काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी समर्थकमाथि प्रहरी निर्मम रुपमा प्रस्तुत भएको छ । आइतबार नयाँ बानेश्वर क्षेत्रमा भएको विरोध प्रदर्शनका दौरान प्रहरीले निर्ममतापूर्वक प्रदर्शनकारीमाथि रबरको गोली, अरुग्यास, लाठी तथा पानीको फोहोरा बर्साएको छ । नयाँ बानेश्वर क्षेत्रलाई घेरेर राखेका सुरक्षाकर्मीसँग प्रदर्शनकारीले दिनभरजसो मुकाविला गरिरहेका थिए । साँझ ५ बजेपछि भने आन्दोलनकारी फर्किए । जसका कारण माइतीघर तीनकुने सडक खण्ड समेत सूचारु भयो ।
सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका हुन् । प्रदर्शन सुरु हुनासाथ सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको थियो । यो खबर बाहिरिएपछि एमसीसी विरोध प्रदर्शन चर्किएको थियो ।
नयाँ बानेश्वरको एभरेस्ट होटल नजिक प्रहरीले सडकमा बार राखेर प्रदर्शनकारीलाई संसद भवनतर्फ अघि बढ्न रोकेको थियो प्रदर्शनकारीले समेत प्रहरीतर्फ ढुंगा हानेका थिए । प्रहरीले फुटपाथमा हिँडिरहेका सर्वसाधारणलाई समेत अन्धाधुन्ध लाठी हानेर घाइते बनाएको छ । घाइतेको संख्या भने खुलिसकेको छैन ।