छ । अब एन्फा, नेपाल सरकार, फिफा र एएफसीबीच हुने आगामी संवाद तथा निर्णयले नेपाली फुटबलको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ ।
निलम्बन कायम रहुन्जेलसम्म एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले उल्लेख गरेको छ । यस्तै एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा सञ्चालित विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट लाभ लिन पाउने छैनन् ।
-

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
काठमाठौँ, ११ असारः ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । तीन खेलमा ब्राजिलको ७ अङ्क छ । समान ७ अङ्क रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । एटलान्टा स्टेडियममा आजै भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई गोल गरे भने मथेउस कुन्हाले एक गोल थपे । भिनिसियसले खेलको सातौँ मिनेटमा गोल गर्दै ब्राजिलाई पहिलो अग्रता दिलाए । त्यसैगरी भिनिसियसले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । खेलको ६०औँ मिनेटमा कुन्हाले गोल गर्दै बाज्रिलको अग्रता तेब्बर बनाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र ब्राजिलको जित सुनिश्चित भयो । यससँगै समूह सी बाट स्कटल्यान्ड र हाइटी विश्वककपबाट बाहिरिएका छन् ।
-

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
काठमाडौँ, ११ असारः स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप(२०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २(१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
स्विट्जरल्यान्डको जितमा रुबेन वर्गासले गोल गरे । उनले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । खेलको ५७ औ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७६औँ मिनेटमा क्यानडाका प्रमिस डेभिडले एक गोल गर्दै खेलमा फर्कने कोसिस गरे । तर खेलमा त्यसपछि गोल हुन सकेन र अन्ततः स्विट्जरल्यान्डले क्यानडामाथि २(१ गोलको जित निकाल्यो ।
स्विट्जरल्यान्डले तीन खेलबाट सात अङ्क जोड्यो । पराजित क्यानडा पनि समूह ‘बी’को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको चार अङ्क छ । यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अङ्क रहे पनि गोलअन्तरका कारण पछि प¥यो ।
आजै भएको अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित गर्दै जित निकालेको थियो । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने कायमै रहेको छ । बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । एक अङ्क बटुलेको कतार भने विश्वकप छनोटबाट बाहिरिएको छ ।
-

अन्तर्राष्ट्रिय कराँते खेलाडी एवं प्रशिक्षक सन्तोष राईको खेल जीवन र अमेरिकी यात्रा
भरत पुरी, न्युयोर्क
अविश्वसनीय तर सत्य र सफल खेलाडी सन्तोष राईको जीवनी खेलप्रेमीको लागि प्रेरणा हो । सुन्दर नेपाल, सगरमाथाको देश र भगवान बुद्धको जन्मभूमिबाट अमेरिका आएका सन्तोष राई धन–सम्पत्ति वा विशेष सुविधामा जन्मिएका व्यक्ति होइनन्। उहाँको जन्म नेपालको एक ग्रामीण क्षेत्रमा रहेको साधारण परिवारमा भएको थियो, जहाँ जीवन संघर्षले भरिएको थियो र हरेक अवसर कडा मेहनतबाट मात्र प्राप्त हुन्थ्यो। उहाँका आमा सयन कुमारी राई र बुबा कमल बहादुर राईले सानैदेखि उहाँमा मेहनत, इमानदारी र दृढ संकल्पका मूल्यहरू रोप्नुभयो।

करातेसँगको उहाँको यात्रा अप्रत्याशित रूपमा सुरु भयो। बाल्यकालमा उहाँले आफ्नी दिदीबाट आत्मरक्षाका आधारभूत सीपहरू सिक्नुभयो। सुरुमा केवल आत्मरक्षाको माध्यम बनेको कराते विस्तारै उहाँको जीवनको उद्देश्य बन्न पुग्यो। कराँतेले उहाँलाई अनुशासन, आत्मविश्वास र जीवनको दिशा प्रदान गर्यो।

