२२ असार, दुबई । सन् २००८ मा रोजगारका लागि संयुक्त अरब इमिरेट्स (यूएई) आएका सन्तोष भट्टराईलाई शारजाह विमानस्थलमा बिताएको पहिलो रात अझै ताजै लाग्छ । रस अल खैमास्थित राक सेरामिक्समा सिनियर आईटी एक्जिक्युटिभका रुपमा कार्यभार सम्हाल्न आएका उनलाई त्यही रात एक नेपाली यात्रुले भनेका शब्द आज पनि सम्झना छन्– ‘भविष्य राम्रो छ’ । त्यसपछि भट्टराईले… Continue reading नेपाली दक्ष जनशक्तिका लागि यूएई अवसरको भूमि
Category: डायस्पोरा
नेपाली आईटी विज्ञ— फिक्कलका प्रभाकर
२२ असार, यूएई । इलामको रमणीय पहाडी बस्ती फिक्कल गैरीगाउँका प्रभाकर शर्मा आज संयुक्त अरब इमिरेट्स (यूएई)को एक बहुप्रतिष्ठित कम्पनीमा सूचना प्रविधि (आईटी– टिकटिङ) विभाग प्रमुखका रुपमा कार्यरत छन् । सामान्य किसान परिवारमा जन्मिएर अन्तर्राष्ट्रिय स्तरको जिम्मेवारी सम्हाल्न पुग्नु उनका लागि केवल व्यक्तिगत सफलता मात्र होइन, नेपाली युवाको क्षमता, दक्षता र सम्भावनाको सशक्त उदाहरण पनि… Continue reading नेपाली आईटी विज्ञ— फिक्कलका प्रभाकर
यूएईको अत्यधिक गर्मीबाट बच्न अपनाउनुपर्ने सावधानीहरू
विश्व न्यूजको यूएई अंकमा हामीले स्वास्थ्य सचेतना सामग्री प्रकाशित गर्दै आएका छौं । यस अंकमा हामी गर्मीबाट कसरी बच्ने भन्नेबारे उल्लेख गर्दैछौं । प्रशस्त मात्रामा पानी पिउने, तिर्खा लागेपछि मात्र होइन नियमित रुपमा पानी सेवन गर्ने ।घाममा काम गर्दा वा हिँड्दा टोपी, छाता र सनग्लास प्रयोग गर्ने । हल्का, फुस्रो र सुती कपडा लगाउने ।… Continue reading यूएईको अत्यधिक गर्मीबाट बच्न अपनाउनुपर्ने सावधानीहरू
चुनौती चिर्दै, सफलता चुम्दै : उद्यमी रमेश श्रेष्ठको प्रेरणादायी यात्रा
२२ असार, यूएई । स्याङ्जाको सामान्य परिवारमा हुर्किएका रमेश श्रेष्ठले आफ्नो जीवनमा सफलता कुनै सहज यात्राबाट हासिल गरेका होइनन् । संघर्ष, असफलता, धैर्य र निरन्तर प्रयासको लामो शृङ्खलापछि उनी आज यूएईको नेपाली समाजदेखि अन्तर्राष्ट्रिय स्तरमा परिचित नेपाली उद्यमी तथा सामाजिक अभियन्ताका रुपमा स्थापित भएका छन् । उनको जीवनयात्राले एउटा स्पष्ट सन्देश दिन्छ– सफलता परिस्थितिले होइन,… Continue reading चुनौती चिर्दै, सफलता चुम्दै : उद्यमी रमेश श्रेष्ठको प्रेरणादायी यात्रा
प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान
काठमाडौँ, २१ असार । प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा आयोजना हुने पाँचौँ ‘युनाइटेड नेसन्स चिफ अफ पुलिस समिट’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त समिट यही असार २३ देखि २४ गतेसम्म चल्नेछ । प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई त्रिभुवन… Continue reading प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान
