मिनेसोटा
अमेरिकाको मिनेसोटाकी एउटी महिलाले आफ्ना तीन साना छोराछोरी र आफू संगै डुबेर शुक्रबार आत्महत्या गरेकी छिन् । आफ्नो श्रीमानको मृत्युको रिपोर्ट गर्न प्रहरीलाई फोन गरेपछि उनले आफ्ना साना केटाकेटी सहित आत्महत्या गरेको अधिकारीहरूले बताएका छन ।
रामसे काउन्टी शेरिफको कार्यालयले मंगलबार परिवारका पाँच सदस्यहरूको पहिचान र मृत्युको कारण सहितको बिज्ञप्ति जारी गर्दै तीन बच्चा र उनीहरूकी आमाको शव वडनैस तालबाट फेला परेको जनाएको छ ।
४ वर्षीय क्वाड्रिलियन टी. ली, ५ वर्षीय फिनिक्स ली, र ३ वर्षीय एस्टेला जु सियाब ली सबैको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । तिनीहरूकी आमा २३ बर्सियामोली चेङको पनि डुबेर नै मृत्यु भएको छ भने तिनीहरूको बुबा भनेर चिनिने २७ बर्षका यी लीको भने बन्दुकको गोली लागेर मृत्यु भएको छ । मेडिकल परिक्षकले दुवैको मृत्यु आत्महत्या भएको ठहर गरेका छन् ।शुक्रबार बिहान साँढे १० बजे मृतक चेङले आफ्नो पतिले आँफैलाई गोली हानि आत्महत्या गरेको भन्दै प्रहरीलाई फोनबाट उजुरी गरेकी थिईन । पतिको मृत्युपछि उनले आफ्ना सबै बालबच्चा समेत तालमा डुबेर आत्महत्या गरेको प्रहरी श्रोतले जनाएको छ ।
photo; twincities