न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ५६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा यस मुलुकमा एकै दिन ४० हजार २१६ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । यसले अब अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख ११ हजार ६३१ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २९ लाख ७० हजार ४७४ जना संक्रमणमुक्त भइसकेको तथ्यांक छ ।
२४ लाख ६७ हजार ४४७ जना भने उपचारको क्रममा छन् । त्यसमध्ये पनि १७ हजार २०२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ । अमेरिका सर्वाधिक मानवीय क्षति बेहोर्ने मुलुक पनि हो । यहाँ कोरोना भाइरसको संक्रमणबाट १ लाख ७४ हजार जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५८३ जनाको मृत्यु भएको छ ।