न्युयोर्क
अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख कटेको छ । जोन हप्किन्स् युनिभर्सिटीका अनुसार मंगलबारसम्ममा अमेरिकामा २ लाख पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। त्यसैगरी ६८ लाख ६१ हजार संक्रमित भई सकेका छन् । अमेरिका विश्वमा नै कोरोनाको कारण धेरै मृत्यु हुने देश भएको छ ।
मृत्यु हुनेको संख्यामा भने हालसम्म न्युयोर्कमा सबैभन्दा धेरै ३३ हजार ९२ जनाको मृत्यु भै सकेको छ ।
हालसम्म अमेरिकामा सबैभन्दा धेरै क्यालिफोर्निया राज्यमा ७ लाख ९१ हजार, दोश्रोमा टेक्सास ७ लाख ३४ हजार, तेश्रोमा फ्लोरिडामा ६ लाख ८५ हजार, चौथोमा न्युयोर्क ४ लाख ५० हजार र जर्जियामा ३ लाख ७ हजार संक्रमित भएका छन् । मृत्यु हुनेको संख्यामा भने हालसम्म न्युयोर्कमा सबैभन्दा धेरै ३३ हजार ९२ जनाको मृत्यु भै सकेको छ ।
अमेरिकामा अहिले पनि दैनिक औसत ७ सय ७० जनाको मृत्यु भै रहेको छ ।