उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ३९.२६ अंकले घटेर २०४९. ४४ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७७ कम्पनीको ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह परिसूचक घटेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

यसको १६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन लाइफको १३ करोड ९० लाख र सोल्टी होटल ९ करोड बढीको कारोबार भएको छ ।