धेरै महान् खेलाडीहरूजस्तै उहाँको यात्रा पनि सजिलो थिएन। आर्थिक अभाव, सीमित स्रोतसाधन, कठिन प्रशिक्षण अवस्था र सफलता टाढा देखिने समयहरू पनि आए। तर प्रत्येक बाधाले उहाँको संकल्पलाई अझ बलियो बनायो र खेलप्रतिको समर्पणलाई अझ गहिरो बनायो।
माध्यमिक शिक्षा जारी राख्दै गर्दा सन्तोषले प्रशिक्षक वीर कृष्ण शाहीको मार्गदर्शनमा औपचारिक रूपमा कराँते यात्रा सुरु गर्नुभयो। प्रशिक्षक शाहीको मार्गदर्शनले उहाँको प्रारम्भिक खेल जीवनलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको थियो। पछि प्रशिक्षक शाहीको व्यस्तताका कारण उहाँलाई प्रशिक्षक ध्रुव विक्रम मल्लको नेतृत्वमा रहेको बालाजु डोजोमा प्रशिक्षण जारी राख्न प्रोत्साहित गरियो। यो निर्णय उहाँको जीवनको एउटा महत्वपूर्ण मोड साबित भयो। उहाँले अथक मेहनतका साथ प्रशिक्षण गर्नुभयो। थकान, चोटपटक र निराशाका दिनहरू पनि आए, तर उहाँको विश्वास अटल रह्यो कि निरन्तर मेहनत र धैर्यले अन्ततः सफलता दिलाउनेछ। सन्तोषले छैटौं, सातौं र आठौं राष्ट्रिय खेलकुदमा पदक जितेर आफ्नो पहिचान बनाउन सुरु गर्नुभयो।

ती सफलताले उहाँलाई आत्मविश्वास दियो र अझ ठूलो उपलब्धि हासिल गर्ने प्रेरणा पनि प्रदान गर्यो।नवौं राष्ट्रिय खेलकुदमा उहाँले आफ्नो पहिलो राष्ट्रिय स्वर्ण पदक जित्नुभयो। यो उहाँको खेल जीवनको परिभाषित क्षण थियो, जसले उहाँको त्याग, समर्पण र अथक मेहनतलाई प्रमाणित गर्यो।प्रमुख उपलब्धिहरू:● स्वर्ण पदक – गोलबजार राष्ट्रिय कराते प्रतियोगिता तथा उत्कृष्ट खेलाडी पुरस्कार
● स्वर्ण पदक – छथर राष्ट्रिय कराते प्रतियोगिता
● स्वर्ण पदक – सताक्षी राष्ट्रिय कराते प्रतियोगिता
● स्वर्ण पदक – प्रथम कपिलाशगढी आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता
● रजत पदक – यूके EKE E1 सिरिज, वर्सेस्टर
● रजत पदक – २२ माइल्स अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप, मलेसिया
● रजत पदक – २६औँ हिराल्डोज काई शोतोकान शोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५
● काँस्य पदक – यूएसए कराते च्याम्पियनसिप, डलास, टेक्सास (२०२६)
● स्वर्ण र रजत पदक – २७औँ हिराल्डोज काई शोतोकान शोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप (२६ अप्रिल, २०२६)
● रजत पदक – ५५०औँ राष्ट्रिय खेलकुदउहाँका प्रत्येक पदकले एउटा कथा बोकेको छ। प्रत्येक सफलताका पछाडि अनगिन्ती घण्टाको प्रशिक्षण, पीडा, त्याग र दृढ संकल्प लुकेको छ, जुन प्रायः जनताले देख्न पाउँदैनन्,केवल पन्ध्र वर्षको उमेरमा सन्तोष इचिगु कराते डोजोका प्रमुख प्रशिक्षक बन्नुभयो। अरूलाई सिकाउनु उहाँको यात्राको सबैभन्दा अर्थपूर्ण पक्षहरूमध्ये एक बन्यो।उहाँका लागि सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित थिएन; करातेमार्फत अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु नै उहाँको वास्तविक सफलता थियो। वर्षौंको अवधिमा उहाँले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्नुभयो। उहाँका आठ जना विद्यार्थीहरूले नेपाल सशस्त्र प्रहरी क्लब को प्रतिनिधित्व गर्दै सातौं, आठौं र नवौं दक्षिण एसियाली च्याम्पियनसिपमा दर्जनौं स्वर्ण पदक जिते।आफ्ना विद्यार्थीहरूलाई विजेताको मञ्चमा उभिएको देख्नु उहाँका आफ्नै पदक जित्नु जत्तिकै गर्वको विषय बनेको छ।
सन् २०२६ मा सन्तोषलाई नेपालको उपराष्ट्रपतिको उपस्थितिमा मनकुमारी साम्पाङ राई खेल पुरस्कारबाट सम्मानित गरियो। त्यसै वर्ष उहाँलाई किरात राई सोसाइटी अफ अमेरिकाद्वारा एलम्बर हाङ खेल पुरस्कार प्रदान गरियो, जुन पुरस्कार नेपालका महावाणिज्यदूतबाट हस्तान्तरण गरिएको थियो।

