उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको निधन

File : Smoke rises from Kuwait international airport after a drone strike on fuel storage in Kuwait City, Kuwait, Friday, Wednesday, March 25, 2026. (AP Photo)

काठमाडौँ, साउन १४ गते । उत्तरी कुवेतमा बिहीबार बिहान भएको एक आक्रमणमा परी एक जना नेपाली नागरिकको ज्यान गएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार आक्रमणमा परी नेपाली नागरिकको निधन भएको दुःखद् खबर प्राप्त भएलगत्तै घटनाको आधिकारिकता र विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिएको… Continue reading उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको निधन

सञ्चारमन्त्री तिमिल्सिनासँग एनआरएनए प्रतिनिधिको भेट, के भयो कुराकानी ?

१२ साउन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्नेगरी सरकारले नीतिगत, कानुनी तथा व्यावहारिक सुधारलाई प्राथमिकता दिएको बताएका छन् । उनले विदेशमा रहेका नेपालीको अनुभव र लगानीलाई राष्ट्र निर्माणमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डाटा… Continue reading सञ्चारमन्त्री तिमिल्सिनासँग एनआरएनए प्रतिनिधिको भेट, के भयो कुराकानी ?

प्रधानमन्त्री बालेनलाई भारतले दियो औपचारिक भ्रमणको निम्तो

फाइल : सिंहदरबारस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा प्रस्तुत भएपछि सदनबाट बाहिरीने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहलगायत । तस्बिर : रत्न श्रेष्ठ / रासस

१२ साउन, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् । उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री बालेनलाई भारतले दियो औपचारिक भ्रमणको निम्तो

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

RSS

१२ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले उनिहरुलाई… Continue reading पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवमा फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर छनोट

१० साउन, काठमाडौं । नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट भएका छन्। मोमेन्ट्स कलेक्टिभ र ग्रीसको पालायो फालिरो नगरपालिकाको सहकार्यमा आयोजना हुने उक्त महोत्सवका लागि विश्वभरबाट प्राप्त आवेदनमध्ये श्रेष्ठका तीन तस्बिर प्रदर्शनीका लागि स्वीकृत भएका आयोजकले जनाएको छ। आयोजकका… Continue reading ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवमा फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर छनोट

एनआरएनए क्षेत्रिय महिला संयोजकमाथि भएको अभद्र व्यवहारको निन्दा

१० साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का एसिया–प्यासिफिक क्षेत्रीय महिला संयोजक संगीता अधिकारी सुबेदीमाथि जापानमा आयोजित नेपाल फेस्टिवल कार्यक्रमका क्रममा सार्वजनिक स्थलमा भएको अभद्र व्यवहारप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुख व्यक्त गरेको छ । महिलाको सम्मान, सुरक्षा र मर्यादा प्रत्येक सभ्य समाजका आधारभूत स्तम्भ भएको भन्दै संघले कुनै पनि महिलामाथि हुने अभद्र व्यवहार, हिंसा,… Continue reading एनआरएनए क्षेत्रिय महिला संयोजकमाथि भएको अभद्र व्यवहारको निन्दा

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको नेपाली” हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। “एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । ढुक्क हुनुहोस्,… Continue reading ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री

शिक्षामन्त्रीसंग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ७ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया) का राजदूत पार्क तइ योङबीच शिक्षा तथा प्राविधिक शिक्षामा द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटमा नेपाल–दक्षिण कोरियाबीचको ऐतिहासिक सम्बन्ध, शिक्षा क्षेत्रमा कोरिया सरकारको सहयोग, सूचना प्रविधि तथा प्राविधिक… Continue reading शिक्षामन्त्रीसंग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेटवार्ता

नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने

७ साउन, काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र खाद्य तथा कृषि संगठनका नेपाल प्रतिनिधि केन सिमिजु बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुहरूलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा विस्तृत छलफल भएको छ। सो अवसरमा भौगोलिक संकेत (GI – Geographical… Continue reading नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने

अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

७ साउन, काठमाडौँ । सिटिइभिटी बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिइभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय,शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र वैदेशिक रोजगार विभागको… Continue reading अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