मेयर मम्दानीले गरे बौद्ध समुदायको खुलेर प्रसंशा
न्यूयोर्क न्यूयोर्कको PS 69Q – द ज्याक्सन हाइट्स स्कूलमा Bangladesh Buddhist Community of New York Inc. (BBCNY) ले पहिलोपटक १० राष्ट्रका बौद्ध समुदाय एउटै छानामुनि भेला भएर अन्तर्राष्ट्रिय बुद्ध पूर्णिमाको (International Vesak Day 2026) आयोजना गर्यो । कार्यक्रममा बंगलादेश, भुटान, चीन, भारत, जापान, म्यानमार, नेपाल, श्रीलंका, थाइल्यान्ड र तिब्बतका बौद्ध समुदायका सयौं श्रद्धालु, भिक्षु, सामाजिक… Continue reading मेयर मम्दानीले गरे बौद्ध समुदायको खुलेर प्रसंशा
यूएईमा नेपालीको लागि नयाँ व्यवसाय स्थापनाका अवसर र चुनौतीहरू
बद्री भण्डारी२१ असार, यूएई । यूएई अर्थात् संयुक्त अरब इमिरेट्स, विशेषगरी दुबई, आज विश्वकै प्रमुख व्यापारिक तथा आर्थिक केन्द्रहरुमध्ये एक हो । सन् १९७१ मा स्थापना भएदेखि यस देशले हासिल गरेको अभूतपूर्व आर्थिक सफलता र विकासमा विश्वका विभिन्न देशका उद्यमी तथा श्रमिकहरुको महत्वपूर्ण योगदान रहेको छ । यस क्रममा नेपाली श्रमिक तथा व्यवसायीहरुको योगदान पनि… Continue reading यूएईमा नेपालीको लागि नयाँ व्यवसाय स्थापनाका अवसर र चुनौतीहरू
ब्लोअप : सन्ध्या देउला
नाम : सन्ध्या देउलाठेगाना : पाटन, ललितपुरहाल : अबुधाबी, यूएईउचाइ : ५ फिट ६ इञ्चशिक्षा : माध्यमिक तह (हाई स्कूल)उपलब्धि : मिसेस नेपाल २०१५(मिसेस ब्यूटिफुल उपाधि विजेता)पेशा : सिवल्र्ड, अबुधाबी(यस आइल्याण्ड)मा सेल्स एसोसिएट पारिवारिक परिस्थितिका कारण सानै उमेरमा पढाइ छोड्नुपरे पनि सन्ध्याले मेहनत र आत्मविश्वासका साथ आफ्नो जीवनयात्रा अघि बढाइन् । १२ वर्षको उमेरदेखि नेपालमा… Continue reading ब्लोअप : सन्ध्या देउला
श्रष्टा परिचय : टक गुरुङ
स्थायी ठेगाना :आँबुखैरेनी गाउँपालिका–३,तनहुँ, गण्डकी प्रदेश,हाल : यूएई गजल मेशिन मर्मत गर्दा घनले हिर्काउनु पर्छजीवन पनि ठीक हुन थोरै हण्डर पाउनु पर्छ आफ्नो परिचय दिनु पर्ने त हजुरले हो मालिकमेरो त ठेलाले भनिहाल्छ जे जे बताउनु पर्छ चुनाव सँगै चुनावी बाचा बिस्र्यो नेतालेआफ्नै पद चिन्ह डुँगा भए पछि मेटाउनु पर्छ यो देशको अवस्था देख्दादेख्दै भन्दैछौकिसान… Continue reading श्रष्टा परिचय : टक गुरुङ
श्रमिकको प्रश्न, श्रमिककै जवाफ
२१ असार, काठमाडौं । सुजन बर्मा सोध्नुहुन्छ :म दुबई आएको १६ महिना भयो । अहिले काम गरिरहेको कम्पनीको भन्दा झण्डै दोब्बर तलबमा अर्को कम्पनीमा काम पाएको छु । मैले नयाँ कम्पनीमा काम गर्न पाउँछु कि पाउँदिन ? कम्पनी परिवर्तन गर्न के–के गर्नुपर्छ ? बेदप्रसाद अर्यालको जवाफ :यूएईको श्रम कानुनअनुसार रोजगार सम्झौता समाप्त भएपछि वा रोजगारदाता… Continue reading श्रमिकको प्रश्न, श्रमिककै जवाफ
अनुभव, कूटनीति र नेतृत्व : यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री
