न्युयोर्कमा लोकप्रिय कन्दरा ब्याण्डको कन्सर्ट हुने

योगेशादी, न्युयोर्क

नेपाली संगीताकाशमा बिगत ३३ वर्षदेखि नेपाली लोकपप संगीत पस्कदै आएको पोखरेली लोकप्रिय ब्याण्ड “कन्दरा” ले पहिलो पटक न्युयोर्क सहरमा आफ्नो प्रस्तुति दिने भएको छ ।

चाँदनी क्रियशन न्युयोर्कको आयोजना र इसेन्स स्माइलको विशेष सहयोग एवम् सहकार्यमा यही अगष्ट १५ तारिख शनिबार न्युयोर्क सहरको मेलरोज बलरुम, एलआइसीमा साँझ ८:३० देखि साँगीतिक कार्यक्रम शुरु हुने जनाएको छ ।

गत शनिबार प्रेस मिटमा आयोजकका तर्फबाट डा. सुलोचना गुरुङका अनुसार बिध्यार्थीको परिचय पत्रसहित टिकट लिंदा विशेष छुट हुनेसमेत बताएका छन् ।

Screenshot

लेककी हे माया… हङकङ पोखरा… तगारोमा रुमाल राखि… जस्ता कालजयी गीतहरुमार्फत नेपाली संगीतका पारखीहरुको मन जितिसकेका ब्याण्डले न्युयोर्केली नेपालीलाई भरपुर मनोरञ्जन दिने आयोजक चाँदनी तामाङले विश्वास व्यक्त गरे।