एउटा प्रचलित नेपाली उखान “आयु छउन्जेल वायुको पनि केही लाग्दैन ।” गत अक्टोबर ११ तारिख शुक्रबार जर्जियामा यही उखान चरितार्थ भएको छ । मान्छेको जीवनलिला कहिले बाटोमा हिड्दा हिड्दै ठेस लागेर समाप्त हुन्छ भने कहिले कल्पना नै गर्न नसकिने घटनामा पर्दा पनि सामान्य चोट समेत लाग्दैन ।
नाम नखुलाईएका कार चालकले चलाईरहेको गाडीको अगाडि गुड्दै गरेको ट्रकबाट एकै पटक बिसौं काठका मुढाहरु चिप्लदै खसेर कार भित्र पस्यो । कार ध्वस्त भयो तर कार चालकलाई घाऊ समेत लागेन । व्हाईट फिल्ड काउन्टीस्थित हाईवेमा भएको दुर्घटनामा ट्रकबाट कार भित्र मुढा छिर्दा कारको सिट लगायत कार पुरै क्षतबिक्षत भयो तर निहुरिएर लुकेका चालकलाई घाऊ चोट समेत नलागेको ह्वाईट फिल्ड काउन्टी फायर डिपार्टमेण्टले बताएको छ ।
घटनाको जानकारी प्राप्त भएपछि घटनास्थल पुगेका फायर डिपार्ट्मेन्ट्का अग्नी नियन्त्रकका अनुसार गाडी भित्र करिब ३५ वटा मुढा छिरेको थियो । कार भित्र मुढा छिरेपछि निहुरिएर ज्यान बचाएका चालकलाई मुढा काटेर बाहिर झिक्न करिब २० मिनेट लागेको थियो । एजेन्सी