सन्तोषका लागि यी पुरस्कारहरू व्यक्तिगत सम्मानभन्दा धेरै ठूलो अर्थ राख्छन्। यी उहाँको परिवार, प्रशिक्षकहरू, विद्यार्थीहरू र उहाँको कठिन यात्रामा साथ दिने सबै व्यक्तिहरूप्रतिको सम्मान हुन्।मानिसहरूले प्रायः पदक र ट्रफीहरू मात्र देख्छन्, तर ती सफलताका पछाडि लुकेका संघर्षहरू देख्दैनन्। सन्तोष राईको कथा एउटा सानो गाउँका केटाको कथा हो, जसले आफ्नो परिस्थितिभन्दा ठूलो सपना देख्ने साहस गर्यो।कराँतेले उहाँलाई सिकायो कि च्याम्पियन जन्मँदैनन्, उनीहरू अनुशासन, त्याग र अटुट आत्मबलबाट निर्माण गरिन्छन्। उहाँको यात्रा अझै जारी छ, र सायद उहाँका महत्वपूर्ण विजयहरू अझै भविष्यमा पर्खिरहेका छन्। -

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
काठमाडौँ, १० असारः फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले । समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए ।
विश्वकप प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ ।
-

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित
काठमाडौँ, १० असारः फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे ।
खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्तरले जित्यो ।
जितसँगै पोर्चुगल समूह ‘के’को अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अङ्क तालिकाको अन्तिममा छ । विश्वकप प्रतियोगिताअन्तर्गत आज १ः४५ बजे इङ्ल्याण्ड र घानाबीच भिडन्त हुँदैछ भने बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ ।
-

एम्बाप्पे चम्किएको खेलमा फ्रान्स विजयी, नकआउट चरण प्रवेश
९ असार, काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।यो फ्रान्सको दोस्रो जित हो । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।
पहिलो हाफको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो । ५४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उस्मान डेम्बेलेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाए । खेलमा इराकविरुद्ध फ्रान्स हाबी बन्यो । फ्रान्स २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । नर्वे एक खेलबाट ३ अंक बनाएर दोस्रो स्थानमा छ ।
-

विश्वकप : नर्वे अन्तिम ३२ मा प्रवेश
९ असार, काठमाडौं । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको छ ।
नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरे । खेलको ४३औं मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाए नर्वेका एर्लिङ हाल्यान्ड ४८औं मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाए । ५३औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे । तर, ५८औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा नर्वेको अग्रताको दुरी बढाए ।दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किएपनि सफल हुन सकेनन् । २८ वर्षपछि विश्वकपमा खेलेको नर्वे एक खेलअगावै नकआउट चरण प्रवेश गरेको हो । नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो । जितपछि नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ । समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । दुवै खेलमा पराजित भएका सेनेगल र इराक अंकविहीन छन् ।
-

विश्वकपमा मेसीको कीर्तिमानको बाढी, अर्जेन्टिना नकआउट चरणमा
काठमाडौँ, ९ असारः कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो । अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।
त्यसपछि खेलको दोस्रोे हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो देशको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
मेस्सीले आजको खेलसँगै विश्वकपमा १८ गोल गरिसकेका छन् । यसअघि अल्जेरियाविरुद्धको पहिलो खेलमा अर्जेनिन्टना विजयी हुँदा मेस्सीले ह्याट्रिक गोल गरेका थिए । समूह ‘जे’ मा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै ६ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै पराजित अष्ट्रिया दुई खेलबाट ३ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यसै समूहमा रहेका जोर्डन र अल्जेरिया अङ्कबिहीन छन् । उनीहरुले समान एक\एक खेल खेलेका छन् ।
-

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
काठमाडौँ, ८ असारः फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समुह ‘एच’को आज भएको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ । एटलान्टा स्टेडियममा भरखरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो । खेलको १०औं मिनेटमा स्पेनका लामिन यामालले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटमा उनै मिकेलले गोल गर्दै स्पेनको अग्रता तेब्बर बनाए ।
खेलको ४९ औ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले स्पेनका लागि आत्मघाती गोल गरे । त्यसपछि खेलमा दुवै टोलीबाट गोल हुन सकेन र अन्तत स्पेनले साउदी अरेबियामाथि ४–० गोलको जित निकाल्यो । जितसँगै स्पेन दुई खेलबाट ४ अङ्क जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले विश्वकपको नकआउट चरणमा पुग्ने सम्भवना मजबुत बनाएको छ । यसै समुहमा रहेका उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक एक अङ्क रहेको छ ।
-

विश्वकप फुटबलः पाराग्वेसँग टर्की पराजित
काठमाडौँ, ६ असारः फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ । अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले पराजित गरेको हो । हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ । पाराग्वेको जितमा माटियास गालार्जा नायक बने । उनले खेल सुरुआत दोस्रो मिनेटमा गरेको एक गोल नै पाराग्वेको लागि निर्णायक गोल सावित भयो ।
खेलको पहिलो हाफको अतिरिक्त समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर मैदान बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि टर्कीले निरन्तर दबाबमा राखे पनि गोल गर्न सकेन । यस जितसँगै समूह ‘डि’ मा रहेको पाराग्वेले शीर्ष तीन अङ्क बटुलेको छ । यसै समूहमा रहेको अमेरिकाले दुई खेलमा छ अङ्क जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरिसकेको छ । समान दुई–दुई खेल खेलेका अष्ट्रेलिया तीन अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ भने समान तीन अङ्क नै बुटुलेको पाराग्वे तेस्रो स्थानमा छ ।
-

विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
काठमाडौँ, ६ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
ब्राजिलका लागि खेलको २३औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले ३६औँ मिनेटमा थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए । त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए ।
जितसँगै समूह ‘सि’मा रहेको ब्राजिलले दुई खेलमा चार अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान चार अङ्क नै जोडेको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । दुई खेलमा तीन अङ्क जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ । यससँगै लगातार दोस्रो हार बेहोरेको हाइटीको भने नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । अब समूह ‘सी’मा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीसँग खेल्न बाँकी रहेको छ ।
विश्वकप फुटबल प्रतियोगिताअन्र्तत आजै विहान सम्पन्न खेलमा मोरोक्कोले स्कटल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको थियो । मोरोक्कोका इस्माइल साइबारीले खेल सुरुआती मिनेटमा नै गरेको एक गोल नै मोरोक्कोको लागि निर्णायक सावित भएको थियो । खेलको दोस्रो हाफमा कुनै गोल भएन र ब्राजिल विजयी भयो । समूह ‘डि’अन्तर्गत आज ८ः४५ बजे हुने खेलमा टर्की र पाराग्वे भिड्दैछन् ।
-

मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश
काठमाडौँ, ५ असारः मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । समूह ‘ए’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो । मेक्सिकोको इस्तादियो ग्वादालाहारा स्टेडियमा आज भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित ग¥यो । मेक्सिकोको जितमा लुइस रोमो नायक बने । उनले खेलको ५०औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको लागि निर्णायक गोल सावित भयो ।
यस जितसँगै विश्वकपको समुह ‘ए’ मा रहेको मेक्सिकले दुई खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेक्सिकोले आफनो पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । आज मेक्सिकोसँग पराजित भए पनि दक्षिण कोरियाको पनि नकआउट चरण प्रवेशको सम्भावना कायमै रहेको छ । तीन अङ्क बटुलेको दक्षिण कोरियाले पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गरेको थियो ।
यसै समूहमा रहेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको समान एकरएक अङ्क छ । उनीहरुको पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपको नकआउट चरणमा ३२ टोली पुग्नेछन् । जसमा प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट उत्कृष्ट आठ टोली गरी ३२ राष्ट्रले नकआउट चरणमा खेल्नेछन् ।
-

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
काठमाडौँ, ५ असार । फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको एटलान्ट स्टेडियममा आज भएको समूह ‘ए’को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको छैटौँ मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
त्यसपछि खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत दक्षिण कोरियाले एक गोल फर्कायो । खेलको ८३औँ मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबोहो मोकोनाले गोल गरे ।
आजै हुने समूह ‘ए’को अर्को खेल मेक्सिको र दक्षिण कोरियाबिच हुनेछ । उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । -

विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा
काठमाडौँ, ४ असार । फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’अन्तर्गतको आज भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको अधिंकाश समय बल पोर्चुगलले नियन्त्रणमा राखेको थियो ।
तर पहिलो हाफमा थपिएको चार मिनेटको अतिरिक्त समयको अन्तिम क्षणमा कंगोका लागि योआने विस्साले कर्नरबाट आएको बललाई हेडमार्फत चाली चुमाएपछि खेल बराबरीमा पुग्यो । दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन । यो खेलबाट क्रिष्टियानो रोनाल्डोको जादू हेर्न बसेका करोडौं फ्यान समेत निरास बनेका छन् ।
-

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
काठमाडौँ, ४ असार । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो । खेलको १२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
४२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए भने पहिलो हाफमा थपिएको अतिरिक्त समयमा क्रोएसियाले जवाफी गोल फर्कायो । उसका लागि पिटर मुसाले गोल गरे पनि खेल पुनः बराबरीमा आयो । खेलको ४७औँ मिनेटमा जुड बेलिङ्हमले गोल गरेपछि इंग्ल्याण्डले पुनः खेलमा अग्रता लियो । त्यसपछि खेको ८५औँ मिनेटमा मार्कस र्यासफोडले एक गोल गरेपछि इंग्ल्यायण्डले अग्रता दोब्बर बनायो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल इंग्ल्याण्डले आफ्नो पक्षमा पार्यो ।
-

