अमेरिकाद्धारा म्यानमारी सेनाको बैंक खाता रोक्का, १ अर्ब डलर झिक्न नपाउने

Photo : Reuters

काठमाडौं । अमेरिकाले म्यानमारका सेनाको बैंक खाता रोक्का गरेपछि खातामा रहेको करीव १ अर्ब अमेरिकी डलर बराबरको रकम सेनाले चलाउन नपाउने भएको छ । एक साता अगाडी अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेको कार्यकारी आदेश अनुसार म्यानमारको कूमा संलग्न सैनिक जनरलमाथि प्रतिबन्ध लागेको छ ।

सोही आदेश अनुसार नै म्यानमारका सेनाको अमेरिकाको बैंकमा रहेको रकम अमेरिकाले अनिश्चितकालसम्म रोकिदिएको रोयटर्सले लेखेको छ । म्यानमारमा सेनाले प्रजातान्त्रिक पार्टीको सरकारलाई हत्याएर कु गरेको र सैन्य शासन लादेको छ । यसको विरोधमा म्यानमारमा हरेक दिन प्रदर्शन भइरहेका छन् । जहाँ मानिसहरुको ज्यान गएको छ ।

अहिलेसम्म ५५ भन्दा बढी मानिसको ज्यान गइसकेको छ । त्यसो त सैन्य कू गरेको तेस्रो दिनमै म्यानमारको सेनाले फेडेरल रिजर्भ बैंक अफ न्यूयोर्कमा राखेका १ अर्ब डलर निकाल्ने प्रयास गरेको थियो । तर, अमेरिकाले तत्कालका लागि रकम निकाल्न दिएको थिएन । अमेरिकासँगै म्यानमारमाथि क्यानडा, युरोपियन युनियन र बेलायतबाट समेत प्रतिबन्धको घोषणा भइसकेको छ ।