वैदेशिक रोजगार विभागमा उजुरी तथा गुनासो व्यवस्थापन प्रणाली सुरु

७ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा गुनासो तथा उजुरी व्यवस्थापन अनलाइन प्रणाली (ujuri.dofe.gov.np) को सुरुवात गर्नुभएको छ ।मुद्दा तथा अनुसन्धान साथै राहत तथा उद्धार लगायतका संस्थागत उजुरीका लागि अनलाइन प्रणालीको सुरुवात र विभागले पुराना फाइल डिजिटल गरिरहेको कार्यको निरीक्षण गर्दै मन्त्री यादवले अब पीडितहरूले गुनासो तथा उजुरीका… Continue reading वैदेशिक रोजगार विभागमा उजुरी तथा गुनासो व्यवस्थापन प्रणाली सुरु

मगर संघ अमेरिकाको १०औं बार्षिक साधारण सभा बोस्टनमा, अमेरिकी मगरहरुको बृहत झमघट

६ साउन, काठमाडौं । “अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिताउदाँउदो मगर पुस्तालाई मगर भाषा , संस्कार , संस्कृति पुस्तान्तरण आजको आवश्यकता ’’ भन्ने मूल नाराको साथ मगर संघ अमेरिका केन्द्रीय समितिको १०औं बार्षिक साधारण सभा अगस्ट ०८, २०२६ मा म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा हुने भएको छ ।साधरण सभाको अन्तिम तयारीमा रहेको अध्यक्ष दिप सागर… Continue reading मगर संघ अमेरिकाको १०औं बार्षिक साधारण सभा बोस्टनमा, अमेरिकी मगरहरुको बृहत झमघट

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

काठमाडौँ, ६ साउनः आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखुका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तु शिवराजकी कविता वेल्वासे छन् । प्रहरीका अनुसार प्रदीपकुमारले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट रु चार लाख र कविताले युएई पठाइदिने भन्दै रु एक लाख आठ हजार लिएर सम्पर्कविहीन भएको… Continue reading आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले गर्यो बिजनेस एण्ड इन्भेष्टमेन्ट समिटको घोषणा 