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
काठमाडौँ, ४ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घाना विजयी भएको छ । क्यानडाको टोरन्टो स्टेडियममा भर्खरै सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । कालेब यिरेनकीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल सावित भयो ।
उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । यस जितसँगै घानाले शीर्ष तीन अङ्क जोडेको छ । समूह ‘एल’ मा तीन अङ्क जोडेको इङ्ग्यान्ड शीर्ष स्थानमा छ । समान तीन अङ्क नै बटुलेको घाना दोस्रो स्थानमा छ । अङ्कविहीन रहेका पानामा र क्रोएसिया तेस्रो र चौथो स्थानमा छन् । विश्वकपअन्तर्गत समूह ‘के’ को खेलमा अहिले नेपाली समयअनुसार ७ः४५ बजे उज्वेकिस्तान र कोलोम्बियाबीच प्रतिस्पर्धा हुँदैछ ।
-

राष्ट्रगान विवादमा इरानी खेलाडीको प्रतिक्रिया
लस एन्जलस, ३ असार (रासस–एएफपी) । विश्वकप फुटबलको उद्घाटन खेलमा इरानको राष्ट्रगानका क्रममा दर्शकदीर्घाबाट उठेको विरोध र समर्थनबीच इरानी खेलाडी रामिन रेजियानले त्यसलाई इरानीहरूको आन्तरिक विषय भएको बताउँदै बाह्य हस्तक्षेप आवश्यक नरहेको धारणा व्यक्त गरेका छन् । लस एन्जलसमा भएको खेलले खेलकुदसँगै इरानको राजनीतिक विभाजनलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुनः उजागर गरेको छ ।
न्युजिल्यान्डविरुद्ध २–२ को बराबरीमा सकिएको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै इरानका गोलकर्ता रेजियानले राष्ट्रगान बजिरहेका बेला दर्शकबाट उठेको विरोधको आवाजबारे सोधिएको प्रश्नमा संयमित तर स्पष्ट प्रतिक्रिया दिए । “यदि हामीबीच कुनै समस्या छ भने, त्यो हाम्रो विषय हो, तपाईंहरूको होइन”, उनले भने, “म तपाईंलाई सम्मान गर्छु, तर यो हामीबीचको कुरा हो र हामी आफैँ समाधान गर्नेछौँ । चिन्ता नगर्नुहोस् ।”
लस एन्जलसमा ठूलो इरानी–अमेरिकी समुदाय बसोबास गर्दै आएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान छाडेका नागरिक र तिनका सन्तानहरूको उल्लेखनीय उपस्थिति रहेको यस सहरलाई कहिलेकाहीँ ‘तेह्रान्जेल्स’ भनेर पनि चिनिन्छ । खेलअघि सयौँ प्रदर्शनकारी रङ्गशालाबाहिर भेला भएका थिए ।
उनीहरूले ड्रम बजाउँदै नारा लगाएका थिए र इरानी राष्ट्रिय टोलीलाई तेहरान सरकारको प्रचार माध्यमका रूपमा प्रयोग गरिएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागी धेरैले इस्लामिक क्रान्तिअघिको इरानी झण्डा बोकेका थिए, जुन हालका सरकारविरोधी समूहहरूबीच लोकप्रिय प्रतीक बनेको छ ।
रङ्गशालाभित्र राष्ट्रगान सुरु हुनेबित्तिकै समर्थन र विरोधका आवाज मिसिएका थिए । केही दर्शकले राष्ट्रगानप्रति असहमति प्रकट गरेका थिए भने अरूले समर्थनमा जयजयकार गरेका थिए । खेलभरि पनि इरानी टोलीप्रति दर्शकहरूको प्रतिक्रिया मिश्रित देखिएको थियो । कडा सुरक्षा व्यवस्थाबीच सम्पन्न उक्त खेलमा राजनीतिक तनावको छाया देखिए पनि मैदानमा प्रतिस्पर्धा रोमाञ्चक रह्यो । रेजियानले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दै टोलीको बराबरीमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
तर खेलपछि उहाँले राजनीतिक विवादमा थप टिप्पणी गर्न अस्वीकार गर्दै आफूहरू फुटबलकै विषयमा बोल्न आएको स्पष्ट पारे । “वास्तवमा हामी यहाँ फुटबलसम्बन्धी प्रश्नहरूको जवाफ दिन आएका छौँ”, उनले भने, “इरानका मेरा मानिसहरू धेरै राम्रा छन् । अहिले संसारले पनि मेरा मानिसहरूको बारेमा थाहा पाएको छ ।” विश्वकपजस्तो विश्वव्यापी प्रतियोगितामा इरानको उपस्थितिसँगै देशभित्र र प्रवासी समुदायमा रहेका राजनीतिक मतभेद फेरि सतहमा देखिएका छन् । तर इरानी खेलाडीहरूले भने आफूहरूलाई खेलमै केन्द्रित राख्न खोजिरहेको सङ्केत दिएका छन् ।
-

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
काठमाडौँ, ३ असारः कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकप– २०२६ को आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ । अमेरिकाको कान्सास सिटी रङ्गशालामा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । साविक विजेता अर्जेन्टिनाका लागि कप्तान मेसीले यस सिजनको पहिलो ह्याट्रिक पूरा गरेका हुन् । यस सिजनको यसअघिका खेलहरूमा कुनै पनि खेलाडीले ह्याट्रिक पूरा गर्न सकेका छैनन् ।
मेसीले खेलको पहिलो हाफको १७औँ मिनेटमा अर्जेन्टिनाका लागि पहिलो गोल गरे । त्यस्तै खेलको ६०औँ मिनेटमा दोस्रो तथा खेलको ७६औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जितसँगै समूह ‘जे’मा रहेको अर्जेन्टिनाले तीन अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।
-

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित
काठमाडौँ, ३ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भएन ।
खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बापेले गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ मा पु¥याए ।
-

खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण
कर्णाली, १ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् । बुधबार हुने मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि आज सुर्खेत आइपुगेका मन्त्री पोखरेलले निकट भविष्यमा कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र रङ्गशाला निर्माणबारे स्थलगत निरीक्षण तथा अवलोकन गरे । उनले प्रतियोगताका लागि आउटडोर र इन्डोरमा हुने सबै खेलका भौतिक संरचना, निर्माणको कार्यमा भएको प्रगतिको कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्यसचिव रवीन्द्र चन्दसँग जानकारी लिए ।
मन्त्री पोखरेलले भने, “सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रु ८० करोड बजेट छुट्याएको छ । अब निर्धारित समयमा प्रतियोगिता सम्पन्न हुन्छ ।” फुटबल मैदान, भलिबल, ब्यामिन्टन कोर्ट, क्रिकेट तालिम हल, मार्सल आर्ट्स, स्विमिङलगायत निर्मित र निर्माणाधीन संरचनाहरूको निरीक्षण गर्दै उहाँले कर्णाली परिषद् सदस्यसचिव चन्दलाई बाँकी रहेको निर्माण कार्य सम्पन्न गरी प्रतियोगिताको तयारीमा लाग्न सुझाए ।
सदस्यसचिव चन्दले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले रु नौ करोड विनियोजन गरिएको बताउँदै वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशाला सम्पन्न गर्न थप रु नौ करोड तथा अन्य जिल्लाका खेलमैदान तथा कभर्डहल निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरेको जानकारी दिए । उनले प्रतियोगिता सम्पन्न गर्ने गरी रङ्गशालाको बाँकी काम पूरा गर्न तीव्र रूपमा लाग्ने बताए । -

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा
अर्लिन्टन (संयुक्त राज्य अमेरिका), २ असार (रासस–एएफपी) । विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । टेक्सासमा नेदरल्यान्ड्ससँग २–२ को बराबरीपछि जापानका प्रशंसकहरूले स्टेडियमलाई आफैँ सफा गर्दै बेदाग अवस्थामा छोडेपछि उनीहरूको ‘सफाइ संस्कृति’ फेरि चर्चाको केन्द्र बनेको हो ।
खेलपछि दर्शकहरू केही समय स्टेडियममै बसेर आफ्ना सिट वरिपरि फोहोर सावधानीपूर्वक सङ्कलन गर्दै नीलो प्लास्टिक झोलामा राख्दै सफा गरेका थिए । उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन् । जापानी प्रशंसक इटा तनाकाले आफूहरूलाई विद्यालयदेखि नै प्रयोग गरिएको स्थान सफा राख्न सिकाइने बताउँदै ‘हामीले सबैको बारेमा सोच्नुपर्छ’ भन्ने धारणा आत्मसात गरिएको उल्लेख गरे ।
उनका अनुसार जापानी समाजमा कुनै स्थान प्रयोग गरेपछि त्यसलाई आफूले पाएको भन्दा अझ सफा बनाएर छोड्ने अभ्यास सामान्य मानिन्छ । विद्यालयमा शिक्षकको निर्देशनबिना नै कक्षाकोठा सफा गर्ने परम्परा पनि त्यही संस्कारको हिस्सा भएको उनको भनाइ छ । जापान आफ्नो लगातार आठौँ विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ । खेलपछि एनएफएल क्वार्टरब्याक जेमिस विन्स्टनलाई पनि सफाइ अभियानमा सहभागी भएको देखिएपछि जापानी समर्थकहरूको अभ्यास झन् चर्चित बनेको छ ।जापानी समर्थक फुटो हागिवाराले आफ्ना देशवासीहरूको व्यवहारले अन्तर्राष्ट्रिय रूपमा सकारात्मक रूपमा पहिचान पाएकोमा गर्व व्यक्त गरे । उनका अनुसार यो केवल व्यवहार मात्र नभई सांस्कृतिक र मानसिक अनुशासनको प्रतिबिम्ब हो, जसले जहाँ गए पनि आफ्नो वरिपरि सफा राख्ने जिम्मेवारी सम्झाउँछ ।
समाजशास्त्री तथा दार्शनिक मसाची ओसावाका अनुसार यस्तो व्यवहार सामाजिक जिम्मेवारी र समूहभित्रको दबाबको संयोजनबाट उत्पन्न हुन्छ । उनले जापानी समाजमा व्यक्तिगतभन्दा सामूहिक अनुशासनलाई बढी महत्त्व दिइने बताउँदै सानो स्तरका नैतिक व्यवहारप्रति अत्यन्त संवेदनशीलता देखिने उल्लेख गरे ।
जापानमा बाल्यकालदेखि नै सरसफाइ शिक्षामा जोड दिइन्छ ।विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षाकोठा र विद्यालय परिसर आफैँ सफा गर्ने अभ्यास गर्छन् । सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफैँ घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि त्यहाँ स्थापित छ ।
ओसाका विश्वविद्यालयका समाजशास्त्रका एमेरिटस प्राध्यापक स्कट नर्थका अनुसार जापानी समुदायहरूमा समूहगत कार्यशैली बलियो हुन्छ, जसको प्रभाव खेलमैदानमा देखिने समर्थकहरूको व्यवहारसँग मिल्दोजुल्दो छ । उनका अनुसार त्यहाँ नेतृत्व र अनुयायीबीचको समन्वय उच्च स्तरमा रहन्छ र समूह निर्णयलाई सबैले स्वीकार गर्ने संस्कार विकसित भएको छ ।
समाजशास्त्री ओसावाले यसलाई ‘अरूको व्यवहार बुझेर परिस्थितिअनुसार चल्ने’ संस्कारसँग जोड्दै कुनै एक व्यक्तिले फोहोर उठाउन थालेपछि अरूले पनि सहजै सहभागिता जनाउने सामाजिक मनोवृत्ति रहेको बताए । उनका अनुसार यस्तो व्यवहारमा मुख्य प्रेरणा व्यक्तिगत देखावटी नभई समूहभित्र नकारात्मक छाप नपरोस् भन्ने सामाजिक दबाब हुन्छ ।
जापानी समर्थकहरूका अनुसार यस्तो व्यवहार उनीहरूको दैनिकी संस्कारकै विस्तार हो । उनीहरू आगामी खेलहरूमा पनि यही अभ्यास कायम राख्ने बताउँछन् । जापानले शनिबार मेक्सिकोमा ट्युनिसियासँग खेल्ने तयारी गरिरहेको छ र समर्थकहरूले आफूहरू उदाहरणीय व्यवहारमार्फत विश्वलाई सन्देश दिने लक्ष्य राखेको बताएका छन् । “हामीले अरूलाई भन्नु भन्दा आफ्नै व्यवहार देखाउँछौँ र अरूले त्यसलाई पछ्याउँछन्”, समर्थक हागिवाराले भने ।
-

न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो
काठमाडौँ, २ असारः फिफा विश्वकप–२०२६ अन्तर्गत आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल २–२ गोलको बराबरीमा समाप्त भएको हो । न्युजिल्यान्डका इलाइजा जस्टले खेलको सातौँ मिनेटमै गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
त्यसपछि इरानले खेलको ३२औँ मिनेटमा रेजाइयानको उत्कृष्ट गोलमार्फत खेल बराबरीमा ल्याए । खेलको दोस्रो हाफको ५४औँ मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल न्युजिल्यान्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६४औँ मिनेटमा इरानका मोहम्मद मोहब्बीले हेडमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
-

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरी
काठमाडौँ, २ असारः फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुङ्गिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४१औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो । उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् । त्यस्तै साउदीको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।
खेलको ८० आँै मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलिले गोल गर्न सकेन्न र अन्तत: खेल १–१ गोलको बराबरीमा सकियो । यस खेलसँगै समूह ‘एच’ मा चार वटै टोलीले पहिलो खेलपछि समान एक एक अङ्क जोडेका छन् । गए राति भएको समूह ‘एच’ कै अर्को खेलमा स्पेन र केपभर्डेले पनि १–१ को बराबरी खेलेका थिए ।
-

विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी
काठमाडौँ, २ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ । अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।
सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन । यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक\एक अङ्क जोडेका छन् ।
-

