अमेरिकाको कन्सासस्थित एक बार भित्र गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाईते भएका छन् । कन्सास पुलिस डिपार्टमेण्टका अनुसार जम्मा ९ जना मानिसहरुलाई गोली लागेको थियो ।
हालसम्म गोली प्रहार गर्ने शंकास्पद कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेका छैनन् । घटना गत शनिबारोक मध्य रातपछि स्थानीय समय १ बजेर २७ मिनेट अाईतबार बिहान घटेको हो । घटनामा ह्यान्ड गन प्रयोग भएको प्रहरी सुत्रले बताएको छ ।
कन्सास सिटीको टकिला केसी बारमा अकस्मात चलेको गोलीबाट ४ जनाको बार भित्रै मृत्यु भएको थियो भने अन्य ५ जना घाईतेलाई अस्पताल पुर्याईएको थियो । गोली प्रहार गर्नुको उदेश्य प्रस्ट खुलेको छैन ।
एजेन्सी