अनेसास न्युयोर्क च्याप्टरले आयोजनामा श्रष्टा विध्या विमलको उपन्यास ‘पुनर्जागरण ‘ लोकार्पण गर्दै दशैं मनायो

विष्णुहरि भण्डारी, न्युयोर्क

अनेसास न्युयोर्क च्याप्टरको आयोजनामा साहित्यकार विध्या विमल बरालको तेस्रो उपन्यास ‘पुनर्जागरण‘ लोकार्पण साथै दशैं, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

न्युयोर्कको क्विन्सस्थित नेपाली भान्छा घरको सभाहलमा राखिएको कार्यक्रमका प्रमुख अतिथि न्युयोर्कस्थित नेपाल सरकारका महावाणिज्यदूत श्री दधिराम भण्डारीज्यू, विशेष अतिथिहरू स्रष्टा विध्या विमल बराल, समालोचक रश्मी भट्ट साथै विध्या विमल बरालको धर्मपत्नी लक्ष्मी बराल हुनुहुन्थ्यो भने च्याप्टर अध्यक्ष जानुका वस्ती ढकालको सभापतित्व रहेको थियो ।

औपचारिक रूपमा कार्यक्रमको उद्घाटन प्रमुख अतिथी , सभापति र विशेष अतिथिले पानसमा दीप प्रज्वलन गरेर शुरूवात गरिएको थियो ।
त्यसैगरी नेपाली र अॅग्रेजी राष्ट्रिय गान पश्चात् च्याप्टरकी अध्यक्षले प्रमुख र विशेष अतिथिहरूलाई दोसल्ला र फूलको गुच्छाले स्वागत गर्नुको साथै कार्यकारिणी सदस्य शारदा क्षेत्रीले उपस्थित सम्पूर्ण साहित्यप्रेमी अतिथी महानुभावहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो।

त्यसपश्चात् प्रमुख अतिथि, विशेष अतिथिहरू र च्याप्टरका पदाधिकारीहरूद्वारा साहित्यकार बरालज्यको कृतिको लोकार्पण गरिएको थियो।

त्यसपश्चात् विओटी महिला सदस्य तथा समालोचक रश्मी भट्टले पुस्तकको बारेमा प्रष्ट्याउॅदै पठनीय सुन्दर कृति जन्मिएकोमा खुसी व्यक्त गर्दै नेपाली समाजमा चेतना आएता पनि जागरणले काम गर्न सकेको छैन ।अनावश्यक कुराहरूलाई फ्यॅाक्दै राम्रा कुराहरूलाई अॅगालेर स्वदेश -विदेशमा भएका ज्ञान, बु्द्धि, विवेक सबैले प्रयोग गर्नुपर्छ र त्यसैलाई जागरूक गर्दै पुनर्जागरण गर्नुपर्छ भन्ने सन्देश बोकेको कृति सबैले एकपटक पढ्न आग्रह गर्दै आफ्नो समालोचकीय विचार राख्नुभएको थियो ।
यसै क्रममा साहित्यकार विद्या विमल बरालको सिर्जनात्मक क्षमता र साहित्यिक योगदानको कदर गर्दै न्युयोर्क च्याप्टरले प्रमुख अतिथिको हातबाट उहॅालाई सम्मानपत्र प्रदान गर्नुको साथै बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।

यसैक्रममा प्रमुख अतिथि महावाणिज्यदुत भण्डारीले नेपालीहरूको महान् चाड दशैं ,अॅाउदै गरेको तिहार र छठ पर्वको शुभकामना र विमोचित कृतिको बारेमा छोटो मिठो मन्तव्य राख्नुभएको थियो ।
समकालिन नेपाली समाज र नेपाल जस्ता अन्य मुलुकका लागि पनि अत्यन्त सान्दर्भिक रहेको ‘पुनर्जागरण ‘जन्माएर राष्ट्रलाई गुन लगाउनुभएको छ , कृतिको पाना पल्टाउॅदा विशेषत ‘सन्तानलाई आह्वान ‘भन्ने भावले अत्यन्त मन छोएको बताउॅदै समाजको वास्तविकतालाई साहित्यिक माध्यमबाट उजागर गरेकोमा स्रष्टा बराललाई सबैको तर्फवाट प्रतिनिधित्व गर्दै धन्यवाद साथै नेपाली समाजको लागि आवश्यक कृति लेख्न सफल हुनुभएकोमा बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी वोस्टनदेखि पाल्नुभएका
वरिष्ठ पत्रकार तथा साहित्यकार बद्री विनोद खनालले ‘पुनर्जागरण ‘लाई थाहा पाउन हामी सबैले पढ्नै पर्छ यसलाई पल्टाएपछी नसकी बन्द गर्न मन लाग्दैन। फिल्म हेर्दा पाईने आनन्द जस्तै यो पुस्तकममा पाइन्छ भन्दै आफ्ना सुन्दर विचारहरू पस्कॅदै स्रष्टालाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसै क्रममा अनेसास न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष विकास विष्टले पहिलेदेखिनै न्युयोर्कमा हुने जुनसुकै साहित्यिक कार्यक्रममा सहभागी बन्दै आउनुभएका अभिभावकिय भुमिका निभाउनुभएको स्रष्टाको कृति विमोचनमा सहभागी हुन पाउॅदा अत्यन्त खुस व्यक्त गर्दै आयोजकप्रति धन्यवाद र स्रष्टालाई बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको थियो ।

शुभकामनाकै क्रममा साहित्यकार तथा रेडियो प्रस्तोता लोक घायलश्री, रोमन अधिकारी , च्याप्टर सचिव विष्णुहरि भण्डारी र च्याप्टरका नयॅा कार्यकारिणी सदस्य बिके रावतले पनि आ- आफ्नो मन्तव्य र शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसै क्रममा अत्यन्त भद्र र सरल स्वभावकका
साहित्यकार विद्या विमल बरालको सिर्जनात्मक क्षमता र साहित्यिक योगदानको कदर गर्दै न्युयोर्क च्याप्टरले प्रमुख अतिथिको हातबाट उहॅालाई सम्मानपत्र प्रदान गर्नुको साथै बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।

श्रष्टा बरालले विदेशमा रहेका नेपाली जनशक्तिको ज्ञान, सीप र क्षमतालाई स्वदेश फर्कने अनुकूल वातावरण बनाउनुपर्छ देश रित्तो बन्यो भने हाम्रो अस्तित्व मेटिनेछ, अॅझै अॅाफु सिकाइकै क्रममा रहेको, अध्ययन र अनुसन्धान गरेर लेखेका कुराहरू प्रभावकारी हुन सक्छ भन्ने जस्ता लेखकीय विचार राख्नुभएको थियो ।

यसैक्रममा हालसालै अनेसास न्युयोर्क च्याप्टर कार्यसमितिमा प्रवेश गर्नुभएका कार्यकारिणी सदस्य बिके रावतलाई पनि अध्यक्षले खादा ओढाएर स्वागत गर्दै बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो । चाडबाडको हतारमा गरिएको कार्यक्रम भएपनि छोटो मिठो र अर्थपूर्ण रहेको सबै अतिथिहरूले महसुस गर्नुभएको थियो ।
लेखक पासाङ् शेर्पा , समाजसेवी भुवनेश्वर अधिकारी ,च्याप्टर कोषाध्यक्ष पुष्पा अधिकारी ,
जिवन तिमल्सिना ,टेक गुरूङ ,जीवन तिमल्सिना ,पेसल ढकाल ,बासुदेव अधिकारी, शुभ अधिकारी, अनिता केसी, ज्योति केसी, आशिष् विनोद खनाल आदीको उपस्थिति रहेको थियो ।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रमको कुशल सञ्चालन च्याप्टरकी महासचिव नीरू न्यौपानेले गर्नुभएको थियो भने सभापतिले उपस्थित सम्पूर्ण महानुभावहरूप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवादसहित कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।