काठमाडौं । संसदबाट एमसिसी पारित भएपछि यसको विरोधमा साना दल आन्दोलित बनेका छन् । उनीहरुले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । जसका कारण लामो दुरीको यातायातका साधन बढी प्रभावित भएका छन् र राजमार्गहरु सुनसान बनेका छन् । काठमाडौं सहितका शहरी इलाकामा भने बन्दको प्रभाव कम छ । आइतबार संसदबाट एमसिसी अनुमोदन भएको विरोधमा बन्द आह्वान भएको हो ।
आज उपत्यका बाहिर बढी प्रभाव परेको छ । जसले गर्दा यात्रुको आवागमन प्रभावित बनेको हो । नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले आज नेपाल बन्द आह्वान गरेका हुन् । उता बनेपा पुल बजारमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाले डिस्पोजको प्रक्रिया थालेको छ ।