केप कड नेपाली समाजको आयोजनामा साकेला उभौली २०२६ सम्पन्न

म्यासाचुसेट्स केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८६ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको सेन्टरभिल सहरमा अवस्थित Faternal Lodge को प्रांगणमा यही जुन ६ तारिकका दिन भब्यताका साथ सम्पन्न भयो। केप कड नेपाली समाजका अध्यक्ष बिष्णु मान प्रधानको सभापतित्वमा संचालित उक्त कार्यक्रममा केप कड नेपाली समाजको निमन्त्रणालाई स्वीकार गरि आफ्नो अमुल्य समय दिएर… Continue reading केप कड नेपाली समाजको आयोजनामा साकेला उभौली २०२६ सम्पन्न

परराष्ट्र खनालमन्त्रीद्वारा बेलायतका रक्षा मन्त्रीसँग ‘भर्चुअल’ बैठक

काठमाडौँ, २६ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरेका छन् । बैठक मुख्यतः बेलायती गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको मागलगायत विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा… Continue reading परराष्ट्र खनालमन्त्रीद्वारा बेलायतका रक्षा मन्त्रीसँग ‘भर्चुअल’ बैठक

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छः अर्थमन्त्री

२५ जेठ, काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटल ब्रान्ड द रिट्च कार्लटन नेपाल भित्रिन सुखद् भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । काठमाडौँको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो… Continue reading द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छः अर्थमन्त्री

परराष्ट्रमन्त्रीको भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

काठमाडौँ, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको… Continue reading परराष्ट्रमन्त्रीको भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ, २४ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए । भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा… Continue reading परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

काठमाडौँ, २४ जेठः थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकलाई १२ जुन (यही जेठ २९ गते) भित्र नेपाल फर्किन अनुरोध गरेको छ । दूतावासले आज सूचना जारी गरी विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानुनी व्यवस्थाअनुसार तत्काल पक्राउ परी कठिन कानुनी… Continue reading कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौँ, २३ जेठः भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी तथा जनता–जनताबीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपालको दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री खनाल आफ्ना भारतीय… Continue reading परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता, विमानस्थलमा के भने ?

काठमाडौँ, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा जानुभएका सभापति लामिछाने विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका हुन् । उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा… Continue reading सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता, विमानस्थलमा के भने ?

परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा

काठमाडौँ, २२ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुगेका छन् । यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उनी आज नयाँ दिल्ली पुगेका हुन् । उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त… Continue reading परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा

परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान

काठमाडौँ, २२ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा आज नयाँदिल्ली प्रस्थान गरेका छन् । नयाँदिल्लीमा रहँदा उनले आफ्ना भारतीय समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा आपसी हित र चासोका विविध विषयमा विचारविमर्श हुनेछ । परराष्ट्रमन्त्रीको यो भ्रमणबाट नेपाल… Continue reading परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटमा के भयो कुराकानी ?

काठमाडौँ, २० जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गरेका छन् । उनले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र… Continue reading भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटमा के भयो कुराकानी ?

सांस्कृतिक सम्पदाका प्रतीकका साथ नेपाल प्रदर्शनीमा सहभागी

काठमाडौँ, २० जेठः सांस्कृतिक महत्वका सम्पदाका प्रतीकका साथ नेपाल अन्तरराष्ट्रिय प्रदर्शनीमा सहभागी भएको छ । सांस्कृतिक विविधता, मित्रता र मानवीय एकताको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको प्रतिनिधिमण्डलका जीवनसाथीको क्लब (युएनडिएससी)ले आज न्युयोर्कमा आयोजना गरेको वार्षिक युएन इन्टरनेशनल बजारमा संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले नेपालका समृद्ध सांस्कृतिक सम्पदा तथा मौलिक पहिचानका प्रतीकात्मक… Continue reading सांस्कृतिक सम्पदाका प्रतीकका साथ नेपाल प्रदर्शनीमा सहभागी

राष्ट्रसङ्घीय प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

राससकाठमाडौँ, २० जेठः नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा (युएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तरराष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ । यो मुलुकका निम्ति ठूलो कूटनीतिक उपलब्धि हो । बहुपक्षीयता, अन्तरराष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका प्रयासप्रति सात दशकभन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिबद्धताप्रतिको अन्तरराष्ट्रिय मान्यता हो । प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि… Continue reading राष्ट्रसङ्घीय प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

न्युयोर्कमा प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न, पर्वत च्याम्पियन

न्युयोर्क, अमेरिका बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टर तथा बाग्लुङ स्पोर्ट्स क्लब न्युयोर्कको संयुक्त आयोजनामा सम्पन्न प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०२६ भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। न्युयोर्कस्थित क्वीन्सब्रिज पार्कको भलिबल कोर्टमा आयोजित उक्त प्रतियोगिताले प्रवासी नेपाली समुदायमा खेलकुदमार्फत एकता, भाइचारा र जिल्लागत सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको… Continue reading न्युयोर्कमा प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न, पर्वत च्याम्पियन

