केन्टकी । अमेरिकाको केन्टकी प्रान्तमा वर्षा र त्यसले निम्त्याएको बाढीका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । गत तीन दिनदेखि निरन्तर परिरहेको बर्षाका कारण ठूलो बाढी आएको र अहिले सम्म २५ जनाको शव भेटिएको केन्टकीका गभर्नर एन्डी बेशियरलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ । गभर्नर बेशियरले बाढीमा हराएकाहरुको खोजी भइरहेकोले ज्यान गुमाउनेको संख्या अभै बढ्न सक्ने बताएका छन् ।
बीबीसीका अनुसार ठूलो बर्षा र बाढीको कारण केन्टकी प्रान्तका २५ हजार भन्दा धेरै घरहरुमा बिजुली सेवा बन्द भएको छ । घरहरु डुबेपछि मानिसहरु छतमा बसेर उद्धार टोलीलाई पर्खिरहेका छन् । उद्धारमा खटिएको नेश्नल गार्डले पाँच वटा हेलिकोप्टर र सय भन्दा धेरै डुङ्गा परिचालन गरी खोजी तथा उद्धारको काम जारी छ । केन्टकी प्रान्तमा अझै एक हप्ता ठूलो पानी पर्ने सम्भावना रहेको अमेरिकाको राष्ट्रिय मौसम विभागले जनाएको छ ।