उच्च अंकले बढ्यो नेप्से, परिसूचक २००० माथि उक्लियो

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५७ कम्पनीको २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको ८० लाख २४ हजार ५५९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक हरियो भएको छ । उच्च अंकले बढेको बजारमा तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सात वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।