काठमाडौं । कुवेत सरकारले २० मुलुकका लागि अन्त्राष्ट्रिय उडान खुला गरेको छ । यो अगस्ट १ बाट लागु हुनेछ । कोरोना भाइरसको महामारीपछि हवाइ उडान बन्द गरेको कुवेतले अगष्ट १ बाट नेपालसहितका २० देशको अन्तर्राष्ट्रिय उडान सुचारू गर्ने निर्णय लिएको हो । अब कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित एयरलाइन्सले नेपालसहित युएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन, इजिप्ट र बोस्नियाा उडान गर्न सक्नेछन् । यसैगरी हर्जेगोविना, श्रीलंका, पाकिस्तान, इथियोपिया, संयुक्त अधिराज्य, टर्की, इरान, स्विजरल्याण्ड, जर्मनी, अजरबैजान, फिलिपिन्स र भारतमा सेत उडान गर्न सक्ने गरी निर्णय भएको छ ।
एयरलाइन्सहरुको समय तालिका र उडान समय पनि यथाशक्य छिटो घोषणा गरिने त्यहाको नागरिक उड्डयन प्रधिकरणले उल्लेख गरेको छ । हरेक उडानमा यात्रुले स्वास्थ्य सतर्कता र निर्देशन भने पालना गर्नु पर्नेछ । कुवेतमा हजारौं नेपाली कार्यरत छन् । उडान खुलेपछि उनीहरुको घरफिर्ति समेत सहज हुनेछ । नेपालमा भने १६ अगस्ष्टपछि मात्र अन्तराष्ट्रिय व्यवसायिक उडानले अनुमति पाउनेछन् । यद्दपी नेपालले कुन कुन मुलुकलाई अनुमति दिने भन्नेबारेमा भने निर्णय गरिसकेको छैन ।