के अमेरिकामा जाँदैछ एक साथ २० लाख कर्मचारीको जागिर ?

काठमाडौं । सरकारी दक्षता विभाग प्रमुख एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएको अमेरिकी सञ्चार माध्यमहरुले लेखेका छन् । उनले कर्मचारीहरुलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन भनेको समाचारमा उल्लेख छ । समाचार संस्था फर्च्युनका अनुसार सरकारी कर्मचारी हटाएर आफ्ना कम्पनीका कर्मचारी नियुक्त गर्न खोजेको आशंका गरिएको समेत बताइएको छ ।

मस्क टेस्ला, स्पेस एक्स, एक्सलगायत कम्पनीका मालिक हुन् । उनलाई ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै सरकारी दक्षता विभागको जिम्मेवारी दिइएको छ । भागले सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन ट्रम्पलाई सघाउने छ । सोही योजनाअनुसार मस्कले कमजोर कार्यसम्पादन भएको बहानामा कर्मचारीलाई हटाउन खोजेको बताइएको छ ।

ह्वाइट हाउस रिपोर्टर जोनाथन स्वानले न्यूयोर्क टाइम्सको पोडकास्ट द डेलीमा पनि मस्कको कार्यशैलीबारे विवेचना गरेका छन् । उनले उक्त पोडकास्टमा कार्यस्थलमा व्यापक परिवर्तन दानवीय शैलीमा घुसपैठ गर्ने व्यक्तित्व मस्कमा रहेको आरोप लगाएका थिए ।

उनले अरबपति नेतृत्वशैलीमा काम गर्न खोजेको पनि बताएका छन् । कर्मचारी कटौतीसँगै निश्चित समय दिएर उनले रातरातभर जाग्राम बस्दै चिसो भूइँमा बसेर आफ्नो कम्पनी टेस्ला, स्पेश एक्स र अहिले सरकारी दक्षता विभागलाई काम लगाइरहेको स्वानले बताएका छन् । मस्कले पठाएको यो पत्र उनले पत्र सन् २०२२ मा ट्विटरको कर्मचारीलाई पठाइएको जस्तै रहेको दाबी गरिएको छ । यसले वासिङ्टनका कार्यालयमा अराजकता र सरकारी कर्मचारीमा यसले डर पैदा गराएको छ । ‘ट्रम्पले मस्कको प्रयासलाई पुरस्कृत गरेको जस्तो देखिन्छ’, स्वानले उक्त पोडकास्टमा भनेका छन् ।