२१ असार, अबुधाबी । युनाइटेड अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले कार्यभार सम्हालेको झण्डै ३ वर्ष पुगेको छ । उनले सन् २०२३ सेप्टेम्बर २८ मा नेपाली दूतावासको कार्यभार सम्हालेका हुन् । त्यसको केही दिनपछि अक्टोबर ४ मा उनले यूएईका राष्ट्रप्रमुखसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै औपचारिक रुपमा राजदूतको जिम्मेवारी ग्रहण गरेका थिए ।… Continue reading अनुभव, कूटनीति र नेतृत्व : यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री
प्राथमिकतामा यूएईमा रहेका श्रमिकहरूको स्वास्थ्य सचेतना
लक्ष्मण खनाल२१ असार, यूएई । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली श्रमिकहरुको प्रमुख रोजगारी गन्तव्यका रुपमा परिचित छ । लाखौं नेपालीहरु यहाँ निर्माण, यातायात, सुरक्षा, आतिथ्य सेवा, उद्योग तथा विभिन्न व्यावसायिक क्षेत्रमा कार्यरत छन् । विदेशमा रोजगारीले आर्थिक अवसर र परिवारको जीवनस्तर सुधार्ने सम्भावना प्रदान गरे पनि यससँगै स्वास्थ्यसम्बन्धी विभिन्न चुनौतीहरु पनि जोडिएका… Continue reading प्राथमिकतामा यूएईमा रहेका श्रमिकहरूको स्वास्थ्य सचेतना
बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
लन्डन, २१ असारः बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ । बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए । त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले कवितावाचन गरेका… Continue reading बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
लमजुङ एफसीलाई पहिलो पीएनएसबी गोल्ड कपको उपाधि
२१ असार, यूएई । पहिलो पीएनएसबी (प्रवास नेपाली सम्पर्क विभाग) गोल्ड कप प्रतियोगिताको उपाधि लमजुङ एफसीले हात पार्न सफल भएको छ । रास्वपाको चौथो स्थापना दिवस तथा प्रथम महाधिवेशनको अवसरमा प्रवास नेपाली सम्पर्क विभाग, यूएईद्वारा ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ २१ मेमा दुबईको अबुहेलमा रहेको स्पोर्टस् बेमा उक्त प्रतियोगिता आयोजना… Continue reading लमजुङ एफसीलाई पहिलो पीएनएसबी गोल्ड कपको उपाधि
यूएई महावाणिज्य दूतावासको श्रमिक सचेतना कार्यक्रम
२१ असार, यूएई । यूएईमा रहेको नेपाली महावाणिज्य दूतावास दुबईले श्रमिक संवाद एवं सचेतना कार्यक्रम सम्पन्न गरेको छ । महावाणिज्य दूतावास दुबईको सभाहलमा २१ जुनमा आयोजित कार्यक्रममा यूएईमा रहेका नेपाली श्रमिक लक्षित विभिन्न जनचेतनामूलक विषयमा संवाद कार्यक्रम गरिएको थियो । कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुका साथै श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहभागिता रहेको… Continue reading यूएई महावाणिज्य दूतावासको श्रमिक सचेतना कार्यक्रम
राजदूतावासमा राहदानी नवीकरण तथा खुल्ला श्रमिक संवाद
