काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले विभिन्न ७ प्रकारका भिसा जारी सुरु भएको जनाएको छ । विद्यार्थीसहित ७ प्रकारका भिसा जारी थालिएको दूतावासले जनाएको छ । दूतावासले भिजिटर भिसा बी वान\बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान\डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालीन अवस्थाका अन्य गैरआप्रवासी भिसा समेत जारी गर्न थालिएको दूतावासले जनाएको छ ।
अमेरिकाले सीमित संख्यामा कामदार भिसा एच र एलका लागि समेत भिसा ‘अप्वाइन्टमेन्ट’ लिन थालेको दूतावासको भनाई छ । विद्यार्थी भिसा आवेदकका लागि विगतमा कोरोना महामारीका कारण शीघ्र अप्वाइन्टमेन्टको व्यवस्था खारेज गरिएको थियो । अब भने सो व्यवस्था समेत पुनः शुरु गरिएको छ । कोरोना महामारीपछि कडाई गरिएका यात्रा प्रतिवन्ध क्रमशः फुकुवा हुने क्रममा छन् ।