काठमाडौं । नेपालमा आजबाट पर्यटन व्यवसाय खुला भएको छ । सरकारले ११ चैतयता बन्द रहेका सबै प्रकारका पर्यटन व्यवसायलाई खुला गर्ने निर्णय गरेको थियो । पर्यटकीय गतिविधि संचालनमा नआएपनि आजबाट अफिसहरु खुल्ने र बुकिंग लिन थाल्नेछन् । यता, होटेलसमेत आजैबाट खुला गर्ने गरी सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को ६ साउनको बैठकले १५ साउनबाट ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायत व्यवसाय गर्ने निर्णय लिएको थियो । अब व्यवसायीले शरद ऋतुका अग्रिम बुकिङ लिन सक्नेछन् । कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि पर्यटकका लागि खुला गर्ने सरकारको भनाई छ । अन्तराष्ट्रिय उडान सूचारु भएपछि पर्यटक आउन थाल्ने अपेक्षा गरिएको छ । बिहीबारदेखि खुल्ने होटल तथा रेस्टुरेन्टमा सामूहिक भोज र समारोह गर्न रोक लगाइएको छ । होटल सञ्चालन गर्न सुरक्षा निर्देशिका भने पालना गर्नुपर्छ ।