२१ असार, यूएई । नेपाली राजदूतावास अबुधाबीले राहदानी नवीकरण तथा खुल्ला श्रमिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । २८ जुनमा दूतावासको सभाहलमा आयोजित राहदानी नवीकरण तथा खुल्ला संवाद कार्यक्रममा सहभागी नेपाली श्रमिकहरुलाई संयुक्त अरब इमिरेट्सको श्रम कानून, श्रमिकका अधिकार तथा कर्तव्य, गुनासो व्यवस्थापन प्रक्रिया, सुरक्षित वैदेशिक रोजगार, नेपालको वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्था तथा सामाजिक सुरक्षा… Continue reading राजदूतावासमा राहदानी नवीकरण तथा खुल्ला श्रमिक संवाद
रुपन्देही सेवा समाज यूएईमा कला पंगेनी
२१ असार, यूएई । रुपन्देही सेवा समाज यूएईको अध्यक्षमा कला पंगेनी सर्वसम्मत निर्वाचित भएकी छन् । समाजका अध्यक्ष अमित लोहनीको अध्यक्षतामा २१ जुनमा बरदुबईमा आयोजित समाजको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्ष युवराज भट्टराई, प्रथम उपाध्यक्ष हेमा भण्डारी, महिला उपाध्यक्ष नारायणी भुसाल र अन्य उपाध्यक्षहरुमा खेम रास्कोटी मगर, सीता पंगेनी… Continue reading रुपन्देही सेवा समाज यूएईमा कला पंगेनी
प्रवास नेपाली सम्पर्क विभाग यूएई शाखामा थापा निर्वाचित
२१ असार, यूएई । राष्ट्रिय स्वतन्त्र पार्टीको यूएई संगठन प्रवास नेपाली सम्पर्क विभाग यूएईको प्रथम अधिवेशनले सुजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । यूएईको दुबईस्थित फुड बउल रेष्टुरेण्टमा १४ जुनमा भएको उक्त अधिवेशनको उपप्रमुखमा युगमाया पाण्डे र अमरराज राई रहेका छन् । त्यसैगरी सचिवमा जगन्नाथ लुइँटेल, सहसचिवमा सुमित्रा बारघरे, कोषाध्यक्षमा जगन्नाथ अधिकारी… Continue reading प्रवास नेपाली सम्पर्क विभाग यूएई शाखामा थापा निर्वाचित
नेपाली फुटबल संघ यूएईको महासभा सम्पन्न
२१ असार, यूएई । यूएईमा क्रियाशील नेपाली फुटबल क्लबहरुको एसोसिएसन नेपाली फुटबल संघ (अन्फा)को तेस्रो महासभा सम्पन्न भएको छ । बरदुबईको काष्टमण्डप रेष्टुरेण्टमा भएको उक्त महासभाले दीपेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ निर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा रोबिन श्रेष्ठ र विनोद भण्डारी रहेका छन् भने महासचिवमा सरोज उप्रेती रहेका छन् । त्यस्तै, सचिवमा… Continue reading नेपाली फुटबल संघ यूएईको महासभा सम्पन्न
क्षत्री समाज नेपाल यूएई शाखामा नयाँ नेतृत्व
२१ असार, यूएई । क्षत्री समाज नेपाल, यूएई शाखाको प्रथम अधिवेशनले कृष्णबहादुर ढकाल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावनाका निम्ति क्षत्री एकता, आजको आवश्यकता भन्ने मूल नाराका साथ यूएईको बरदुबईमा जुन १४ मा सम्पन्न उक्त अधिवेशनले २१ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समिति संयोजक दीपक खड्काले बताए ।… Continue reading क्षत्री समाज नेपाल यूएई शाखामा नयाँ नेतृत्व
