काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज उच्च स्तरीय भेटवार्तामा व्यस्त रहने छने । उनी तीन दिने भ्रमणका सिलसिलामा बिहीबार काठमाडौ आएका हुन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग औपचारिक भेटवार्ता गर्नेछन् । अन्य भेटबारे विस्तृतमा खुलेको छैन । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु भारत हुँदै काठमाडौं अवतरण गरेका हुन् ।
नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु काठमाडौं आएका हुन् । यो भ्रमणले राजनीतिक वृत्तमा भने तरंग ल्याएको छ । नेपालले गएको असार ६ गते एसपीपी अघि नबढ्ने निर्णय गरे पनि अहिलेसम्म अमेरिकालाई औपचारिक पत्राचार गरेको छैन । यसको चौतर्फी आलोचना भइरहेको छ ।