जापान र स्विडेन नकआउट चरणमा

Japan's Yukinari Sugawara, left, makes an attempt to score against Sweden during the World Cup Group F soccer match in Arlington, Texas, near Dallas, Thursday, June 25, 2026. (AP Photo/Tony Gutierrez)

काठमाडौँ, १२ असारः विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यससँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् । खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए । प्रतिस्पर्धां प्रारम्भ भएको ६२ औँ मिनेटमा स्वीडेनका एन्थोनी एलान्गाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । जापान ५ र स्वीडेन ४ अङ्कसहित नकआउट चरणमा प्रवेश गरेको हो ।