अमेरिकी संसद अगाडी चक्कु प्रहार गरि एक प्रहरी अधिकारीको हत्या

Getty Images

वासिंटन डिसी । अमेरिकी संसद भवन (युएस क्यापिटल बिल्डिङ) चक्कु प्रहार गरि एक प्रहरी अधिकारीको हत्या भएकोछ । थप केही मानिस घाइते रहेको र उनीहरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक कार चालकले चक्कु आक्रमण गरेका हुन् । कार ठोक्काउँदै अगाडी बढेका उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेको बताइएको छ । आफ्नो प्रतिरक्षामा प्रहरीले समेत ती कार चालकमाथि गोली चलाएको छ ।

गोली लागेर आक्रमणकारीको समेत ज्यान गएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । आक्रमणकारी २५ वर्षीय युवक रहेको र उनीविरुद्ध कुनै पनि प्रहरी रेकर्ड नरहेको बताइएको छ । वाशिङ्गटन डिसीका कार्यकारी प्रहरी प्रमुखले पत्रकार सम्मेलन गर्दै आक्रमण आतंवादसँग सम्बन्धित भने नदेखिएको बताए ।