चिनमा एक जना महिलाले बच्चालाई जन्म नदिने निर्णय गर्दै ३४ हप्ताको गर्भपतन गराउँदा गराउँदै बच्चा जिउँदै जन्मिएको घटना अदालतसम्म पुगेको छ । “हु” नामकी ती महिलालाई उनको पेटमा जन्मिनको लागि तयारी अवस्थामा रहेको बच्चा अपांग भएको चिकित्सकले बताए पछि उनी गर्भ पतन गराउने निर्णयमा पुगेकी थिईन । हुको निर्णय अनुसार चिकित्सकले गर्भपतन गर्नको लागि शल्यकृया गर्दै थिए । शल्यकृयाको दौरान भ्रुणमा मुटुको चाल समेत नभएको निष्कर्ष निकाल्दै भ्रुणलाई आमाको शरिरबाट चिकित्सकहरुले अलग गरेको मात्र थिए बच्चा कराएको आवाज अकस्मात सुनियो । गर्भपतन गराउँदा हुन सक्न्ने सम्भाबित खतराको लागि अस्पतालका अधिकारिहरुले अनुमती समेत दिएपछि ३४ हप्ताको गर्भपतन गराउने निर्णय गरिएको थियो ।
घटना सन २०१६ को मार्च महिनाको भए पनि बेजिङ्गस्थित इन्टर्मिडिएट पिपुल्स कोर्टले अदालतमा अस्पताल बिरुद्ध मुद्दा दर्ता भए पछि भर्खरै स्टेटमेन्ट जारी गरेको छ ।
अस्पतालको लापर्वाहीले अपांग बच्चा पाल्नु परेको भन्दै पेकिङ युभर्सिटी पिपुल्स हस्पिटलसँग हु दम्पत्तीले १ दशमलव २२ मिलियन युआन क्षतिपूर्ती दाबी गरेका छन् ।
श्रोत : डेली मेल