काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमअनुसार कर तिर्न फिल्महरु संचालकहरुलाई सूचित गरेको छ ।
चलचित्र घरहरुले मनोरञ्जन शुल्कबापतको कर बुझाउनु पर्ने प्रावधान रहेको छ । कानून अनुसार यस्तो कर उठाउने अधिकारी स्थानीय सरकारको हो ।
महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै १५ दिन भित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
महानगररपालिका भित्र ४२ वटा फिल्म हल रहेकोमा अघिल्लो आवमा केवल ४ हलले मात्र कर तिरेको महानगरको भनाई रहेको छ ।
टिकट बिक्रिवापत महानगरमा बुझाउनु पर्ने सेवा शुल्क बुझाउन समेत हल संचलकहरुले आनाकानी गरिरहेका छन् ।
फिल्म हलले टिकट काट्ने समयमै उपभोक्ताबाट मनोरन्जन कर संकलन गरेका हुन्छन् । तर, त्यो उनीहरुले महानगरपालिकालाई उठाउन मानिरहेका छैनन् ।
यसबाहेक हल संचालकहरुले गरेको कमाईको आधारमा आयरकसमेत बुझाउनु पर्ने हुन्छ ।
प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम प्रत्येक महिना समाप्त भएको मितिले २५ दिनभित्र काठमाडौं महानगरपालिकामा बुझाउनुपर्ने प्रावधान रहेको छ ।
नियमअनुसार कर बुझाउन नआए महानगरले कारवाही गर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।