काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक राजधानीमा जारी रहेको छ ।
पछिल्लो एक सातायता जारी वैठकमा सबैभन्दा हटकेक अमेरिकी सहयोगको आयोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) रहेको छ ।
नेकपा भित्र यस सहयोगका सम्बन्धमा मत बाझिएको छ । कांग्रेस सरकारले अगाडी बढाएको यो परियोजना इण्डो प्यासेफिक स्वार्थसँग जोडिएका कारण सहयोग स्वीकार गर्न नहुने पक्षमा नेकपाका नेताहरु रहेका छन् ।
यसले गर्दा पार्टी भित्रै विवाद चुलिएको छ । आइतबारको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ ।
महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्ताव समेत आजै पारित हुने सम्भावना रहेको छ ।
शनिबारको बैठकपछि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा आइतबार निर्णय गर्ने गरी बैठक टुंगिएको थियो ।
यस विषयमा थप परामर्श आवश्यक रहेको भन्दै शनिबार कुनै निर्णय लिइएको थिएन् ।
अमेरिकाले एशिया प्रशान्त क्षेत्रमा भौतिक पूर्वाधार विकासका कार्यक्रमम ासहयोग गर्न यो कार्यक्रम अगाडी बढाएको छ ।
यस अन्तर्गत नेपालमा प्रसारण लाइन र सडक आयोजना सुधारमा करीब ६४ अर्ब उपलब्ध गराउने सम्झौता नेपाल सरकारसँग भइसकेको छ ।
श्रीलकांले हालै उक्त परियोजना अस्वीकृत गरेपछि नेपालमा यस आयोजनाको विरोध गर्नेहरुका लागि अझ तर्क पुगेको छ ।