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौँ, १९ जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ । उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रास्वपाले जनाएको छ । सभापति लमिछाने भाजपाका अध्यक्ष नीतिन… Continue reading सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

अमेरिका-नेपाल साझेदारी विस्तारमा जोड

काठमाडौँ, १८ जेठः संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड दिएकी छिन् । आज यहाँ सञ्चारकर्मीसँग भएको छलफलमा उनले ५५ करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमससी) कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यसमार्फत दुई… Continue reading अमेरिका-नेपाल साझेदारी विस्तारमा जोड

नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

काठमाडौँ, १८ जेठः सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले समेट्नुपर्ने बताएका छन् । नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएशन अफ नेपाली ओरिजिन (एएनओ)को प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट्दै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्नेगरी नेपालको राष्ट्रिय हित अनुकूलको कानुन बनाएर… Continue reading नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौँ, १८ जेठ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारलगायत विषयमा छलफल भएको थियो । साथै नेपाल–अमेरिका सहकार्यलाई सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा… Continue reading सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

काठमाडौँ, १८ जेठः परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेकी छिन् । त्यस अवसरमा उहाँहरुबीच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षले लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य… Continue reading परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, १७ जेठः प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद पद्मा अर्यालले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न सडक निर्माणलगायत संरचना बनाएको सन्दर्भमा प्रतिनिधिसभाको आजको बैठकमा गर्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले उक्त जवाफ दिएका हुन् । प्रधानमन्त्रीले नेपाल र… Continue reading कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा

काठमाडौँ, १६ जेठः ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र तटमा शान्ति पदयात्रा तथा समुद्र किनार सरसफाइ कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली सोसल क्लब, विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा नेपाली र विदेशी नागरिकको सहभागिता रहेको उक्त दूतावासले जनाएको छ । त्यस अवसरमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले… Continue reading सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा

बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ, १५ जेठः संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन् बढ्दै गएको बताएको छ । विगत ७८ वर्षदेखि यो विश्व संस्थाले द्वन्द्वप्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ । महासचिव एन्टोनियो गुटेरेसले पनि वर्तमान समयमा… Continue reading बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै

काठमाडौँ, १५ जेठः संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ । कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान… Continue reading संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै

एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छः परराष्ट्र मन्त्री

काठमाडौँ, १४ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजानिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदमा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताएका छन् । एशोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) केन्द्रीय समितिका तर्फबाट उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उनले हाल सार्वजनिक भएको मस्यौदा एकप्रकारले ‘शून्य ड्राफ्ट’ भएको जानकारी… Continue reading एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छः परराष्ट्र मन्त्री

सभामुखले विदेशमा रहने नेपालीलाई भने : नेपाल फर्कन तयारी हुनुहोस

मलेखु (धादिङ), १४ जेठः सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले सो धारणा राखेका हुन् । पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण… Continue reading सभामुखले विदेशमा रहने नेपालीलाई भने : नेपाल फर्कन तयारी हुनुहोस

विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन-सिफारिस आह्वान

काठमाडौँ, १४ जेठः परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन\सिफारिसका लागि आह्वान गरेको छ । मुलुकको परराष्ट्र नीति, अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्नका लागि मन्त्रालयले आज राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकको दरखास्त÷सिफारिस आह्वान गरेको हो । मन्त्रालयको सूचनाअनुसार यस नियुक्ति प्रक्रियाअन्तर्गत इच्छुक तथा योग्य उम्मेदवारहरूले स्वयंले… Continue reading विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन-सिफारिस आह्वान

नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौँ, १४ जेठः नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा सम्पन्न भएको छ । नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसर पारेर आयोजित उक्त बैठकमा दुई देशबीचको समग्र सम्बन्ध र सहकार्यका विविध पक्षबारे समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा दुवै पक्षले दुई देशबीचको लामो समयदेखिको मित्रता र… Continue reading नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

स्वच्छतामन्त्री मेहताको भूटानी समकक्षीसँग भेटवार्ता

काठमाडौँ, १३ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ । स्विट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उनीहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । सो अवसरमा नेपाल र भुटानको समस्या करिब उस्तै रहेकाले आपसी सहयोग र सहकार्यका आधारमा समाधान… Continue reading स्वच्छतामन्त्री मेहताको भूटानी समकक्षीसँग भेटवार्ता

पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा

file

लिस्बन (पोर्चुगल), १३ जेठः लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ । दूतावासले कोइम्ब्राको मरिन्हा दास ओन्दासमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको हो । घुम्ती शिविरबाट कूल ८२ जना… Continue reading पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा

परराष्ट्रमन्त्रीद्वारा ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह

काठमाडौँ, १२ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन् । कन्सुलर सेवा विभागले आज यहाँ आयोजना गरेको ‘मोफा मित्र’ मोबाइल एप शुभारम्भ कार्यक्रममा उनले सार्वजनिक सेवालाई थप सहज र नागरिकमैत्री बनाउन उक्त एप प्रभावकारी हुने विश्वास व्यक्त गरे । “विदेशमा काम गर्न जानेहरू गएको देशका… Continue reading परराष्ट्रमन्त्रीद्वारा ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह