न्युयोर्क ।
न्यूयोर्कस्थित सेन्ट जोसेफ युनिभर्सिटिले सन् २०२६ को स्नातक तहका वैलेडिक्टोरियनहरू घोषणा गरेको छ । यसमा नेपालका सुलभ कतिला ब्रुकलिन क्याम्पसका वैलेडिक्टोरियन बन्न सफल भएका छन्।
नेपालबाट अध्ययनको सिलसिलामा अमेरिका पुगेका सुलभ कतिलाको इन्जिनियर बन्ने सपना लिएर अध्ययन यात्रा सुरु गरेका थिए। अध्ययनका क्रममा उनले विश्वविद्यालयको कम्युटर क्लवका उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने शैक्षिक केन्द्रमा पियर ट्युटरको रूपमा पनि काम गरेका थिए। साथै, उनले ब्रुकलिनका पिछडिएका बालबालिकालाई गणित विषयमा निःशुल्क सहयोग गरेका थिए।
सुलभले २०२४ मा Summer Undergraduate Research Fellowship (SURF) अन्तर्गत न्यूयोर्क सिटीको घरजग्गा मूल्य प्रवृत्तिबारे अनुसन्धान प्रस्तुत गरेका थिए भने उनको मेहनत र नेतृत्व क्षमताको कदर गर्दै विश्वविद्यालयले उनलाई Joseph M. Lewinger “Mr. St. Joe’s” Scholarship for Future Educators समेत प्रदान गरेको थियो।
उनले Computer Science र Mathematics विषयमा डिग्री प्राप्त गर्दै Data Science मा minor पनि पूरा गरेका छन्। भविष्यमा आफू प्राध्यापक बनेर नयाँ पुस्तालाई प्रेरित गर्ने लक्ष्य रहेको उनले बताएका छन्। सुलभ कतिला यो सफलता नेपाली समुदायका लागि गर्वको विषय बनेको छ।