नयाँ अटो सेल्स – परदेशमा भरोसायोग्य नाम
२१ असार, न्यूयोर्क । परदेशको जीवन सजिलो हुँदैन । यहाँ हरेक सपना मेहनतसँग जोडिएको हुन्छ, हरेक सफलता संघर्षसँग मिसिएको हुन्छ र हरेक व्यवसाय केवल नाफाको हिसाबले मात्र होइन, विश्वासको धरातलमा पनि उभिएको हुन्छ । अमेरिकामा बसोवास गर्ने नेपाली समुदायका लागि गाडी केवल आवतजावतको साधन होइन; यो रोजगारी, आत्मनिर्भरता, परिवारको सहजता र आर्थिक उन्नतिको महत्वपूर्ण आधार… Continue reading नयाँ अटो सेल्स – परदेशमा भरोसायोग्य नाम
हिमालयन स्वाद र उद्यमशीलताको नयाँ अध्याय–लिङ्कन एभरेस्ट र टेष्ट अफ हिमालय चुलो
२० असार, बर्लिन, कनेक्टिकट । लिङ्कन एभरेस्ट एक प्रेरणादायी नेपाली उद्यमी हुन् । नेपालको तनहुँ जिल्लामा जन्मिएका एभरेस्ट बाल्यकालदेखि नै स्वस्थ खानपान र समग्र जीवनशैलीप्रति गहिरो रुचि राख्थे । यो प्रेरणाको स्रोत भनेको उनका हजुरबुबा हुन्– जो नेपालका पहिलो आयुर्वेदिक वैज्ञानिक थिए । हजुरबुबाको समग्र स्वास्थ्य दर्शन र प्राकृतिक उपचार पद्धतिले लिङ्कनको जीवनलाई गहिरो रुपमा… Continue reading हिमालयन स्वाद र उद्यमशीलताको नयाँ अध्याय–लिङ्कन एभरेस्ट र टेष्ट अफ हिमालय चुलो
प्रेमरोगीको डायरी
आरएल श्रमजीवी, लण्डन ‘तिमीले छोड्यौ भने, तिमीले मलाई बेवास्ता ग¥यौ भने, म त तिम्रै नाममा मरिदिन्छु । हाँसीहाँसी तिम्रो नाम लिएर मर्न मलाई मन्जुर छ ।’ कुनै समय तिमीले म्यासेन्जरमा भनेका यी शब्द सुन्दा म झस्किएको थिएँ । ‘हे पागल्नी, के भनेको यस्तो ?’ मैले अचम्म मान्दै भेटमा प्रतिप्रश्न गरेको थिएँ । तिमी मुस्कुराएकी थियौ… Continue reading प्रेमरोगीको डायरी
सन्तोषको संघर्ष र सफलता
भरत गिरी\ न्यूयोर्क२० असार, काठमाडौं । अविश्वसनीय तर सत्य र सफल खेलाडी सन्तोष राईको जीवनी खेलप्रेमीको लागि प्रेरणा हो । सुन्दर नेपाल, सगरमाथाको देश र भगवान बुद्धको जन्मभूमिबाट अमेरिका आएका सन्तोष राई धन–सम्पत्ति वा विशेष सुविधामा जन्मिएका व्यक्ति होइनन् । उनको जन्म नेपालको एक ग्रामीण क्षेत्रमा रहेको साधारण परिवारमा भएको थियो, जहाँ जीवन संघर्षले भरिएको… Continue reading सन्तोषको संघर्ष र सफलता
नेपाली सेफको विश्वभर दबदबा : विलासी होटलदेखि राष्ट्रप्रमुखको भान्सासम्म
संसारका विभिन्न मुलुकका पाँचतारे होटल, रिसोर्ट, क्रुज, एयरलाइन क्याटरिङ सेवा तथा रेस्टुरेन्टहरुमा नेपाली सेफहरुको माग उल्लेख्य रुपमा बढ्दै गएको छ ।
फुटबल विश्वकप : मानवताको महाउत्सव