 न्युयोर्कन्यूयोर्क, जुलाई १२ — नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (NABIS) २०२६ को औपचारिक घोषणा गरेको छ। आगामी सेप्टेम्बर २५ देखि २७, २०२६ सम्म न्यूयोर्कस्थित न्यूयोर्क जेएफके मेरियट होटल मा आयोजना हुने तीनदिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलन “Connecting Capital, Ideas & Opportunities” (पूँजी, विचार र अवसरलाई जोड्ने) नाराका साथ सञ्चालन हुनेछ। समिटमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीतिनिर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने आयोजकले जनाएको छ।  सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ। समिटको आधिकारिक घोषणा कार्यक्रममा बोल्दै ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठ ले NABIS एउटा साधारण सम्मेलन मात्र नभई नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियान भएको बताए।“NABIS एउटा सम्मेलनभन्दा धेरै ठूलो अवधारणा हो। यो नेपाल र अमेरिकाबीच बलियो आर्थिक सम्बन्ध निर्माण गर्न प्रतिबद्ध विचार, पूँजी र मानिसहरूलाई जोड्ने एउटा साझा मञ्च हो,” श्रेष्ठले भने।उनले नेपाल पर्यटन, जलविद्युत, सूचना प्रविधि, आधुनिक कृषि, पूर्वाधार विकास, उत्पादनमूलक उद्योग तथा स्टार्टअप क्षेत्रमा ठूलो सम्भावना भएको देश रहेको उल्लेख गरे। अमेरिकामा रहेका नेपाली मूलका सफल व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ र विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरूको ज्ञान, अनुभव र पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले NABIS आयोजना गर्न लागिएको उनले बताए। श्रेष्ठका अनुसार सम्मेलन केवल छलफलमा सीमित रहने छैन। विचारलाई व्यवसायमा, संवादलाई साझेदारीमा र प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्ने परिणाममुखी मञ्चका रूपमा NABIS २०२६ लाई विकास गरिनेछ।उनले अमेरिकाभर रहेका नेपाली व्यवसायीहरूलाई सशक्त बनाउनु पनि NABIS को महत्वपूर्ण उद्देश्य रहेको बताए। न्यूयोर्कदेखि क्यालिफोर्निया, टेक्सासदेखि इलिनोइस र फ्लोरिडादेखि वासिङ्टनसम्म नेपाली उद्यमीहरूले रेस्टुरेन्ट, होटल, स्वास्थ्य सेवा, सूचना प्रविधि, रियल स्टेट, निर्माण, वित्तीय सेवा, खुद्रा व्यापार, शिक्षा तथा यातायात क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै सम्मेलनले ती व्यवसायीहरूबीच नेटवर्क विस्तार, अनुभव आदानप्रदान र रणनीतिक साझेदारी निर्माण गर्ने अवसर प्रदान गर्ने बताए।“बलियो स्थानीय व्यवसाय नै बलियो समुदायको आधार हो,” श्रेष्ठले भने। नेपाली-अमेरिकी व्यवसायको सफलता समुदायको समग्र आर्थिक र सामाजिक विकाससँग जोडिएको उनको भनाइ थियो।NABIS २०२६ मा नेपालका लगानी सम्भावना, अन्तर्राष्ट्रिय व्यापार तथा पूँजी साझेदारी, प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) आधारित नवप्रवर्तन, तथा स्थानीय व्यवसायलाई विश्व बजारसम्म विस्तार गर्ने विषयमा विशेष छलफल हुनेछ।तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अन्तर्राष्ट्रिय तथा डायस्पोरा नेताहरूको विशेष सम्बोधन, सरकार तथा निजी क्षेत्रबीच संवाद, स्टार्टअप शोकेस तथा उत्पादन सार्वजनिक कार्यक्रम, लगानीकर्ता नेटवर्किङ, व्यवसाय–व्यवसाय तथा व्यवसाय–सरकार (B2B र B2G) भेटघाट, रणनीतिक साझेदारी बैठक तथा गाला डिनर एवं सम्मान कार्यक्रम आयोजना गरिनेछ। समिट घोषणा कार्यक्रममा NABIS २०२६ को आधिकारिक वेबसाइट सार्वजनिक गर्नुका साथै दर्ता प्रक्रिया पनि सुरु गरिएको छ। स्टार्टअप तथा उद्यमीहरूले आफ्नो व्यवसाय प्रस्तुत गर्न Startup Showcase and Product Launch का लागि आवेदन दिन सक्नेछन्। आयोजकले प्रायोजन, प्रदर्शनी तथा रणनीतिक साझेदारीका लागि पनि अवसर खुला गरेको जनाएको छ। संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सप्ताह तथा Climate Week NYC को समयमा न्यूयोर्कमा आयोजना हुने भएकाले NABIS २०२६ ले विश्वभरका नीति निर्माता, लगानीकर्ता र व्यवसायिक नेतृत्वसँग प्रत्यक्ष सम्पर्क गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।NABIS २०२६ ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको आयोजनामा तथा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा आयोजना हुँदैछ। खसोखास मिडिया पार्टनरको रूपमा रहेको छ।आयोजकका अनुसार आगामी हप्ताहरूमा सम्मेलनका प्रमुख वक्ता, नयाँ साझेदार, दर्तासम्बन्धी अपडेट तथा विस्तृत कार्यक्रम तालिकाबारे थप जानकारी सार्वजनिक गरिनेछ।

पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

Photo : TOI\ Moshe Shai/Flash90

काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास,वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा पहिलो खेपमा इजरायल जाने कामदार श्रव्यदृश्यका माध्यमबाट चिट्ठा प्रणालीमार्फत छनोट गरेको हो । यहाँस्थित इजरायली दूतावासले जारी… Continue reading पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

नेपाल-कोरिया श्रम सहयोग सेमिनार सम्पन्न

काठमाडौँ — नेपाल र दक्षिण कोरियाबिचको श्रम सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल–कोरिया श्रम सहयोग सेमिनार २०२६ सम्पन्न भएको छ । दक्षिण कोरियाली दूतावास र ईपीएस सेन्टरको सहकार्यमा युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा वैदेशिक रोजगारीबाट प्राप्त सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड दिइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रामजी… Continue reading नेपाल-कोरिया श्रम सहयोग सेमिनार सम्पन्न

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

काठमाडौँ, ३२ असारः राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेका छन् । त्यस अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको थियो । राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत कोर्टेभाललाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गरेको राष्ट्रपति… Continue reading राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौँ, ३२ असारः उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छिन् । यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उद्योगमन्त्रीले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सो सुविधा पुनः थप… Continue reading अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित

RSS

काठमाडौँ, ३१ असारः प्रतिनिधिसभाको आजको बैठकबाट ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सर्वसम्मतिले अनुमोदन भएको छ । बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो प्रोटोकल नं २९ का प्रावधानलाई अनुमोदनका लागि प्रस्ताव गर्नुभएको थियो । छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री यादवले सांसदहरूका सुझावलाई ग्रहण गर्दै… Continue reading प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौँ, ३१ असारः नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँहरूलाई दुवै सुरक्षा सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरे । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा यही… Continue reading प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

