वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको महत्वकांक्षा योजनामध्ये एक अमेरिकामा ज्यालाको न्यूनतम मापदण्ड प्रतिघण्टा १५ सय डलर पुर्याउने थियो । उनले आफ्नो सरकारको कोभिड–१९ पुनरुत्थान प्याकेजमा यसलाई समावेश गरेका थिए । अहिले रहेको ७.५ डलर प्रतिघण्टा ज्यालालाई दोब्बरले बढाउने उनको प्रस्तावमा सहमति भने जुट्न सकेन ।
सिनेटबाट पारित भएको कोभिड प्याकेजको प्रस्तावबाट ज्यालाको विषय निकालिएको छ । अमेरिकी सिनेटले कोभिड–१९ को प्याकेजमा न्यूनतम ज्याला राख्नु सान्दर्भिक नहुने भन्दै यो विषय हटाएको प्रतिक्रिया अधिकारीहरुले दिएका छन् । एएफपीका अनुसार यो एजेण्डा डेमोक्रेटिक पार्टीको प्रगतिशील एजेण्डा थियो ।
बाइडेनले कोभिड प्याकेजका रुपमा१९ खर्ब डलरको राहत प्याकेजको प्रस्ताव गरेका थिए । यसले अमेरिकी अर्थतन्त्रलाई माथि उकास्ने अपेक्षा सरकारको छ । सिनेटमा रिपब्लीकन पार्टीका सदस्यबाट सहमति प्राप्त हुन नसकेपछि ज्यालाको विषय भने हटेको बताइएके छ । अमेरिकी सिनेटमा देशमा दूरगामी असर पार्ने प्रस्ताव पारित गर्न ६० प्रतिशत मत आवश्यक पर्छ ।
सिनेटमा डेमोक्रेटको मत ५१ प्रतिशत मात्र रहेको छ । बाइडेनले कंग्रेस समक्ष कोभिड राहत प्याकेजलाई जतिसक्दो चाँडो पारित गर्न आह्वान गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । यो प्रस्तावमा अधिकांश अमेरिकीलाई १४०० अमेरिकी डलर राहत दिने उल्लेख छ । प्रस्तावमा कोरोनाभाइरसको महामारी नियन्त्रण र समाप्त गर्नेतर्फ मद्दत पुर्याउन खर्चको योजना समेत रहेको छ ।