कुमार न्यौपाने/ हाल : न्युयोर्क२० असार, काठमाडौं । आजको विश्व अनेकौं चुनौतीहरुबाट गुज्रिरहेको छ । एकातिर युद्ध, राजनीतिक ध्रुवीकरण, आर्थिक असमानता, धार्मिक विवाद र जातीय संघर्षहरु छन् भने अर्कोतिर मानव समाजलाई एकताबद्ध गर्ने प्रयासहरु पनि जारी छन् । यस्ता विभाजनकारी परिस्थितिहरुबीच एउटा यस्तो शक्ति छ जसले भाषा, धर्म, जाति, संस्कृति, राजनीतिक विचारधारा र राष्ट्रिय सीमाहरुलाई… Continue reading फुटबल विश्वकप : मानवताको महाउत्सव
नेपाली र इण्डियन पाककलामार्फत यूएईमा परिचित कर्णबहादुर बुढाथोकी
२० असार, काठमाडौं । संयुक्त अरब इमिरेट्समा अहिले नेपाली तथा इन्डियन पाककला क्षेत्रको परिचित नाम हो–काठमाडौंको तारकेश्वर–९, बालाजुका कर्णबहादुर बुढाथोकी । विगत झण्डै दुई दशकदेखि यूएईमै रहेर पाककलाको क्षेत्रमा योगदान दिँदै आएका बुढाथोकी हाल जेहनग्रीस रेष्टुरेन्टमा हेड अफ कुलिनरी आर्टको जिम्मेवारी सम्हालिरहेका छन् । सन् २००७ देखि यूएईको आतिथ्य क्षेत्रमा यात्रा शुरु गरेका बुढाथोकीले निरन्तर… Continue reading नेपाली र इण्डियन पाककलामार्फत यूएईमा परिचित कर्णबहादुर बुढाथोकी
सरसफाइबाटै विश्वस्तरको सेफसम्म : सुवास थापा
२० असार, काठमाडौं । खोटाङका सुवास थापा अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा परिचित नेपाली सेफका रुपमा स्थापित छन् । सामान्य ग्रामीण परिवेशबाट शुरु भएको उनको जीवनयात्रा अहिले विश्वका प्रतिष्ठित पाँचतारे होटल र चर्चित रेस्टुरेन्टसम्म पुगेको छ । २५ वर्षभन्दा बढीको अनुभवले उनलाई पाककलाको क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रुपमा पनि स्थापित गराएको छ । उनको होटल जीवनको शुरुवात भने… Continue reading सरसफाइबाटै विश्वस्तरको सेफसम्म : सुवास थापा
एसियाली स्वादमा विशेष दख्खल : बरुणकुमार सिंह
२० असार, काठमाडौं । रामग्राम नगरपालिका–६, नवलपरासीका वरुणकुमार सिंह आज अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा नेपाली सेफहरुको सफल प्रतिनिधिका रुपमा स्थापित भएका छन् । नेपालबाट शुरु भएको उनको पाककलाको यात्रा अहिले विश्वकै चर्चित पर्यटन गन्तव्य माल्दिभ्ससम्म पुगेको छ । हाल उनी माल्दिभ्सस्थित प्रतिष्ठित ‘बाग्लियोनी होटल्स’ समूहअन्तर्गत सेफ डे क्युजिन (मुख्य कार्यकारी सेफ)का रुपमा कार्यरत छन् । उनको… Continue reading एसियाली स्वादमा विशेष दख्खल : बरुणकुमार सिंह
अष्ट्रेलियामा नेपाली खानाको प्रवद्र्धन गर्दै टोमप्रसाद खनाल
२० असार, काठमाडौं । झापा, सुरुङ्गाका टोमप्रसाद खनाल आज अन्तर्राष्ट्रिय आतिथ्य र पाककलाको क्षेत्रमा स्थापित नाम बनेका छन् । सामान्य परिवेशबाट यात्रा शुरु गरेका खनाल अहिले अष्ट्रेलियाको प्रतिष्ठित द भिल्ली क्यासिनो रिसोर्टमा एसियन स्पेसियालिटी सेफका रुपमा कार्यरत छन् । खनालको व्यावसायिक यात्रा भारतबाट भएको थियो । मुम्बईमा सलमान खान, इमरान हास्मी लगायत दर्जनौं कलाकारले उनको… Continue reading अष्ट्रेलियामा नेपाली खानाको प्रवद्र्धन गर्दै टोमप्रसाद खनाल