चालक दलका ११ सदस्य सहित ३३७ जना बोकेर एट्लान्टिक महासागर माथिको आकाशमा उड्दै गरेको एउटा जहाज पाइलटले ककपिटमा एक्कासी कफी पोखेको कारण आकस्मिक अवतरण गर्न वाध्य भएको छ । गत फेब्रुअरी ६ तारिखका दिन जर्मनीको फ्र्यांकफर्टबाट मेक्सिकोको क्यानकुनका लागि उड्दै गरेको कनडोर एयरलाईन्सको एयरबस ए ३३० – २४३ मध्य आकाशमा उड्दै गर्दा पईलटले खाँदै गरेको कफी एक्कासी ककपिटमा पोख्न पुगेका थिए । कफी पोखिएर जहाजको अडियो कन्ट्रोल प्यानलमा भित्रसम्म पुगेको थियो ।तत्काल चालकले जहाजलाई आयरल्याण्डको स्यानन बिमानस्थलमा आकस्मिक अवतरण गरेका थिए ।
घटनाको बारेमा लामो अनुसन्धानको ६ महिना पछी सार्बनजिक गरिएको रिपोर्टमा भनिएको छ “घटनामा कुनै पनि यात्रुलाई चोटपटक लागेको थिएन । एयर एक्सिडेन्ट ईन्भेस्टिगेसन ब्रान्चले जारी गरेको रिपोर्टका अनुसार “अडियो कन्ट्रोल प्यानलमा कफी पोखिए पछी जहाजको ककपिटमा धुँवा समेत निस्कन सुरु भए पछी जहाजलाई आकस्मिक अबतरण गर्ने निर्णयमा चालक पुगेका थिए” ।
१३ हजार घण्टा जहाजको सफल उडान गरी सकेका ४९ बर्षीय चालकको हातमा क्याबिन क्र्युले बिर्को बिनाको एक कप कफी दिईन् । अकस्मात कफीको कपमा पाईलटको हात ठोक्कियो अनि पोखियो । जहाज उत्तर एट्लान्टिक महासागरको माथि थियो । जहाजमा ३३७ जना सवार थिए । कन्ट्रोल प्यानल भित्र तातो कफी पसे पछी धुँवा आउन थाल्यो र आगोको गन्ध पनि आयो । त्यतिकैमा कन्ट्रोल प्यानल भित्रको एउटा बटन तातोले पग्लिए पछी चालक जहाजलाई आकस्मिक अवतरण गराउन बाध्य भएका हुँन् । घटना पछी जहाजका क्र्यु मेम्बरहरुलाई भबिष्यमा जहाज उडानको समयमा चिया कफी पानी जस्ता तरल पदार्थ बितरण गर्दा आवस्यक सबै बस्तु होसियार साथ प्रयोग गर्न चेतावनी दिईएको छ । जहाजलाई आयरल्याण्डमा आकस्मिक अवतरण गर्नु परेको कारण जहाज कम्पनीलाई ८० हजार पाउण्ड ब्ययभार परेको बताईएको छ ।
एजेन्सी