विद्यार्थीलाई शैक्षिक सम्मान गर्दै जमैका नेपाली समाजको बनभोज भव्य

न्यूयोर्क । जमैका नेपाली समाजद्वारा आयोजित समर बनभोज कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। न्यूयोर्कको जमैका क्षेत्रमा बसोबास गर्दै आएका नेपाली समुदायको उल्लेखनीय सहभागितामा बनभोज गरिएको थियो । आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई सुदृढ बनाउने उद्देश्यले विविध, मनोरञ्जनात्मक, खेलकुद तथा शैक्षिक कार्यक्रम सम्पन्न गरियो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत दधिराम भण्डारीले… Continue reading विद्यार्थीलाई शैक्षिक सम्मान गर्दै जमैका नेपाली समाजको बनभोज भव्य

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ, २९ असारः चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २१ खर्ब २० अर्ब ८० करोड पुगेको… Continue reading एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

काठमाडौँ, २९ असार । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ ।परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसनको सफलतापूर्वक सम्पन्न गरी राहदानी सेवा सञ्चालनमा ल्याएको हो । करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ । यस्तो बृहत्… Continue reading राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, २६ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका ८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका १ घर भएका ३५ वर्षीय माधव अर्याल छन् । माधवले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट रु तीन लाख लिइ सम्पर्कविहीन… Continue reading अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

क्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ, २६ असारः सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको जनाएको छ । परराष्ट्र मन्त्रालयको आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट ७०९ जना, म्यानरमारबाट ११३ जना, लावसबाट आठ जना र थाइल्याण्डबाट छ जनाको उद्धार गरिएको जानकारी दिए । उनले भने, “दक्षिण… Continue reading क्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २५ असारः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले आज उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल– फ्रान्स सम्बन्धका विविध आयामबारेमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको पारस्परिक सम्मान, सहयोग र मैत्रीमा आधारित सम्बन्ध अझ उन्नत… Continue reading उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ, २५ असारः सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारमा आज भएको उक्त भेटमा सभामुख अर्यालले सरकारले आफ्नो पहिलो १०० दिन पूरा भएको बताउँदै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता,… Continue reading सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

काठमाडौँ, २४ असारः नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयको स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गरेकी छिन् ।  थाइल्यान्डका लागि नेपाली राजदूत (कम्बोडियाका समेत) धनबहादुर ओलीसँग हालै भएको भेटमा उनले नेपालको आँखा उपचार सेवा एवं शिक्षाको उच्च प्रशंसा गरेकी हुन् । थाइल्यान्डस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्ति अनुसार सो… Continue reading नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

मासिक राशिफल (जुलाई, २०२६)

ज्योतिष आचार्य डा. प्रकाश पौडेलजुलाई २०२६ मा शुक्र, सूर्य, बुध र शनि ग्रहको गोचर परिवर्तनले सबै राशिमा विशेष प्रभाव पार्नेछ । जुलाई ४ मा शुक्र सिंह राशिमा, जुलाई १६ मा सूर्य कर्कट राशिमा प्रवेश गर्नेछन् । जुलाई २४ मा बुध मार्गी हुनेछन् भने जुलाई २७ मा शनि मीन राशिमा वक्री हुनेछन् । यी ग्रहहरुको प्रभावले… Continue reading मासिक राशिफल (जुलाई, २०२६)

यूएईमा बस्ने नेपालीका लागि कानुनी सचेतना

२२ असार, काठमाडौं । यूएईमा बसोवास गर्दा निम्न कार्यहरु नगर्नु हुन अनुरोध छ । सार्वजनिक स्थानमा झगडा, गालीगलौज वा अश्लील हाउभाउ प्रदर्शन नगर्ने । सामाजिक सञ्जालमा कसैलाई अपमान, बदनाम वा धम्की नदिने । ह्वाट्सएप, फेसबुक, टिकटकलगायत माध्यममा अपुष्ट सूचना, अफवाह वा झुटा समाचार शेयर नगर्ने । अरुको फोटो वा भिडियो अनुमतिबिना खिच्ने वा पोस्ट नगर्ने… Continue reading यूएईमा बस्ने नेपालीका लागि कानुनी सचेतना