काठमाडौं । नेपाली कांग्रेसले आइतबार स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दैछ । घोषणा पत्र लेखनको नेतृत्व महामन्त्री गगन थापाले गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपरान्ह कार्यक्रम आयोजना गरि घोषणा पत्र सार्वजनिक गरिने भएको हो । कांग्रेसले केन्द्रमा घोषणा पत्र र स्थानीयस्तरमा प्रतिवद्धता पत्र सार्वजनिक गर्दैछ ।
कांग्रेसले ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टी समितिहरू, विज्ञ तथा सर्वसाधारणबाट सुझाव लिएर घोषणा पत्र तयार पारेको बताइएको छ । घोषणा पत्रमा पूरा गर्न सकिने खालका विषय समेटिएको समेत बताइएको छ । कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायत विषयलाई प्राथमिकता दिएको छ ।