न्युयोर्क /अमेरिका
कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका भिडियोग्राफर शम्भु मोक्तानको स्वास्थ्यमा सुधार देखिएपछि आईतबार बिहानअस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनाको संक्रमणको लक्षण देखिएपछि उनी झण्डै एक साता अघि ज्याक्सन हाईटस्थित एल्मर्स्टअस्पताल भर्ना भएका थिए । उपचारपछि आफु कोरोनाभाईरस जोखिम मुक्त भएको उनले बताएका छन् ।
मोक्तानले शनिवार साँझ फेसबुक स्टाटस लेख्दै आफु जोखिम मुक्त भएको बताएका छन् । उनले आफ्नो स्वास्थ लाभको कामना गर्नेसबैप्रति धन्यवाद दिदैं सबैको माया र सद्भाबले गर्दा नै रोगलाई जित्नसक्ने हिम्मत मिलेको बताएका छन् । मोक्तानले पुर्ण रुपमा ठिकभएर आफ्ना अनुभवहरु शेयर गर्ने जनाएका छन् । यस अघि उनले अस्पतालको शैयाबाट आफु कोरोना संक्रमित भएको खुलासा गर्दैअन्यलाई पनि रोग नलुकाउन र सतर्क रहन अपिल गरेका थिए ।
मोक्तान न्युयोर्क आसपासमा नेपाली समुदाय बीचमा चर्चित भिडियोग्राफर हुन । उनले ज्याक्सनहाइटमा “मोक्तान डिजिटल” सञ्चालनगर्दै आएका छन् ।