विश्वकपः जर्मनी सानदार विजयी
काठमाडौँ, १ असार : फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा आज बिहान सम्पन्न समूह इ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
जर्मनीले पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो हाफमा चार गोल थप्यो । जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे ।
एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए ।
त्यसपछि खेलको पहिलो हाफको अत्तिरित्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता दिलाए । त्यसैगरी मुसिएलाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले खेलको ६८औँ मिनेटमा अर्को गोल थपे । त्यस्तै खेलको ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाट्र्जले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे । यस जितसँगै जर्मनीले शीर्ष तीन अङ्क जोडेको छ ।
-

स्कटल्याण्डले हाइटीलाई १–० गोल अन्तरमा हरायो
३१ जेठ, काठमाडौं । २८ वर्षपछि पुनरामगन गरेको स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा जित निकालेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो । स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे । जोनले २९औं मिनेटमा गरेको गोलले नै स्कटल्यान्डका लागि विजयी गोल बन्यो । स्कटल्यान्डसँग बराबरी बल पोसेसन बनाएको हाइटीले गोल भने गर्न सकेन ।
जितसँगै स्कटल्यान्डले ३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । उक्त समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ । स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन नसकेको स्कटल्यान्ड २८ वर्षपछि छनोट भएको थियो ।
यस्तै स्कटल्यान्डको विश्वकपमा ३६ वर्षपछि पहिलो जित पनि हो । पछिल्लोपटक सन् १९९० मा स्कटल्यान्डले स्वीडेनलाई २–१ ले हराएको थियो । अब आजको चौथो खेलमा अस्ट्रेलिया र टर्की खेल्नेछन् । उक्त खेल क्यानडाको भ्यानकुभर स्टेडियममा बिहान पौने १० बजेबाट सुरु हुनेछ । आजको पाँचौं खेल जर्मनी र कुराकाओबीच राति पौने ११ बजेबाट सुरु हुनेछ । यसअघि आजै भएको खेलमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए ।
-

मोरक्कोले शक्तिशाली ब्राजिललाई बराबरीमा रोक्यो
३१ जेठ, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले पिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो । छैटौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरुद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो । फिफा विश्वकपमा ८ वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन । यसअघि सन् २०१८ मा पनि ब्राजिल पहिलो खेलमा स्विटजरल्यान्डसँग १–१ को बराबरी खेलेको थियो ।
यद्यपी ब्राजिलले विश्वकपको पहिलो खेलमा अपराजित यात्रालाई भने २१ खेलसम्म लम्ब्याएको छ । सन् १९३४ मा भएको दोस्रो संस्करणमा ब्राजिल पहिलो खेलमै स्पेनसँग पराजित भएको थियो । त्यसयता ब्राजिलले विश्वकपमा खेलेको पहिलो खेलमा १७ खेल जितेको भने ४ खेल बराबरीमा सकिएको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा दुवै टिमले पहिलो हाफमै गोल गरेका थिए ।
इस्माइल साइबारीले २१औं मिनेटमा गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ब्राजिलले ३२औं मिनेटमा बराबरी गोल फर्कायो । भिनिसियस जुनियरले ब्रुनो गुमाइरेसबाट प्राप्त पासमा मोरक्कोका डिफेण्डरहरुलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए ।
-

कतारले विश्वकपमा खोस्यो पहिलो अंक
३१ जेठ, काठमाडौं । एसियाली मुलुक कतारले विश्वकपमा पहिलो अंक बटुल्दै इतिहास बनाएको छ । बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गरेपछि कतारले फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा रोक्न सफल रह्यो । क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा सुरुवाति अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्ड बराबरीमा रोकियो ।
सन् २०२२ मा आयोजकको रुपमा पहिलोपटक विश्वकप खेलेको कतारले कुनै पनि अंक जोड्न सकेको थिएन । स्विट्जरल्यान्डले खेल अवधीभर कतारलाई दबाबमा राख्दै गोल गर्ने दर्जन बढी अवसर पाएपनि फिनिसिङ हुन सकेन भने कतारका गोलकिपरले पनि उत्कृष्ट प्रदर्शन गरे । खेलमा स्विट्जरल्यान्डले ६० प्रतिशत भन्दा बढी पोसेसन राखेको थियो । तर कतारले अन्तिमसम्म हार मानेन र इन्जुरी टाइममा गोल फर्काउन सफल भयो ।
स्विट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए । खेलेको १७औं मिनेटमा डिबक्सभित्र कतारका गोलकिपर महमूद अबुनादाले विपक्षी खेलाडीलाई लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टीले पाएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै एम्बोलोले स्विट्जरल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । ९० मिनेटसम्म एक गोलले पछि परेको कतारका लागि इन्जुरी समयमा बोउलेम खुखले गोल गर्दै बराबरीमा फर्काए । बोउलेमले हेडमार्फत गोल गर्दै कतारलाई हारबाट जोगाए ।
