न्युयोर्क । अमेरिकी अर्थव्यवस्थामा पछिल्लो चार दशक यताकै उच्च आर्थिक वृद्धिदर देखिएको छ । कोरोना भाइरसको महामारीपछि अर्थतन्त्र चलायमान भए सङ्गै आर्थिक वृद्धिदरमा उछाल देखिएको हो । सन् २०२० मा अत्यधिक लकडाउन र प्रतिवन्धले प्रभावित भएको अर्थतन्त्रले सन् २०२१ मा तीब्रता लिएको हो ।
अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको आधिकारिक आंकडा अनुसार अर्थव्यवस्थामा ५.७ प्रतिशतको वृद्धिदर आएको छ । यो सन् १९८४ यताकै सबैभन्दा राम्रो वृद्धिदर हो । तर, २०२२ मा भने आर्थिक वृद्धिदरमा कमि आउने अनुमान गरिएको छ । सरकारले प्रोत्साहन प्याकेजमा गत साल गरेको खर्चमा व्यापक कटौती गरेको छ । साथै ब्याजदरमा समेत भएको वृद्धिको असर अर्थतन्त्रमा पर्ने छ । साथै, अमेरिकी अर्थव्यवस्थामा महङ्गी र कोरोनाको थप जोखिमले समेत चुनौती थप्ने छ । विश्व बैंकले गरेको अनुमान अनुसार सन २०२२ मा अमेरिकी अर्थव्यवस्था ३.७ प्रतिशतले बढ्ने छ ।