काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सेवा लिनेहरुका लागि आजबाट केही सहज हुँदैछ । ५० प्रतिशत मात्र यात्रु राखेर आजबाट साझा यातायाते सेवा प्रारम्भ गरेको छ । साझा यातायातका बसहरु आजदेखि काठमाडौं उपत्यकामा चल्न थालेका हुन् । साझाले २६ वटा बसमार्फत् काठमाडौँका पुराना रुटमा सेवा थालेको छ ।
सरकारले तोकेअनुसार सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न गरिएको साझा यातायातले जनाएको छ । साझाका बसमा चढ्दा यात्रुले मास्क लगाउनुपर्ने, सेनेटाइजरको प्रयोग गर्नुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ । यात्रुले खुद्रा पैसा नै भाडामा दिनु पर्ने नियम पनि बनाइएको छ । पैसा साटफेर गर्दा कोरोना संक्रमणको डर हुन्छ ।
साझाले साविकका रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा शुरु गर्न लागिएको जनाएको छ। पहिले थोरै बसबाट शुरु गरिएको र आवश्यकतानुसार थप गर्दै जाने योजना कम्पनीको छ । साझा सडकमा निस्किएपछि भने सर्वसाधारणले राहत पाउने छन् । कनकी साझाका बस ठूला छन् । आधा यात्रु राख्दासमेत एक साथ धेरै यात्रु बोक्ने क्षमता राख्छन् ।